Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

नयाँ अपडेट : उदयपुर- काेराेना खबर अपडेट | ३० जेठ, ०७८ – Purnapusti Khabar

नयाँ अपडेट : उदयपुर- काेराेना खबर अपडेट | ३० जेठ, ०७८ – Purnapusti Khabar

समाचार, स्वास्थ्य
https://youtu.be/qOSN8iZXIV8 १. उदयपुरमा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनाको परिक्षण गर्दा ८ महिला र १४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३ र कटारीका ९ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५११ रहेको छ । चारदिन यता सक्रिय संक्रमित घट्दो छ । संक्रमितहरु मध्ये ४५९ जनाको होम आइसोलेशनमा र ५२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज ८३ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २०, कटारीको २१, चौदण्डीगढीको ६, बेलकाको २७, रौतामाईको ५ र लिम्चुङबुङको ४ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार १९५ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । चारदि यता ठूलो संख्यामा निको भएका छन् । ३ उदयपुरमा आज १ जना मृत्य हुनेको संख्या थपिएको छ । योसंगै जिल्लाको मृत्यु संख्या ...
उदयपुरमा कोरोना मुक्त हुनेको संख्या ११९५ पुग्यो, थप १ जनाको मृत्यु

उदयपुरमा कोरोना मुक्त हुनेको संख्या ११९५ पुग्यो, थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुर जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको छ । आज (आइतबार) थप ८३ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९५ पुगेको हो । जसमध्ये ५ सय ३४ महिला र ६ सय ६१ पुरुष रहेका छन् । आज कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नं. १० का ७४ वर्षीय वृद्ध रहेका छन् । मदनभण्डारी आँखा अस्पतालमा उपचारको क्रममा वृद्धको मृत्यु भएको हो । योसँगै जिल्लामा मृतकको संख्या ४७ पुगेको छ । आज थप ८ महिला र १४ जना पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ७ सय ५३ जना पुगेको छ । आज थपिएका संक्रमितहरु त्रियुगा र कटारीको रहेका छन् । त्रियुगामा ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्या...
कटुवा पेस्तोलसहित एक युवा पक्राउ

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० कटुवा पेस्तोलसहित एक युवा सिरहाबाट पक्राउ परेको छ । सुखीपुर नगपालिका–७ बलही निवासी ४७ वर्षीय गणेश कुमार सिहंलाई प्ररहरीले पक्राउ गरेको हो । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सिराले जनाएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।...
उदयपुरमा रुखको हाँगाले लागेर खोटाङका २२ वर्षीय युवकको मृत्यु

उदयपुरमा रुखको हाँगाले लागेर खोटाङका २२ वर्षीय युवकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुरमा रुखको हाँगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् । आइतबार १२ः२० बजेको समयमा त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले काटाएको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर उनको मृत्यु भएको हो । समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काटाएको जनाएको छ  । उक्त रुख काट्ने क्रममा हाँगाले लागेर घटना स्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।...
बेल्टारको डिपार्टमेन्टबाट रक्सी र चुरोट चोरी गर्ने पक्राउ

बेल्टारको डिपार्टमेन्टबाट रक्सी र चुरोट चोरी गर्ने पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टारमा सञ्चालित सजिलो डिपार्टमेन्ट स्टोरबाट रक्सी र चुरोट चोरी गर्ने एकजना पक्राउ परेको छ । बेल्टार बजारमै कपाल काट्ने हजामे काम गर्दै आएका २५ वर्षीय राजेश ठाकुरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । डिपार्टमेन्टका सञ्चालक मिलन राईका अनुसार मदिरा र चुरोट चोरी गरेको शंका लागी सिसिटिभीमा देखिएको फुटेज जाँच गर्दा उक्त घटनाबारे जानकारी भएको बताए । सो फुटेज हेर्दा ठाकुरले स्टोरबाट रेडलेवल–५ बोतल, ब्ल्याक लेवल–१ बोतल, सुर्य चुरोट–८० प्याकेट, शिखर चुरोट–७३ प्याकेट, खुकुरी चुरोट–६२ प्याकेट, बिजुली चुरोट–६४ प्याकेट, पाइलट चुरोट–३ प्याकेट, ब्ल्याओक–६ बोतल, गोल्डेन ओक–१ बोतल स्टकबाट लुकाइछिपाइ लगको देखिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको इप्रका बेल्टारका प्रहरी निरीक्षक छेफिन्जो भोटेले...
आज सुनको भाउमा भारी गिरावट

आज सुनको भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० आज सुनको भाउम भारी गिरावट भएको छ । आज एकै दिन सुन मूल्यको भाउमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।...
घरायसी बिबाद हुँदा श्रीमतीमाथि एसिड प्रहार

घरायसी बिबाद हुँदा श्रीमतीमाथि एसिड प्रहार

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० घरायसी बिबाद हुँदा श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–७ का सुन व्यवसायीसमेत रहेका ४२ वर्षका दीपक बिकले आफ्नी ३८ वर्षीया श्रीमती दीपिका बिकमाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहार गरेको आरोपमा दीपकलाई शनिबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरायसी बिबाद भएपछि श्रीमानले सुन पसलमा काम गर्दा प्रयोग गर्ने एसिडले छ्यापेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बायाँ हात र पेटमा एसिड परेको छ । दीपिकाको एपोलो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहारीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।...
पाँचथरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० पाँचथरमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । फिदिम नगरपालिका–४ जोरसालका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी  शनिबार राति हत्या भएको हो । प्रहरीका अनुसार इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन् । सासूससुरा भेट्न मृतककी बुहारी आइतबार बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेकोले थप विवरण सार्वजनिक हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए...
उदयपुरको ताप्लीमा बुलेरो दुर्घटना, एकको घटना स्थलमै मृत्यु, २ गम्भीर

उदयपुरको ताप्लीमा बुलेरो दुर्घटना, एकको घटना स्थलमै मृत्यु, २ गम्भीर

समाचार
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुरको ताप्लीमा भएको बुलेरो दुर्घटनामा परी एकको घटना स्थलमै मृत्यु भएको छ भने ३ घाईते भएका छन् । घाईतेहरु मध्ये २ जनाको अवस्था घम्भीर छन् । गएराति करिब साढे ७ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका ४ स्थित बा १८ च १५६७ नम्वरको बुलेरो दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका १० का ६० बर्षिय इन्द्र बहादुर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य २ जना घम्भीर घाईने भएका छन् । अन्दाजी ३५ बर्षिय चालक डाँक नारायन श्रेष्ठ र ताप्ली गाउँपालिका ४ ठानागाउँ ज्यामिरेका ३० बर्षिय झगर बहादुर सार्की घम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम वहादुर दाहालले जानकारी दिनुभयो । चालक श्रेष्ठको टाँउको र खुट्टामा चोट लागेको र सार्कीको टाउकोमा चोट लागेको छ । उनिहरु दुवैको अवस्था गम्भिर भएपछि थप उपचारको लागी बिराटनगर लगिएको एसपी दाहाल...
उदयपुरमा थप ४५ जना संक्रमित थपियो, १३७ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या हजार नाघ्यो मृत्यु शुन्य

उदयपुरमा थप ४५ जना संक्रमित थपियो, १३७ जना संक्रमण मुक्त भए सँगै निको हुनेको संख्या हजार नाघ्यो मृत्यु शुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २९ पछिल्लो २४ घण्टा उदयपुरमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका, लिम्चुङबुङ, त्रिनपा र चौदण्डीका २१ पुरुष र २४ महिलामा आज संक्रमण पुष्टि भएको हो ।  आज थप हुनेहरुमा त्रिनपाका १३, चौदण्डीका १७, बेलकामा १० र लिम्चुङबुङमा ५ जना रहेको छ । १४८ जनाको परिक्षणमा ४५ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७४ मा झरेको छ । संक्रमित मध्ये ५२० जनाको होम आईसोलेसन र ५४ जनाको सस्थागत आईसोलेसनमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा निको हुनेको संख्या आक्रमक देखिएको छ । आज १३७ जनाले कोरोना जितेपछि जिल्लामा कोरोना बाट मुक्त हुनेको संख्या १११२ पुगेको छ । हिजो मात्रै ४ सय बढीले कोरोना जितेको स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख छ ।...