Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

खैरो हिरोईनसहित दुई जना पक्राउ

खैरो हिरोईनसहित दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ कञ्चनपुरमा लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका–९ का १९ वर्षीय गोपाल ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बताउनुभयो । पक्राउ परेका दुवैको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
जिप भीरबाट ५० मिटर तल खस्दा चालकको मृत्यु

जिप भीरबाट ५० मिटर तल खस्दा चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ अघौखाँचीमा जीप भीरबाट खस्दा चालको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–९ तारिकेमा आज बिहान ९ बजेको समयमा सवारी दुर्घटना चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटना स्थलमै ज्यान गएको हो । लु १ च ६१६८ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक नेपालीको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जिपमा सवार चालक मात्र रहेको र करिब ५० मिटर तल जिप खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले बताउनुभयो । दुर्घटनाको कारण नखुलेको निरिक्षक खनालले बताउनुभयो ।...
उदयपुरको राजावासमा बँदेललाई थापेको पासो निकाल्ने क्रममा करेन्ट लाग्दा एकको ज्यान गयो

उदयपुरको राजावासमा बँदेललाई थापेको पासो निकाल्ने क्रममा करेन्ट लाग्दा एकको ज्यान गयो

समाचार
  पूर्णपुष्टि, जेष्ठ २७ उदयपुरमा एक जनाको करेन्ट लागेर बिहिबार ज्यान गएको छ । त्रियुगा नगरपालिका ९ राजाबासका ५४ बर्षिय जगदिश पोखरेललको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मकै नष्ट गर्न आउने बँदेललाई थापेको पासो निकाल्ने क्रममा करेन्ट लागि घाईते भएका पोखरेललको जिल्ला हस्पिटल उदयपुरमा उपचारको क्रममै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।      ...
उदयपुरमा काेराेना संक्रमण दर घट्दाे : काेराेना खबर अपडेट | २६ जेठ ०७८

उदयपुरमा काेराेना संक्रमण दर घट्दाे : काेराेना खबर अपडेट | २६ जेठ ०७८

समाचार, स्वास्थ्य
https://youtu.be/4JXK6t--jT0 १. उदयपुरमा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । ७० जनाको परिक्षण गर्दा ८ महिला र ६ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु सबै त्रियुगाका  हुन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४५ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ८५ जनाको होम आइसोलेशनमा र ८७ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज १३ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ६, चौदण्डीगढीको र लिम्चुङबुङको ६ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ४०५ पुगेको छ । ३ जिल्लामा मृत्यु हुनेको संख्या आज पनि थपिएन । उदयपुरमा १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु भइसकेको छ । मृत्युहुनेमा त्रियुगाका २४, चौदण्डीगढीका ९, कटारी र बेलकाका ४÷४ रहेका छन् । त्यस्तै उदयपुरगढीका ३, रौतामाईको १ र लिम्चुङबुङको १ जना हो । ताप्ली ...
३८ बर्षिया एक महिलाले जन्माईन एकै पटक १० बच्चा, तोडिन् विश्व रेकर्ड

३८ बर्षिया एक महिलाले जन्माईन एकै पटक १० बच्चा, तोडिन् विश्व रेकर्ड

समाचार
पूर्णपुष्टि, जेष्ठ २६ एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड तोडेकीछिन् । दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् । यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।          ...
उदपुरमा संक्रमितको संख्या १५९६ पुग्यो

उदपुरमा संक्रमितको संख्या १५९६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २६ उदयपुरमा आज (वुधबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ९६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका सबै त्रियुगाको मात्रै रहेको छन् । आज त्रियुगा नगरपालिका वडा नं. ११ का ११ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ६ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै त्रियुगाकै १६ नम्बर वडामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरी त्रियुगाको १२ नम्बार वडामा पनि १ महिलामा संक्रमण पुष्टि भएको छ । कोरोना जितेर आज थप १३ जना घरफर्किसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ४ सय ५ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि मृत्यु भएको छैन, अहिले सम्म मृतकको संख्या ४६ रहेको छ । जिल्लाभर संक्रिय संक्रम...
सुनसरीमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु

सुनसरीमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २६  सुनसरीमा ट्याक्टरबाट लड्दा एकजना कामदारको ज्यान गएको छ । धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा बराह–६ का ५०वर्षीय बाबुराम पौडेलको ज्यान गएको हो । आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार पौडेलको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउँसो १२ बजे ज्यान गएको थियो । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
झापामा केरन्ट लागेर ३ वर्षीय बालकको ज्यान गयो

झापामा केरन्ट लागेर ३ वर्षीय बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २६  झापामा तीन वर्षीय बालकको करेन्ट लागेर ज्यान गएको छ । बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको तीन वर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर ज्यान गएको हो । आज बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका नाबालक अभिनासलाई करेन्ट लाग्दा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।...
कोरोना महामारीका कारण स्थगित जनगणना, साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

कोरोना महामारीका कारण स्थगित जनगणना, साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

समाचार
पूर्णपुष्टि, जेष्ठ २६ कारोना भाइरसको कारण स्थगित भएको जनगणना कार्यलाई साउनदेखि असोसम्म गर्ने तयारी भइरहेको केन्द्रीय तथ्याङक विभागले जनाएको छ । महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । १५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेकोे छ । अवस्था सामान्य थियो भने मंगलबार देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको कामे महामारीका कारण सुरु हुन नसकेको हो । उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको  समाचार आएको चौलागाईले बताउनुभयो । चौलागाईंले कोरोना महामारीका कारण रोकिएको गणनाको काम अवस्थ...
इलाममा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

इलाममा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २६ इलाममा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । इलामको सन्दकपुर गाउँपालिका–१ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई रहेका छन् । दुवैले गत शनिबार इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत विषालु च्याउ खाएका कारण बिरामी भएर बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जनाएको छ ।...