Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो

ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । शिशुको जन्म पश्चा शुरु भएको रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको ज्यान गएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा ज्यान गएको स्थानीयवासीहरुको भनाई हरेको छ  । कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।...
उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १,७८३ पुग्यो

उदयपुरमा थप ३० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १,७८३ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३१ आज (सोमबार) उदयपुरमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ महिला र १३ पुरुष गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ८३ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेको छन् । चौदण्डीगढीमा ९ महिला र ६ पुरुष गरी १५, त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज कोरोना जितेर ५८ जना घर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या १ हजार २ सय ५३ पुगेको छ । जसमध्ये ५ सय ५९ महिला र ६ सय ९४ पुरुष रहेका छन् । अहिलेसम्म जिल्लाभर संक्रिय संक्रमितको संख्या २ सय २७ महिला र २ सय ५६ परुष गरी ४ सय ८३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज कोरोनाबाट कसैको पनि मृत्यु ...
चितुवाको आक्रमणबाट एक बालिका घाइते

चितुवाको आक्रमणबाट एक बालिका घाइते

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ चितुवाको आक्रमणबाट तनहँमा एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका–१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीय छोरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन् । आइतबार साँझ घरभित्र खाना खान लागेका बेला ती बालिकालाई चितुवाले तानेको थियो । तीन कान्लासम्म लतारेपछि चितुवाले बालिकालाई छाडेको थियो । चितुवाले घाइते बनाएर छोडेको बालिकालाई आमाले  लिएर घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार बालिकाको चिउँडोमा चोट लागेको छ । उनको  दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।...
एन्जल बसको सिसा फुटाउने जलजलेका एक युवा पक्राउ

एन्जल बसको सिसा फुटाउने जलजलेका एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१  एन्जल बसको सिसा फुटाउने त्रियुगा नगरपालिका–६ जलजलेका एक युवा पक्राउ परेका छन् । सोहि स्थानमा बस्ने लाल बहादुर दाहालका छोरा वर्ष १७ का प्रवेश दाहाललाई बसको सिसा फुटाएको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् । जलजले स्थित पार्किङ गरी राखेको बा ४ ख ८६४३ नम्बरको न्यु एन्जल बसको पछाडीको सिसा ढुङ्गाले हानी फुटाएको भन्ने सूचनाको  आधारमा सुक्ष्म अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार दाहाललाई पक्राउ गरेको हो । गए रातीको घटना भएपनि आज ११ः०० बजे प्राप्त सूचनाको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।...
सर्पको टोकाईबाट एकजनाको ज्यान गयो

सर्पको टोकाईबाट एकजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१  कञ्चनपुमा सर्पको टोकाईबाट एकजनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिक–८ बस्ने ४९ वर्षीय दुर्गाबहादुर थापाको आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा ज्यान गएको हो । थापाले आफ्नै खेतमा रापाइँ गर्ने क्रममा र्सपले हातमा टोकेको थाहा पाएपछि उनी उपचारको लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
पानीमा डुबी सुनसरीका २ बालिकाहरुको मृत्यु

पानीमा डुबी सुनसरीका २ बालिकाहरुको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ सुनसरीका दुइ छुट्टाछुट्टै स्थानमा पानीमा डुबी दुईजना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका–७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पु¥याउदा मृत्यु भई सकेको थियो । त्यस्तै, आइतबार दिनको साढे ३ बजे  सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
उदयपुर सिमेन्ट उद्योगको साधारणसभा  सम्पन्न

उदयपुर सिमेन्ट उद्योगको साधारणसभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ । सरकारी स्वामित्वको नेपालको सबैभन्दा ठूलो र एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजलेको २० देखि ३३ औं बार्षिक साधारणसभा हिजाे सम्पन्न भएको छ । कोरोना महामारीका कारण भिडियो मिटिङमार्फत सभा सञ्चालन भएकाे थियाे । सभामा शेयरधनी, ब्यवस्थापन तथा सन्चालक समिति, कर्मचारी युनियनहरु र उद्योगका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागिता थियाे । सभाको  सन्चालन महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले गर्नुभयाे भने अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बलराम रिज्यालले गर्नुभयाे । सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव अर्जुन पोखरेलबाट भएको थियाे । महाप्रवन्धक न्यौपानेले सञ्चालक समितिको तर्फबाट प्रतिवेशन पेश गर्नुभयाे भने सभालाई प्रमुख अतिथि पोखरेलले सम्बोधन गर्नुभयाे ।  ...
विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु, ३८ पत्नी ८९ छोराछोरी

विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु, ३८ पत्नी ८९ छोराछोरी

समाचार, संसार
पूर्णपुष्टि, जेष्ठ ३१ विश्वकै ठूलो परिवारको रुपमा प्रख्या रहेको भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने घरमुली जियोना चानाको मृत्यु भएको छ । ७६ वर्षको उमेरमा जियोनाको मृत्यु भएको मिजोरमका मुख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् सवैमा जानकारी गराएका छन् । मृतक जियोना चानाका परिवारमा ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको १ सय कोठा भएको ४ तल्ले घरमासँगै बस्दै आएका आएका थिए । जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् । मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवा...
झापा र ईलाममा ब्राउन सुगरसहित ५ जना पक्राउ

झापा र ईलाममा ब्राउन सुगरसहित ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ झापा र ईलाममा लागुऔष्ध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एक जना र ईलामका चाँर जनालाई प्रहरीले पक्राउ गरेको हो । आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका–३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका–४ शंकरगाउँ स्थितबाट लागुऔषध ब्राउन सुगर  ५ ग्रामसहित सोही नगरका वडा नं. ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही नगरका वडा नं. १ का २२ वर्षीय रुपेश कुमार खत्री र सोही नगरका वडा नं. ३ का २३ वर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्...
प्रतिबन्धीत औषधीसहित एकजना पक्राउ

प्रतिबन्धीत औषधीसहित एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ मोरङमा प्रतिबन्धीत औषधीसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ स्थित पुर्ब  बसपार्क नजिकबाट प्रतिबन्धीत औषधीसहित उर्लाबारी नरगपालिका–१ का २१ वर्षीय सुमन दमाई पक्राउ परेको हो । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी  ट्रामाडोल–१७० क्याप्सुल र स्पास्पाईन–२०० क्याप्सुलसहित पक्राउ गरेको थियो । पक्राउ परेका दमाईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...