Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

मदिरा सेवन गरेर सवारी चलाउदा मजदुरको मृत्यु, सांसदका छोराविरूद्ध सवारी ज्यान मुद्दा दर्ता

मदिरा सेवन गरेर सवारी चलाउदा मजदुरको मृत्यु, सांसदका छोराविरूद्ध सवारी ज्यान मुद्दा दर्ता

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ मदिरा सेवन गरेर सवारी चलाउदा विराटनगरमा गत बिहिबार एक मजदुरको ज्यान गएकोे थियो । सवारी दुर्घटनामा आरोपी सांसदका छोरा रविन कार्कीविरुद्ध सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।  प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो । प्रहरीले ७ दिने म्याद थपको माग गरे पनि अदालतले ५ दिनको अनुमति मात्र दिएको छ । जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुईजना मजदुरलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरीक मुकेश शर्माको ज्यान गएको थियो भने मोरङकोे कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भिर घाइते भएका थिए । राजवंशीको स्वास्थ्य अवस्थामा नाजुक रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रबिनले विराटनगर–५ स...
लुटेराले चलाएको गोलीले एक महिला घाइते

लुटेराले चलाएको गोलीले एक महिला घाइते

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ घरमा गए राति लुटपाट गर्न आएका अज्ञात समूहले चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् । महोत्तरी लोहारपट्टी नगरपालिका–६ मा गोली चलेको हो । स्थानीय रामशरण साहको घरमा करिब ५/६ जनाको समूहमा आएका लुटेराको समूहले गोली चलाएको प्रहरीले जनाएको छ । उक्त समूहबाट साहको घरमा लुटपट पनि भएको छ । नगदसहित करिब १ लाख रकम बराबरको सामान चोरी गरेर सो समूहले गोली चलाएको होे । लुटपाटपश्चात साहकी श्रीमती ४५ वर्षीया गायत्रीदेवी साहले सहयोगको लागि हारगुहार मागेकी थिइन् । त्यसपछि उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गोली प्रहारपछि घाइते भएकी साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनामा संलग्न लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
पाँचथरमा पिकअप दुर्घटना, दुईका ज्यान गयो

पाँचथरमा पिकअप दुर्घटना, दुईका ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ पाँचथरमा पिकअप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारीको ज्यान गएको हो । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घटना सम्बन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।...
त्रियुगाका १६ विपन्न परिवारलाई नेपाल भारत मैत्री संघद्धारा राहत वितरण

त्रियुगाका १६ विपन्न परिवारलाई नेपाल भारत मैत्री संघद्धारा राहत वितरण

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ कोरोना महामारीले गर्दा उदयपुरमा निषेधाज्ञा भएको पनि एक महिना भन्दा बढी भएको छ । निषेधाज्ञाको समयमा त्रियुगा नगरपालिका–३ का गरिब तथा विपन्न १६ परिवारलाई नेपाल–भारत मैत्री संघ जिल्ला कार्य समिति उदयपुरले सोमबार राहत वितरण गरेको छ । संघले गाईघाटको मोडर्न इनिस्टच्युट अफ हेल्थ साइन्सको प्राङ्गणमा राहत वितरण गरेको हो । प्रति परिवार चामल १० केजी, नुन १ पोका, दाल १ केजी, खाने तेल १ पोका, दालमोट १ पोका , चिनी १ केजी, मास्क र साबुनलगायतको स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ । राहत वितरण संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.श्री शैलेन्द्र मोहन झा, श्रीमति करुणा झा, उपाध्यक्ष खेम चन्द्र यादव,सदस्य क्रमशःश्री सत्य नरायण झा,बाल कृष्ण भट्टराई ,सनम राई लगायतले राहत वितरण गरेका थिए ।...
दुई युवती र एक युवक लागुऔषध ब्राउन सुगरसहित पक्राउ

दुई युवती र एक युवक लागुऔषध ब्राउन सुगरसहित पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ कैलालीमा लागुऔषध बिक्रि गर्ने दुई युवतीसहित एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जनाएको छ । ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाईट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घट्ना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उपरिक्षक बिष्टले जनाएको छ ।...
उदयपुरमा पनि चिनियाँ भेरोसेल खोप लगाउन सुरु

उदयपुरमा पनि चिनियाँ भेरोसेल खोप लगाउन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २५ उदयपुरमा पनि आज (मंगलबार) बाट कोरोना विरुद्धको चिनियाँ भेरोसेल खोप लगाउन सुरु भएको छ । ६२ देखि ६४ वर्ष उमेर समुहकालाई पहिलो चरणको खोप आजबाट लगाउने सुरु भएको हो । । ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रामा भेरोसेल खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिनुभयो । उदयपुरका आठ वटै पालिकामा जेठ २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पालिका केन्द्र वा नजिकको अस्पतालको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । बेलका नगरपालिका नगर अस्पताल रामपुर, चौदण्डीगढी नगरपालिकाको नगर अस्पताल बेल्टार र उदयपुरगढी गाउँपालिका केन्द्रमा जेष्ठ २५ र २६ गते खोप लगाउन सकिने निरौलाले बताउनुभयो । निरौलाका अनुसार कटारी अस्पतालमा जेष्ठ २६ र २७ गते, ताप्ली गाउँपालिकामा जेष्ठ २७ र...
ओखलढुङगामा पानीमा डुबी एकको ज्यान गयो

ओखलढुङगामा पानीमा डुबी एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २५  ओखलढुङगामा पानीमा डुबी एकजनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका–७ का २५ वर्षीय रबिन अधिकारीको लडेर पानीमा डुबी ज्यान गएको हो । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग  मोलुङ खोलाबाट माछा मारी घर फर्कदै गर्दा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबी ज्यान गएको जानकारी पाउँन साथै घटना सम्बन्धमा थप अनुसन्धानको लागी प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली  घटना स्थलम पुगेको छ । यस सम्बन्धम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ मोरङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बेलबारी नगरपालिका–५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर ज्यान गएको हो । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खादै गर्दा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले यस घटनाको थप अनुुसन्धान गरिरहेको छ ।...
उदयपुरमा बोलेरो दुर्घटना, चालक राई गम्भीर घाइते

उदयपुरमा बोलेरो दुर्घटना, चालक राई गम्भीर घाइते

समाचार
पूर्णपुष्टि, जेष्ठ २५ उपुयपुरमा बोलेरो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएको छ । । कुखुराको चारो बोकेको बा १३ च ५६४८ नम्बरको बोलेरो सोमबार करिब साँझ ७ बजे सडकदेखि ४ सय मिटर तल खसेको थियो । कटारीदेखि ताप्ली गाउँपालिकातिर जाँदै गरेको बोलेरो उदयपुरगढी गाउँपालिका–३ चप्लेटी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी २३ वर्षीय चालक आकाश राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रवक्ता  बेदप्रसाद गौतमले बताउनुभयो । राईको उदयपुरगढी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उद्दार गरी कटारी हस्पीटल उपचारका लागि पठाएको छ । प्रवक्ता गौतमका अनुसा राई अहिले बोल्न नसक्ने अवस्थामा रहको छ । उनको कटारी हस्पीटलमा उपचार भइरहेको छ ।...
नविल बैंक शाखा गाईघाटकाे एटिएम फुटाउने चाेर र क्षति भएकाे एटिएमकाे तस्विर

नविल बैंक शाखा गाईघाटकाे एटिएम फुटाउने चाेर र क्षति भएकाे एटिएमकाे तस्विर

समाचार
पूर्णपुष्टि, जेठ २५ । बैंककाे सिसि क्यामेराकाे भिडियाेकाे आधारमा पक्राउ परेका चाेर । भारतीय नागरिक बताउने उनकाे साथबाट एटिएम फुटाउन प्रयाेग भएका सबै सामान बरामद भएका छन् । उनी गाईघाटकाे एक फर्निचरकाे कामदार समेत रहेकाे बताएका छन् ।