Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

मोरङमा पेस्तोल र राइफलको गोलीसहित दुई पक्राउ

मोरङमा पेस्तोल र राइफलको गोलीसहित दुई पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २६ मोरङमा राइफलको गोलीसहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरु दुवैजनालाई मंगलबार साँझ पक्राउ गरेको थियो । गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी र चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आफ्नै साथी हत्याको आरोपमा युवक पक्राउ

आफ्नै साथी हत्याको आरोपमा युवक पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २६ कैलालीमा आफ्नै साथी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई कैलाली प्रहरीले पक्राउ गरेको हो । आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले घरेलु म...
निषेधाज्ञालाई असार देखि लुज डाउन बनाउने सरकारको तयारी

निषेधाज्ञालाई असार देखि लुज डाउन बनाउने सरकारको तयारी

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ सरकारले आसर बाट निषेधाज्ञा खुकुलाउँदै जाने बिषयमा छलफल चलाएको छ । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो गर्दै लैजानुपर्ने अधिकारीहरुको भनाइ छ । सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारेको हो । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने जनाइएको छ। गृह प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको जानकारी दिए । गत वर्ष एकैपटक खुकुलो बनाउँदा फेरि संक्रमण बढेको भन्दै गृहले यसपालि चाहिँ मोडालिटी बनाएर निश्चित क्षेत्र खोल्दै जाने तयारी ...

उदयपुर – काेराेना खबर अपडेट | २५ जेठ २०७८ : खबर विस्तृत

समाचार, स्वास्थ्य
https://youtu.be/TlkT154792Q १. उदयपुरमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । २४६ जनाको परिक्षण गर्दा २३ महिला र ३९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाको ३४, कटारीको १७, बेलकाको ११ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४४ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ९१ जनाको होम आइसोलेशनमा र ५३ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज २९ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ९, रौतामाईको १९ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३९२ पुगेको छ । ३ जिल्लामा मृत्यु हुनेको संख्या आज थपिएन । उदयपुरमा १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु भइसकेको छ । २८ वर्षिय महिलादेखि ९० वर्षका पुरुषसम्मको मृत्यु भएको छ । मृत्यु हुनेको ठूलो संख्यामा त्रियुगामा छ । त्रियुगामा ...
बिराटनगरमा सरकारी गाडी भित्र बेहोस भेटिएका उदयपुरका राजु ढकाको मृत्यु

बिराटनगरमा सरकारी गाडी भित्र बेहोस भेटिएका उदयपुरका राजु ढकाको मृत्यु

समाचार
पूर्णपुष्टि जेष्ठ २५ सरकारी गाडीमा बेहोस अवस्थामा फेला परेको गाडी चालक उदयपुरका राजु ढकालको मृत्यु भएको छ । बेलका नगरपालिका ३ घर भएका ढकालको मंगलबार मृत्यु भएको हो । । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीको गाडी चलाउँदै आएका ढकाल गाडी भित्रै बेहोस अवस्थामा फेला परेको थियो । ढकाललाई प्रहरीले तत्काल उपचारको लागि नोबेल हस्पिटल पुराए पनि डाक्टरले मृत घोषणा गरेको थियो । ३८ बर्षिय ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्दै आएका थिए । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको अवस्थामा बेहोस भेटिएको प्रहरीले जनाएको छ । उनि गाडी भित्र बेहोस अवस्थामा फेला परेको प्रहरीले बताएको छ । आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार ...
मोरङमा अष्ट्रेलियाको बाख्रा भनेर किसानलाई नवलपरासीको बाख्रा बाँडेपछि

मोरङमा अष्ट्रेलियाको बाख्रा भनेर किसानलाई नवलपरासीको बाख्रा बाँडेपछि

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ मोरङको बेल्बारी नगरपालिकाले किसानलाई झुक्याएर बाख्रा वितरण गरेको पाइएको छ । संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मले लिएको बाख्रा खरिदको ठेक्कामा नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो । बाख्रा खरिदकालागि ग्रो अर्गानिक कृषि फर्मले नगरपालिका सँग जेठ ३ गते एक करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए । किसान झुक्याएर बाख्रा वितरण गरेको भन्दै किसानहरुले बिरोध गरेको थियो । बिरोध भएपछि सत्यतथ्य पत्ता लगाउन छानमिन समिति टोली समेत बनेको छ । किसानले विरोध गरेपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । नेपाल व्यावसायिक बाख्रापालक...
देशभर ५१५३ जनामा संक्रमण पुष्टि, थप १०८ जनाको मृत्यु

देशभर ५१५३ जनामा संक्रमण पुष्टि, थप १०८ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २५ वितेको २४ घण्टामा नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३ सय ८ पुगेको हो । वितेको २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजास ८ सय ७० र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सया ८३ जना गरी कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा १ सय ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै देशभर मृतकको संख्या ८ हजार ९८ पुगेको हो । वितेको २४ घण्टामा देशभर ६ हजार ५ सय ७० जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर ५ लाख ४५ हजार ३० जना कोरोना  निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ ।...
१३ नं वडाले २५ संक्रमितलाई फलफुल, स्वास्थ्य सामाग्री र औषधी वितरण गर्यो, एक मृतक परिवारलाई किरिया खर्च

१३ नं वडाले २५ संक्रमितलाई फलफुल, स्वास्थ्य सामाग्री र औषधी वितरण गर्यो, एक मृतक परिवारलाई किरिया खर्च

समाचार, स्वास्थ्य
पूर्णपुष्टि जेष्ठ २५ त्रियुगा नगरपालिका वडा नं १३ ले वडामा रहेको २५ कोरोना संक्रमित परिवारलाई रोग सँग लड्ने सामाग्रीहरु प्रदान गरेको छ । वडाले संक्रमितहरुका लागि पोषणयुक्त तागत बढाउने फलफुल, स्वास्थ्य सामाग्री र औषधी प्रदान गरेको हो । मंगलबार वडाअध्यक्ष पशुपती चौधरी सहित स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितको घरघरमै पुगेर फलफुल, औषधी र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । टोलीले सामाग्री सँगै स्वास्थ्य परामर्श पनि गराएको छ । स्वास्थयकर्मीहरुले संक्रमितहरुलाई कोरोना पराजित गर्न कत्ति पनि नआत्तिन भनेका छन् । आत्मामनोवल मजबुद बनाउने र पोषणयुक्त खाना, झोलीलो खाना, सरसफाईमा ध्यान बारे सल्लाह पनि दिएको छ । संक्रमितहरुले सुरक्षित स्थानमा बस्नु पर्ने र अन्य परिवारका सदस्यहरु सँग घुलमिल नगर्न पनि सुझाएको छ । आज वडाको लक्ष्मीपुर, पोर्ताहा, ढिक लगायतका संक्रमितहरुलाई सामाग्री उपलब्ध गराएको हो । व...
प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ पक्राउ

प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा ५ पक्राउ

समाचार
पूर्णपुष्टि,जेष्ठ २५ सुनसरीको धरान उप–महानगरपालिका–१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी–४ बाट जेष्ठ २४ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उनीहरुको माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा थप ६२ जनमा संक्रमण पुष्टि, संक्रमितको संख्या १५८२ पुग्यो

उदयपुरमा थप ६२ जनमा संक्रमण पुष्टि, संक्रमितको संख्या १५८२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २५ उदयपुरमा आज (मंगलबार) थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको हो । थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार सबै भन्दा बढी त्रियुगाका ३४ जनामा संक्रमण देखिएको छ, जसमध्ये २१ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै कटारीका ११ पुरुष र ६ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको छ र बेलकामा ११ जनामा संक्रमण देखिएको हो, जसमध्ये ७ पुरुष र ४ महिला रहेका छन् । आज थप २९ जना कोरोना जितेर घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३ सय ९२ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा संक्रिय संक्रमित ६ सय २७ पुरुष र ५ सय १७ महिला गरी हालसम्म १ हजार १ सय ४४ जना हरेको छ । स्वास्थ्य कार्यालयको तथ्याङले  आज जिल्लाभर कोरोनाबाट कसै...