Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ सुनसरीको कोशी गाँउपालिका(८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका(८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन् । उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।...
छुट्टा छुट्टै २ स्थानमा करेन्ट लाग्दा २ जनाको मृत्यु

छुट्टा छुट्टै २ स्थानमा करेन्ट लाग्दा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २८ झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का करेन्ट लागी घाईते भएको अवस्थामा उपचारको क्रममा मृत्यु भएको हो । घाईते भएकी खड्कालाईउपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लागेर १४ बर्षिय शन्देश धिमालको ज्यान गएको छ । मोरङ बेलबारी नगरपालिका ४ का धिमालको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा महेन्द्रका भान्जा हरेको छ । करेन्ट लागेर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको हो । घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २८ पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा ३ क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा संक्रमण दर दिनदिनै घट्दाे, निकाे हुनेकाे संख्या ह्वात्तै बढ्याे

उदयपुरमा संक्रमण दर दिनदिनै घट्दाे, निकाे हुनेकाे संख्या ह्वात्तै बढ्याे

समाचार, स्वास्थ्य
https://youtu.be/TpkChv-eTSk १. उदयपुरमा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । ८६ जनाको परिक्षण गर्दा १४ महिला र ७ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका २० र लिम्चुङबुङका १ जना हुन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ७५ रहेको छ । संक्रमितहरु मध्ये ९९० जनाको होम आइसोलेशनमा र ८५ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा आज ९१ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ४३, कटारीको १९, चौदण्डीगढीको २, बेलकाको १९, रौतामाईको ७ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ४९६ पुगेको छ । ३ आज जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या फराकिलोरुपले माथि छ । संक्रमित भन्दा ७० जना बढि निको हुने रहेका छन् । लामो समयपछि आज निको हुनेको संख्या निकै बढेको हो । जिल्लामा संक्रमण दर क्रमश घट्दै ...
उदयपुरमा त्रियुगाको मात्रै २० संक्रमित थपिए, संक्रमितको संख्या १६१७ पुग्यो

उदयपुरमा त्रियुगाको मात्रै २० संक्रमित थपिए, संक्रमितको संख्या १६१७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २७ आज (विहिबार) उदयपुरमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको छ । १४ महिला र ७ जना पुरुषमा आज संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय १७ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका संक्रमितहरु मध्ये २० जना त्रियुगा नगरपालिकाको र १ जना लिम्चुङबुङ गाउँपालिकाको हरेका छन् । त्रियुगाका १४ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ, भने लिम्चुङबुङको १ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैनन्, अहिलेसम्म जिल्लामा मृतको संख्या ४६ रहेको छ । कोरोना जितेर थप ९१ जना निको भएसँगै जिल्लामा संक्रमण मुक्त हुँनेको संख्या २ सय ८ महिला र २ सय ८८ पुरुष गरी ४ सय ९६ पुगेको छ । त्रियुगामा २ सय ४४ महिला र २ सय ९१ पुरुष गरी ५ सय ३५ सक्रिय संक्रमित रहेका छन् । ...
हत्या आरोपमा ५ जना पक्राउ

हत्या आरोपमा ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ एक युवाको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा ३५ वर्षीय महेन्द्र यादव मृत फेला परेका थिए । यादवको हत्यामा संलग्न रहेको पाँच युवालाई रुपन्देहीबाट प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका–४ कै २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् । गत आइतबार बिहान  इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उ...
निषेधाज्ञाको समयमा महिला तथा बालिकामाथि हिंसा बढ्यो : न्याय पाउन पीडितहरुलाई चुनौती भएको भन्दै ओरेकको गम्भीर ध्यानाकर्षण

निषेधाज्ञाको समयमा महिला तथा बालिकामाथि हिंसा बढ्यो : न्याय पाउन पीडितहरुलाई चुनौती भएको भन्दै ओरेकको गम्भीर ध्यानाकर्षण

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ निषेधाज्ञाको अवधिमा भएको यौनिक हिंसाका घटना र न्याय प्राप्तीमा देखिएको चुनौती प्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ । यही हप्ता मात्र पनि तीन वटा यौनजन्य हिंसाका घटनाहरु विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक भएका छन् । सुर्खेतको राउटे समुदायका किशोरीहरुमाथि भएको यौन दुव्र्यवहार , लमजुङ्गमा शिक्षकबाटै १४ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार र बाँकेकी २२ वर्षीया महिलालाई दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको छ । यी घटनाले मानिसको मानवतामाथि नै प्रश्न चिन्ह उठाएको छ, के यही हो मानवता ? यस्ता अमानविय गतिविधिहरु तत्काल बन्द गरियोस भनी स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउन ओरेकले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो । निषेधाज्ञाकै समयमा सुर्खेत गुर्भाकोट गाउँपालिका–९ का युवाहरूले स्थानीय राउटे ...
झापामा एक छात्राको रहस्यमय मृत्यु

झापामा एक छात्राको रहस्यमय मृत्यु

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ झापाको दमक नगरपालिका–५ स्थित पढ्नलाई कोठा भाडा लिएर बस्दै आएकी एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा पढ्दै गरेको इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । मृतक सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । सेजलाको मृत्युको कारणबारे अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ अनुवाद गर्दै प्रनाउ क...
लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ लागुऔषध कारोबारमा संलग्न रहेका पाँचजनालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ मा राज महर्जन र कृष्ण कुमार बिकलाई प्रहरीले पक्राउ गरेको थियो । पछि थप तीनजना शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको बयानका बालकुमारी र ग्वार्को क्षेत्रबाट थप तीन जनालाई पक्राउ गर्न सफल भएको  महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले बताउनुभयो । इन्सपेक्टर हरी ओली नेतृत्वको टोलीले आरोपीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथी प्रहरीले लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।...
स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई युवा पक्राउ

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २७ स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुईजना भारतीय नागरीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान अगडी बढाएको प्रहरीले जनाएको छ ।...