Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

मोरङमा ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

मोरङमा ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

समाचार
पूर्णपुष्टि, जेष्ठ २४  मोरङ जहदा गाउँपालिका–१ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । गए राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो परिमाणको मदिरा बरामद गरेको हो । प्रहरीले को ३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको पारेको थियो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगि आवश्यक कारबाहीको लागि  मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको ज्यान गयो

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ पाकिस्तानमा आज बिहान रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ, भने ५० जनाभन्दा बढी रेलमा सवार यात्रुको घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।...
ब्राउन सुगरसहित दुई युवक पक्राउ

ब्राउन सुगरसहित दुई युवक पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २४ लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुरका दुई युवकलाई सशस्त्रप्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका–३ वनकुर्मा क्षेत्रबाट दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले पक्राउ गरेको युवकहरु दुवै कञ्चनपुरको वेदकोट नगरपालिका–५ का २७ वर्षीय सुरेश नेपाली र २८ वर्षीय सन्तोष बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ । उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर, एउटा मोटरसाइकल ,दुईवटा मोवाइल र नगद १ हजार ७ सय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाही र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको प्रहरीले जनाएको छ ।...

उदयपुर – काेराेना खबर अपडेट | २३ जेठ २०७८ : निशेधाज्ञकाे ३० दिनमा पनि संक्रमण घटेन

समाचार, स्वास्थ्य
https://youtu.be/koHFKgev3yY १. उदयपुरमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । ५३ जनाको परिक्षण गर्दा ४ महिला र ९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रिनपाका ८, कटारीका ४ र बेलकाका १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १३१ रहेको छ । हिजोको दाँजोमा आज ११ जना सक्रिय संक्रमित कमी भएको हो । २ उदयपुरमा आज २२ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुने सबै लिम्चुङबुङ गाउँपलिकाका हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३२८ पुगेको छ । आज संक्रमित भन्दा निको हुनेको संख्या बढी हो । ३ आज पनि २ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ५२ वर्षिय महिलाको मृत्यु भएको हो । उनको कोशी हस्पिटलमा हिजो मृत्यु भएको जनाइएको छ । त्यसैगरी त्रियुगा नगरपालिका १३ को अर्का एक ३९ वर्षिय पुरुषको मृत्यु भए...
चौदण्डीगढी नगरले दिए थप दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स

चौदण्डीगढी नगरले दिए थप दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स

Breaking News 1, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २३ चौदण्डीगढी नगरपालिकाले नगरभित्र रहेका दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स प्रदान गरेको छ । नगरपालिकाको वडा नं ९ मा रहेको हडिया स्वास्थ्य चौकी र वडा नम्वर ७ मा रहेको नगर अस्पताललाई एक/एक थान एम्वुलेन्स हस्तान्तरण गरेको हो । दुबै एम्वुलेन्स नगरपालिकाले कुल २१ लाख ९९ हजार ९ सय २४ रुपैयाँमा खरिद गरेर ल्याई हस्तान्तरण गरेको नगरपालिका प्रम्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो । हरेक ठाउँमा रहेका नगरवासीहरुलाई स्वास्थ्य सुविधामा पहुँच पुराउने भन्दै नगरले २ र ६ नं वडा बाहेकका वडाहरुमा एम्वुलेन्स उपलब्ध गराई सकेको मेयर राईले बताउनुभयो । कोरोना महामारीको वेला नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा ल्याएको एम्वुलेन्सलाई महत्वपूर्ण भएको बताइएको छ । एम्वुलेन्स स्वास्थ्य क्षेत्रका एक अत्यावश्यकको रुपमा रहेको महत्वपूर्ण साधन हो, यसले बिरामीहरुलाई सरल उपचारमा थप टेवा पुराउनेमा आफ...
कोरोना रोकथाम तथा नियन्त्रणमा १३ नं वडाको पहल र सक्रियता

कोरोना रोकथाम तथा नियन्त्रणमा १३ नं वडाको पहल र सक्रियता

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २३ १३ नं वडाले कोरोना संक्रमण बाट सुरक्षित हुने बारे बिभिन्न कार्यहरु संञ्चालन गरेको छ । माहामारीको बिच वडावासीहरुलाई सुरक्षित र रोग बाट मुक्त बनाउन वडामा स्वास्थ्य क्षेत्रलाई पूर्व तयारीका साथ व्यवस्थीत गरिएको छ । वाडाले कोरोना रोकथामका लागी स्थानीयहरुलाई सचेत गराउनुका साथै आवश्यक कुराहरुमा पहुच पुराउँदै आएको छ । हाल वडाभित्र २७ जना संक्रमित रहेको छ भने ५ जनाको ज्यान गएको छ । वडा भित्र रहेको संक्रमितहरुलाई करोना बाट सहजै पराजय गराउनका निम्ति वडाले फलफुल तथा स्वास्थय सामाग्री पनि प्रदान गर्दै आईरहेको छ । स्थानीय सरकारको जिम्मेवारीको हिसावले वडालाई कोरोना मुक्त राख्न वडावासीहरुलाई सचेत गराउँदै आईरहेको वडाअध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।कोरोना रोकथामका निम्ति स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपाउँदा अपनाउँदै पनि भित्रिएको संक्रमणलाई भयाबह हुन नदिन र नियन्त्रण गर्न वडा ...
उदयपुरमा थप २ सक्रंमितको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

उदयपुरमा थप २ सक्रंमितको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २३ उदयपुरमा आज (आइतबार) थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा मृतकको संख्या ४४ पुगेको छ । आज मृत्यु हुनेमा त्रियुगा र चौदण्डीगढी नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिाका वडा नं. १३ का ३९ वर्षीय पुरुष र चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो समय जिल्लामा संक्रमण दर घट्न थालेको छ । आज थप ९ पुरुष र ४ महिला गरी थप १३ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यङकमा उल्लेख छ । थपिएका संक्रमितहरु  त्रियुगा, कटारी र बेलकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ३ महिला गरी ८, कटारीमा ३ पुरुष र १ महिला गरी ४ र बेलकामा १ महिला गरी १३ जनामा संक्रण पुष्टि भएको हो । कोरोना निको हुनेको संख्या १ सय ८६ पुरुष र १ सय ४२ महिला गरी ३ सय २८ पुगेको छ । अह...
१२ किलो गाँजासहित तीन पक्राउ

१२ किलो गाँजासहित तीन पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २३ १२ किलो गाँजासहित मकवापुर प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । मकवानपुर कैलाश गाँउपालिका–७ का ४७ वर्षीय हिराबहादुर मोक्तान, २४ वर्षीय रामकुमार मोक्तान र २४ वर्षीय ठाकुर सुनारलाई पक्राउ गरेको हो । काक्सिराङ गाँउपालिका–५ मा पैदल हिँडिरहेका उनीहरुको झोला चेकचाँज गर्दा १२ किलो ३ सय ग्राम गाँजा बरामद भएको हो । प्रहरी चौकी चैनपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको  थियो । पक्राउ परेकालाई हिरासतमा लिएर आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
सिराहामा औषधि व्यवसायीमाथि गोली प्रहार

सिराहामा औषधि व्यवसायीमाथि गोली प्रहार

समाचार
पूर्णपुष्टि,जेष्ठ २३ सिराहामा औषधि व्यावसायीमाथि दुई गोली प्रहार भएको छ । गोली लागेर मिर्चैया नगरपालिका–४ का मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसार साफी घाइते भएको  हो । शनिबार बेलुकी अज्ञात समुहले साफीमाथि गोली चलाउँदा उनी घाइते भएका हुन् । साफीलाई दुई वटा गोली लागेको छ । बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ । साफीको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार घरायसी विषयमा गोली चलेको देखिन्छ । ‘घरायसी विषय देखिएकोले दुई जना आफन्त नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ,’ एसपी हीराबहादुर पाण्डेले भने, ‘घाइते साफीकै दाजुभाइ पर्नेलाई पक्रेर अनुसन्धान गरिएको छ ।’...
उदयपुरमा करेन्ट लागेर १ जनाको घटनास्थलमै ज्यान गयो

उदयपुरमा करेन्ट लागेर १ जनाको घटनास्थलमै ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २३  उदयपुरम आज (आइतबार) करेन्ट लागेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ८ पिडिवासका ७१ वर्षीय भलमान विश्वर्कमाको  करेन्ट लागेर घटनास्थमै ज्यान गएको हो । आज बिहान ६.४५ बजेको समयमा अचानक बिजुलीको काठे पोल ढल्दा पोलको तारबाट करेन्ट लागेर विश्वर्कमाको ज्यान गएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक विश्वर्कमाको सव पोष्टमार्टको लागी नगर अस्पताल बेल्टार पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...