Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  पर्साको विरगञ्जमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणको रिर्पोट पोजेटिभ आएको हो । संक्रमतिहरु २ महिनाको शिशुदेखि ६६ वर्षका उमेर समुहका ७ जना महिला र १० जना पुरुष रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ७१ जना पुरुष र २८ जना महिला गरी संक्रमितको संख्या ९९ जना पुगेको छ भने २२ जना निको भईसको छ । १ न. प्रदेशमा ३१ जना, २ न. प्रदेशमा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, ५ न. प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।...
वुहानमा विद्यालय खुल्न थाल्यो

वुहानमा विद्यालय खुल्न थाल्यो

समाचार, संसार
पुर्णपुष्टि, बैशाख २४ गते ।  चीनको वुहान शहरको विद्यालयहरु खुल्न थालेको छ । गत डिसेम्बर महिना देखि हुबेई प्रान्तको वुहान शहरमा विद्यालयहरु बन्द रहेको विद्यालय खुल्न थालेको हो । गएको डिमेम्बर महिनामा वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसयता परीक्षाको तयारी गर्नेहरु मात्र विद्यालय जाने गरेका थिए । वुहान क्षेत्रमा  विद्यार्थीको संख्या ५७ हजार रहेको सञ्चारमाध्यहरुले जनाएको छ । हुबेई प्रान्तमा ३२ दिनदेखि नयाँ संक्रमण नदेखिएको सञ्चारमाध्यमहरुले जनाएको छ । चीनमा बिस्तारै लकडाउनको प्रतिबन्ध हटाउँदै गइरहेको छ  भने जनजीवन सामान्य हुँदै गइरहेको जनाईएको छ । चीनमा अहिलेसम्म ८२ हजार आठ सय ८३ जनामा कोरोना संक्रमित देखिएको छ भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।...
६२ साल एसएलसी ब्याजीद्वारा पत्रकारलाई सुरक्षा सामाग्री

६२ साल एसएलसी ब्याजीद्वारा पत्रकारलाई सुरक्षा सामाग्री

समाचार
पूर्णपुष्टि, बैशाख २४ गते ।  कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गर्ने उदयपुरका पत्रकारलाई २०६२ एसएलसी व्याज बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका छन् । नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय अगाडी प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका हुन् । राज्यका कुनै पनि संम्यन्त्रबाट पत्रकारलाई सुरक्षा सामग्री सहयोग नभएको अवश्थामा विद्यार्थीले पत्रकारलाई स्प्रे सेनिटाईजर, एन नाईन्टीन माक्स, ग्लब्स उपलब्ध गराएका हुन् । त्यसअवसरमा उनीहरुले जोखिम ठाउँमा जोखिम मोलेर जनतालाई निरन्तर समाचार प्रवाह गर्दा आफ्नो स्वास्थ्यमासमेत ख्याल गर्न आग्रह गरे । टिमलिडर ज्ञानेन्द्र मगरले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता, विमा जस्ता कार्यक्रमको घोषणा गरेपनि ज...
नव उदय सामुदायिक वन उपभोक्ता समितिले  उपभोक्ताहरुलाई राहत वितरण गर्यो

नव उदय सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताहरुलाई राहत वितरण गर्यो

समाचार
गाईघाट/बैशाख, २४ नव उदय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको विपन्न तथा मजदुर घर परिवारलाई बुधबार खाद्यन्न वितरण गरेको छ । करिब ३५० घर परिवारको हाराहारी समूहले खाद्यन्न बाँडेका छन् । कोरोना भाइरसको माहामारीमा लकडाउनको कारण समस्यामा परेका त्यस्तो परिवारहरुलाई समूहले खाद्यन्न राहत उपलब्ध गराएको नव उदय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले बताउनुभयो । खाद्यन्न १० र ११ नं वडामा रहेका आफ्नो उपभोक्ताहरुलाई वितरण गरिएको छ । खाद्यन्न गरिबि निवारण कोष अन्तर्गतको पैसा बाट बाँडिएको पाण्डेले बताउनुभयो बार्षिक कार्ययोजना अनुसार ३५ प्रतिशत खर्च समूहले गर्न पाउने कुरालाई आधारमानी सो भन्दा कम बजेट बाट राहत उपलब्ध गराइएको पनि पाण्डेले बताउनुभयो । ३० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल सहित राहत प्याकेज बितरण गरिएको छ । आफ्नो उपभोक्ताहरु रहेको बिभिन्न टोलहरुमा बोक्से...
उदयपुरकाे भुल्केका २८ संक्रमित मध्ये ६ जना डिस्चार्ज, एक नम्बर प्रदेशमै पहिलाे डिस्चार्ज

उदयपुरकाे भुल्केका २८ संक्रमित मध्ये ६ जना डिस्चार्ज, एक नम्बर प्रदेशमै पहिलाे डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २४ । उदयपुरको भुल्केमा कोरोना संक्रमित पुष्टि भएका २८ मध्ये ६ जना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत वैशाख ५ गते उदयपुर मात्र नभई १ नम्बर प्रदेशकै पहिलो घटनाको रुपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा १२ जना कोरोना संक्रमित पुष्टि भएका थिए । सोही मध्येको ६ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु सबै भारतीय नागरिक हुन् । मुस्लिम समुदायका जमाति समुहका उनीहरुको प्रदेश सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार भईरहेकामा ठीक भएपछि डिस्चार्ज भएका हुन्् । उनिहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई बुधबार अस्पतालबाट विदाई गरिएको हो । डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन ...
लकडाउन जेठ ५ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

लकडाउन जेठ ५ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख २४ गते ।  सरकारले लडकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रि परिषदको बैठकले सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो । यसअघि सरकारले बैशाख २५ गतेसम्मको लागी थपिएको लकडाउन कोरोना संक्रमितको संख्या बढेपछि जेठ ५ गतेसम्म थपेको हो । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउनको बुधबार ४४ दिन पुगेको छ ।...
भुल्केमा ३ सय ३४ जनाको नमुना स्वाव संकलन

भुल्केमा ३ सय ३४ जनाको नमुना स्वाव संकलन

समाचार, स्वास्थ्य
उदयपुर, वैशाख २४ । देशकै सबैभन्दा बढि कोरोना संक्रमित २८ जना भेटिएको उदयपुरको भुल्केमा आज ३ सय ३४ जनाको स्वाव नमुना संकलन भएको छ । लक गरिएको संक्रमित क्षेत्रलाई क्रमिकरुपले खुकुलो पार्दै जाने प्रक्रिया अन्तर्गत पुनः परिक्षणको कार्य थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको प्राविधिक स्वास्थ्यकर्मीटोलीले संक्रमित स्थलका मुस्लिम समुदायका २ सय ३८ जना र अन्य समुनायका ९६ जनाको स्वाव नमुना संकलन गरेको हो । मुस्लिम समुदायका अधिकांशको पुन परिक्षणका लागि स्वाव नमुना संकलन भएको हो । कुल ३ सय ३४ जनाको स्वाव नमुना लिइएकोमा मुस्लिम समुदायमा १ सय ५ पुरुष र १ सय ३३ महिला छन् भने अन्य समुदाय रशमा ७० पुरुष र २६ जना महिला रहेका छन् । संकलित स्वाव नमुना परिक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल र धरान स्थित विपी कोइराला स्वास...
साढे १२ लाख कारोना संक्रमित उपचारपछि निको भए

साढे १२ लाख कारोना संक्रमित उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)बाट संक्रति भएका मध्ये साढे १२ लाख उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वमा ३७ लाख २६ हजार सात सयभन्दा बढी कोरोना संक्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा बढी निको भएका हुन् । अहिलेसम्म सवै भन्दा बढी निको हुने, संक्रमित र मृत्यु हुने देश अमेरिका नै हो । अमेरीकामा दुई लाख ६ सयभन्दा बढी निको भएका छन् । १२ लाख ३७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् भने ७२ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । इटलीमा ८५ हजार दुई सयभन्दा बढी, जर्मनीमा एक लाख ३५ हजारभन्दा बढी, इरानमा ८० हजारभन्दा बढी, चीनमा ७७ हजारभन्दा बढी, टर्कीमा ७३ हजारभन्दा बढी र फ्रान्समा ५२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना संक्रमणबाट विश्वमा अहिले दुई लाख ५८ हजार दुई सयभन्दा बढीको मृत्यु भईसकेको छ ।...
कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या इटलीमा भन्दा बढी

कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या इटलीमा भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेमा अमेरिकापछि बेलायत रहेको छ । बेलायतमा इटलीमा भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ । बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । इटलीमा कोरानाबाट २९ हजार तीन सय १५ जनाको मृत्यु भईसको जनाईएको छ । चीनपछि सबैभन्दा बढी इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समयमा आएर इटलीमा संक्रमण र मृत्युदर नियन्त्रणमा आउन थालेको छ । विश्वकै सवै भन्दा बढी प्रभावित भएको अमेरिकामा ७१ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।...
कोरोना संक्रमित ६ भारतीय उपचारपछि डिस्चार्ज

कोरोना संक्रमित ६ भारतीय उपचारपछि डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २४ गते ।  आज कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहेका छ जना भारतियलाई डिस्चार्ज गरिएकोछ । उ्रक्त उपचार केन्द्रमा उपचार गराईरहेका ३१ जनामध्ये छ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज गर्नु भन्दा पहिला उनीहरुको तीन पटक कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा तीन पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जाएको छ । कोरोना संक्रमितहरुलाई गत बैशाख ५ र ६ गते भुल्केबाट १३ जनालाई अस्पतालमा लगीएको थियो । उनीहरुमध्ये छ जनालाई डिस्चार्ज गरिएको छ भने उनीहरु भारतीय नागरिक हो । अस्पतालबाट डिस्चार्ज गरिएका छ जनालाई रानी मर्कजको क्वरेण्टीनमा पठाइएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ८२ पुग्दा २२ जना उपचारपछि निको भएका छन् ।...