Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

डेढ लाख बराबरको रकमसहित  ६ जुवाडे पक्राउ

डेढ लाख बराबरको रकमसहित ६ जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २३ कोरोनाको कारण लकडाउनको समयमा जुवाको खालबाट डेढ लाख बराबरको रकमसहित ६ जना युवाडे पक्राउ परेका छन् । दाङमा शनिबार बेलुका घोराडी उपमाहानगरपालिका–१५ मा रहेको एक होटेलमा जुवा खेलिरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय  घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरुलाई नगद १ लाख ३९ हजार रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।...
राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार, ३ युवा पक्राउ

राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार, ३ युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २३ राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहारमा संलग्न सुर्खेतका तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।...
उदयपुरमा वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्याक्रम

उदयपुरमा वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्याक्रम

समाचार
पूर्णपुष्टि, जेष्ठ २३ उदयपुरमा विभिन्न प्रजातीका वृक्षारोपण गरेर वातावरण दिवस मनाएको छ । कोरोना भाइरसको कारणले यो वर्ष विगतको जस्तो वृहत कार्यक्रम गर्न नसकिएता पनि डिभिजन वन कार्यालय गाईघाटको सहयोगमा ५ सय विरुवा रोेपेर मनाएको हो । “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुर्नस्थापना” भन्ने नाराका साथ शनिबार दिवस भनाएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न खाली स्थानमा सिमल, बेल, हर्राे, बर्राे अमला, शनि, निम, रिठ्ठा जस्ता विरुवा रोपिएका छन् । चौदण्डीगढी नगरपालिका–१० खैराझोराको त्रियुगा नदी उकास जग्गामा महाभारत सामुदायिक वन उपभोक्ता समूहको सहकार्य र डिभिजन वन कार्यालय गाईघाटको प्राविधिक र विरुवा सहयोगमा १ सय बढी विरुवा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिनुभयो । यस्तै, त्रियुगा नगरपालिका–३ स्थित शान्ति धाम परिषरमा उद...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

समाचार
पुर्णपुष्टि, जेठ २३ सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा थप ५९ जनामा कोरोना पुष्टि, ३ को मृत्यु, ३३ निको

उदयपुरमा थप ५९ जनामा कोरोना पुष्टि, ३ को मृत्यु, ३३ निको

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ उदयपुरमा पछिल्लो २४ घण्टा ५९ जनामा कोरोना संक्रमण देखिएको छ । १८५ जनालाई परिक्षण गर्दा जिल्लाको बिभिन्न पालिकाहरुमा ५९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । आज संक्रमण हुनेहरुमा लिम्चुङबुङ, बेलका, उदयपुरगढी र चौदण्डीका २४ महिला ३५ पुरुष रहेका छन् । कार्यालयका अनुसार लिम्चुङबुङ १३, बेलका १६, उदयपुरगढी ११, चौदण्डी १९ जना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिया संक्रमितको संख्या १ हजार १४२ पुगेको छ भने कुल संक्रमितको संख्या  १ हजार ४८८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै जिललामा कोरोना बाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । पछिल्लो समय मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४४ वर्षिय पुरुषको विराटनगरमा उपचारको क्रममा दुइदिनअघि मृत्यु भएको जनाइएको छ । बेलका नगरपालिका ...

उदयपुर – काेराेना खबर अपडेट | २२ जेठ ०७८ : विस्तृत खबर

समाचार, स्वास्थ्य
https://youtu.be/LwsbD3D3oHs १. उदयपुरमा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । १८५ जनाको परिक्षण गर्दा २४ महिला र ३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु लिम्चुङबुङको १३, उदयपुरगढीको ११, बेलकाको १६, र चौदण्डीगढीको १९ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४२ पुगेको छ । २ उदयपुरमा आज ३३ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुने त्रियुगाको २५,  र चौदण्डीगढीको ७ र बेलकाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३०६ पुगेको छ । आजबाट निको हुनेको संख्याले तीनसय नाघेको हो । ३ आज ३ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४४ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको विराटनगरमा उपचारको क्रममा दुइदिनअघि मृत्यु भएको जनाइएको छ । बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुषको मृत्यु भएको ह...
मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र(१(०५(००१ प(००६१ नम्बरको रातो कलरको २०० सिसिको ल्क् मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो । खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ(आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर...
तेस्रो र चौथो लहरको कोरोना बालबालिका केन्द्रित हुन सक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

तेस्रो र चौथो लहरको कोरोना बालबालिका केन्द्रित हुन सक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २२ हाल विश्वभर फैलिरहेको कोरोना चरणबद्ध बढ्दै गएको छ । पहिला बर्षको कोरोना थप क्षमता बृद्धि गर्दै भेरियन्टमा परिनत भई निकै घातक र आक्रमक बन्दै गएको छ । नेपालमा पहिलो चरणको कोरोनाले खासै असर नगरे पनि पहिलो पटक प्रवेश गरेका कारण धेरै मानिसहरु आत्तिए र डराए, एक बर्ष सम्म कोरोना सामना गरेको नेपालीले दोस्रो चरणको कोरोनालाई टेर्दा पनि टेरेनन् । यसैको परिणाम हो अहिले नेपालीले भोगि रहेको कोरोनाको भयावह, कोरोनाको नयाँ भेरियन्ट सहित दोस्रो लहर चलिरहेको अवस्थामा पनि नेपाली जनता र सरकार अटेरी अवस्थामै थियो । मान्छे निकै मर्न थालेपछि बल्ल अलिअलि होस खोल्यो । सरकारले बल्ल तल्ल उपत्यका लागायत जटिल स्थानहरुमा निषेधाज्ञा गर्यो । अहिले देशको दुई जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । तर पनि कोरोनाको लहर समुदाय परिवार र व्यक्तिहरुमा छिरिसकेको थियो । नेपालमा पहिलो चरको ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २२ झापा कचनकवल गाऊपालिका ६ का  ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ ।
कोरोना हस्पिटललाई ग्लोबल आइएमइ लघुवित्त रंगेली शाखाद्धारा आर्थिक सहयोग

कोरोना हस्पिटललाई ग्लोबल आइएमइ लघुवित्त रंगेली शाखाद्धारा आर्थिक सहयोग

समाचार
पूर्णपुष्टि, जेष्ठ २१ ग्लोबल आइएमइ लघुवित्त मोरङ रंगेली शाखाले कोभिड हस्पिटललाई २५ हजार बराबरको आर्थिक सहयोग गरेको छ । संस्थाले रंगेली नगरपालिका ७ मा रहेको कोभिड हस्पिटललाई एक समारोहका बिच आर्थिक सहयोग गरेको हो । कोरोना माहामारीका बिच आम नेपालीहरु संक्रमणको भागेदार बनिरहेको अवस्थामा कोरोना उपचारमा थप सेवा तथा सहजका लागि अस्पताललाई आर्थिक सहयोग गरेको संस्थाका प्रमुख कुन्दन यादवले बताउनुभयो । शुक्रबार संस्थाका प्रमुख यादवले हस्पिटलका मेसु रोहेन्द्र पाण्डेलाई चेक हस्तान्तरण गर्नुभयो । संस्थाले कोरोना सम्बन्धि बिभिन्न सहयोग र माहमारीमा सामाजिक कामहरु गर्दै आईरहेको यादवले बताउनुभयो । कोरोना माहामारिकै बिच पनि संस्थाको आर्थिक उन्नतिमा निरन्तरता दिन सदस्यहरुलाई ई सेवा बचतका संञ्चालनमा ल्याइएको छ । संस्थाले हाल बिषम परिस्थितिमा सदस्य थता अन्य नयाँ इच्छुक सदस्यका लागि पनि अनलाई कोभिड...