Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

नबिल बैंककाे एटिएम चाेर्ने काेसिस, सामान्य क्षति, चाेर पक्राउ

नबिल बैंककाे एटिएम चाेर्ने काेसिस, सामान्य क्षति, चाेर पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २५ । गाईघाटस्थित नबिल बैंक, शाखाकाे एटिएम गएराती चाेरी प्रयास भएकाे छ । एकजना चाेर तत्कालै पक्राउ परेका छन्। मध्येरातमा चाेरले एटिएम काेठामा प्रवेश गरेर छिनाे हम्मरले फुटाउन काेसिस गरेेकाे हाे । चाेरकाे गतिविधि सिसि क्यामेरामा देखेपछि सुरक्षा गार्डले शाखा मेनेजरलाई खबर गरेका थिए । तुरुन्तै प्रहरीलाई खबर भएपछि चाेर पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालले बताउनुभयाे । सुरक्षा गार्डले चाल पाएकाे थाहा पाएपछि चाेर बैकबाट भागेकाे अबस्थामा बजारबाट पक्राउ परेका थिए । घटनाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । एटिएममा सामान्य क्षति भएकाे तर, पैसा चाेरी नभएकाे बैंकका शाखा मेनेजर रेवती पाैडेलले जानकारी दिनुभयाे ।...

उदयपुर- काेराेना खबर अपडेट | २४ जेठ, ०७८ : विस्तृत खबर

समाचार, स्वास्थ्य
https://youtu.be/EIFvLgBm5aM १. उदयपुरमा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । ६५ जनाको परिक्षण गर्दा ६ महिला र १० पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु चौदण्डीगढीको १४, कटारीको १ र लिम्चुङबुङको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १११ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ५७ जनाको होम आइसोलेशनमा र ५४ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज ३५ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाका २१, चौदण्डीगढीको १२, बेलकाको १ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३६३ पुगेको छ । आज थपिएको संक्रमित भन्दा निको हुनेको संख्या बढी हो । ३ आज पनि २ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । बेलका नगरपालिका वडा नं. ५ का ५१ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको विराट मेडिकल कलेजमा हिज...
बिक्रमजंग शाहलाई कोभिड–१९, २०२१ हिरो अवार्ड

बिक्रमजंग शाहलाई कोभिड–१९, २०२१ हिरो अवार्ड

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक कलाकार, गायक चलचित्र निर्माता बिक्रमजंग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनुभएको छ । कोभिडको महामारीमा दीन दुःखीको सेवामा अहोरात्र खटिएका राष्ट्रिय संगितकर्मी संघका महासचिव तथा लोकदोहोरी गायक बिक्रम जङ्ग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनु भएको हो ।माहामारीको विषम परिस्थितिमा पनि आफ्नो अमुल्य ज्यानको बाजी थापेर दिनदुखी गरिबीहरुलाई खाद्यन्न उपलब्ध गराउँदै सयौँ गरिबीहरुलाई रोगमरी भन्दा पनि भोगमरीबाट बचाउन बिषेश भुमिका खेलेको भन्दै संघले  कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मान गरेको हो । शाहलाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड हिरो अवार्ड २०२१ बाट सम्मान गरेको हो । शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट  सम्मनित भईसकेक...
उदयपुरमा थप दुई संक्रमितको मृत्यु, मृ्तकको संख्या ४६ पुग्यो

उदयपुरमा थप दुई संक्रमितको मृत्यु, मृ्तकको संख्या ४६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २४  उदयपुरमा आज (सोमबार) थप एक महिला र एक पुरुष गरी दुई जना कोरोना संक्रमितले ज्यान गुमाएको छ । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको हो । आज मृत्यु हुनेमा बेलका र कटारी नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । बेलका नगरपालिका वडा नं. ४ का ५१ वर्षीय पुरुषको विराटनगर मेडिकल कलेजमा मृत्यु भएको छ, भने कटारी नगरपालिका वडा नं. ४ का २८ वर्षीया महिलाको नोवेल मेडिकल कलेजमा मृत्यु भएको हो । आज थप १६ जनामा संक्रमण पुष्टि भएकोे छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय २० पुगेको हो । स्वास्थ्य कार्यालयका अनुसार चोदण्डीगढी, कटारी र लिम्चुङबुङमा संक्रमित थपिएको छ । आज सबै भन्दा बढी चौदण्डीगढीमा ९ पुरुष र ५ महिला गरी १४,कटारीमा १ महिला र लिम्चुङबुङमा १ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना जितेर ३५ जना घर फर्...
संचारकर्मी सुबिन विश्वकर्माले लिएर आए, जातको कथा

संचारकर्मी सुबिन विश्वकर्माले लिएर आए, जातको कथा

मनोरञ्जन, समाचार
धनीराम कोरी जेष्ठ, २४ सुबिन विश्वकर्मा एक कुशल र निडर संचारकर्मी हुन् । बिगत चार वर्षदेखी निरन्तर संचारकर्ममा रहेका उनी पूर्वी नेपालमा बस्छन् । जातीय विभेद तथा छुवाछूतको प्रखर बिरोधाभाष गर्दै अघि बढेका उनलाई धेरैले ’जातिवादी’ भन्ने गरेको उनी सुनाउँछन् । कुनैबेला आफू पनि जातीय विभेदको सिकार बनेका उनले छुवाछूत हटाउन तथा समानताको लागि समाजमा केही इटा थपेका छन् भन्दा फरक नपर्ला । विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ’तिरस्कार’ हो । चलचित्रको कथा र निर्देशन उनै सुबिन विश्वकर्माले गरेका हुन् । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् । यस् कथा मार्फत धेरै त भन्दिन, केही मात...
गोहीको आक्रमणबाट एक जनाको ज्यान गयो

गोहीको आक्रमणबाट एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ मगर गोहीको आक्रमणमा परी  चितवनमा एकजना युुवाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२५ बस्कट्टा बस्ने अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको ज्यान गएको हो । आज भरतपुर–२४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज भएर बहने राप्ती नदी किनारमा बोटे गैरकानुनी रूपमा रातिको समयमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको अनुमान निकुञ्जले गरेको छ । निकुञ्जले राप्ती र नारायणीमा माछा मार्न लाइसेन्स अनिवार्य गरेको छ । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन् तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत  माछा मार्न निषेध गर्ने गरिएको छ । नदी आसपासमा बसोबास गर्ने बोटे समुदाय भने आफ्नो परम्परागत पेशा नै माछा मार्ने रहेको भन्दै लुकीछिपी नदीमा पुग्ने गरेको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा हालसम्म निक...
ओलीको प्रस्तावलाई लिखित जवाफ पठाउँदै नेपाल

ओलीको प्रस्तावलाई लिखित जवाफ पठाउँदै नेपाल

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ प्रधानमन्त्री केपि शर्मा ओलीको ६ बुद्धे प्रस्ताव माथी माधव नेपाल समूहले लिखित जवाफ पठाउने तयारी गरेको  छ ।  सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको हो । ‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ एक नेता भन्नुभयो ।  ...
१ महिनाको अवधिमा २ सय महिला तथा बालिकामाथि हिंसा

१ महिनाको अवधिमा २ सय महिला तथा बालिकामाथि हिंसा

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ निषेधाज्ञाको एक महिना अवधिभित्र दुई सय महिला तथा बालिकाहरु विभिन्न प्रकारका हिंसाको सिकार भएका छन् । दोस्रो चरणको कोरानाले गर्दा भएको निषेधाज्ञाको समयमा घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यावहार, मानव वेचविखन, हत्या, हत्याको प्रयास,आत्महत्या लगाएतका हिंसामा महिला तथा बालिकाहरु परेको महिला पुनस्र्थापना केन्द्र ( ओरेक) नेपालको तथ्याङकले देखाएको छ । नेपाल सरकारले पटक–पटक निषेधाज्ञा थप गरिरहदा २०७८ वैशाख १६ देखी जेष्ठ १५ सम्मको अवधिमा आरेक नेपालको कार्यक्षेत्रभित्र रहेको ११ जिल्लाहरुमा गरिएको सर्वेक्षणले दुई सय महिला तथा बालिका हिंसामा परेको तथ्याङक सार्वजनीक गरेको हो । ओरेकले सार्वजनीक गरेको तथ्याङकअनुसार सबै भन्दा बढी घरेलु हिंसमा ४५ प्रतिशत, बलात्कार २३ प्रतिशत, सामाजिक हिंसा ८ प्रतिशत, हत्या ७ प्रतिशत, हत्या प्रयास र यौन दुव्र्...
निषेधाज्ञामा दिउँसो पसल खोल्ने भाटभटेनिको मेनेजर पक्राउ

निषेधाज्ञामा दिउँसो पसल खोल्ने भाटभटेनिको मेनेजर पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ निषेधाज्ञाले ठप्प पारिएका काठमाण्डौ उपत्यकाको व्यापार व्यवसायीहरु दिउँसो बाट बन्द हुन्छ । बन्दकै बेला दिउँसो भाटभटेनी डिपार्डमेन्ट स्टोर खोेलेको आरोपमा मेनेजर पक्राउ परेको छ । कोटेश्वर स्थित रहेको भाटभटेनी डिपार्डमेन्ट स्टोरका मेनेजर सागर गुरुङलाई पसल खोलेको आरोपमा प्रहरीले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।  ...
प्रहरीमाथि नै ढुंगामुढा प्रहार

प्रहरीमाथि नै ढुंगामुढा प्रहार

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ विवाह घरमा प्रहरीमाथि नै ढुंगामुढा प्रहार भएको छ । रौतहट गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका–६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञाको समयमा मापदण्ड विपरीत मानिसहरुको उपस्थितिमा सोही ठाउँको १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा डिजे बाजा बजाएर भिडभार गराइ नाचगान गरेको उनीहरुमा आरोप छ । ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको झाजपुलस्थ...