Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा निकाे हुनेकाे संख्याले ठूलाे फड्काे मार्याे : काेराेना खबर अपडेट, २८ जेठ ०७८

उदयपुरमा निकाे हुनेकाे संख्याले ठूलाे फड्काे मार्याे : काेराेना खबर अपडेट, २८ जेठ ०७८

समाचार, स्वास्थ्य
https://youtu.be/ikfVwcGSnYo १. उदयपुरमा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । २९५ जनाको परिक्षण गर्दा ३८ महिला र ३२ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका ७, चौदण्डीगढीको २७, बेलकाको ३६ रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ६६६ रहेको छ । संक्रमितहरु मध्ये ५८४ जनाको होम आइसोलेशनमा र ८२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ । २ उदयपुरमा निको हुनेको संख्याले ठूलो फड्को मारेको छ । आज ४७९ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २९८, कटारीको ७२, चौदण्डीगढीको ३१, बेलकाको ४१, रौतामाईको ४०, उदयपुरगढीको २५, ताप्लीको १ र लिम्चुङबुङको २५ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ९७५ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्या बढेको हो । परिक्षणको १४ दिनपछि लक्षण तथा स्वास्थ्य समस्या नरहेमा स्वत् निको भको मानिन्छ । उदयपुरमा ह...
उदयपुरमा ७० संक्रमित थपिँदा, हाल सम्मकै धेरै ४७९ संक्रमित निको, मृत्यु शुन्य

उदयपुरमा ७० संक्रमित थपिँदा, हाल सम्मकै धेरै ४७९ संक्रमित निको, मृत्यु शुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २८ उदयपुरमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २९५ जनाको परिक्षणमा पछिल्लो समयमा जिल्लाको ३ नगरपालिका बेलका, त्रियुगा र चौदण्डीगढीका ३८ महिला र ३२ पुरुषमा संक्रमण देखिएको हो । सँधै उच्च संक्रमण फेला पर्ने त्रियुगा नगरपालिकामा सबै भन्दा कम ७ जना संक्रमित फेला परेको पाइएको छ । सबै भन्दा बढी बेलका नगरपालिकामा ३६ जना र चौदण्डीगढीमा २७ जना संक्रमित फेला परेको हो । यो सँगै जिल्लामा कोरोना संत्रमितको कुल संख्या १ हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या जिल्लामा ६६६ रहेको छ । पछिल्लो समय जिल्लामा हाल सम्मकै सबै भन्दा बढी संक्रमितहरुले कोरोना जितेको छ । पछिल्लो २४ घण्टा ४७९ जनाले कोरोना पराजित गरी घर फर्किएको छ । कोरोना जित्नेहरुमा होम आईसोलेसनमा रहेकाहरु धेरै रहेको स्वास्थ्य कार्यालय उदयपरले जनाएको छ । कार्यालय...
असार ७ गते सम्मलाई थपियो निषेधाज्ञा, खाद्यन्न लगायतका अत्यावश्यक बजार ७ देखि १२ बजे सम्म

असार ७ गते सम्मलाई थपियो निषेधाज्ञा, खाद्यन्न लगायतका अत्यावश्यक बजार ७ देखि १२ बजे सम्म

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ जिल्ला प्रशासन कर्यालय उदयपुरले निषेधाज्ञाको अबधि असार ७ गते सम्म लम्याएको छ । कोरोना भाईरस रोकथाम अझै न्युन भैनसकेको भन्दै असार ७ गते सम्मलाई निषेधाज्ञा थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै बैशाख २८ गते रातको १२ बजे बाट असार ७ गते रातको १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञाको अबधि बढाइएकोे सूचनामा उल्लेख गरिएको छ । यस पटकको निषेधाज्ञामा खाद्यन्न लगायतको अत्यावश्यक बस्तुका लागि समय थप गरिएको छ । बिहान ७ देखि ९ बजे सम्म मात्र संञ्चालन गर्न पाईने खाद्यन्न, फलफुल, तरकारी, माछामासु निर्माणका अत्यावश्यक बस्तुलाई भने यो पटक समय थप गरी ७ बजे देखि १२ बजे सम्म खोल्न पाईने सूचनामा प्रकाशित गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक भन्दा अन्य कुनै पनि व्यक्ति, संस्था, पसल, सवारी साधनहरुलाई ठप्प पार्ने निर्णय भएको छ । खाद्यन्न, फलफुल, तरकारी...
अबको एक हप्ताभरि नै पानी पर्ने सम्भावना

अबको एक हप्ताभरि नै पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ जल तथा मौसम विज्ञान विभागका अनुसार अवको एक हप्ताभरि नै देशभर पानी पर्ने सम्भावना रहेकोे छ । मौमसविद्ले यो हप्ताभरि देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो । हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।  ...
पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो

पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ एउटै पोखरीमा डुबेर पाँचजना बालिकाको ज्यान गएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको हो । दिउँसो साढे १२ बजे पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुमध्ये पाँच जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो । पौडी खेल्न आठ जना बालिकाहरु गएका थिए । जसमध्ये पाँचजनाको ज्यान गएको हो । स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षकी छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षकी  छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षकी छोरी ललिता साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अरु बालबालिकाहरु पनि डुबेका छन् कि भनेर खोजी भइरहेक...
जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा, २ को मृत्यु, २ घाईते

जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा, २ को मृत्यु, २ घाईते

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ सोलुखुम्बुमा आज बिहान पौने ९ बजे जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका–५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ वर्षीय  राम परीयारको ज्यान गएको हो । ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका–८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादैँ गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा जेसीबीले छुईनगई करेन्ट लाग्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र ...
दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट, ससुरा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ अझै पनि परम्परागत सोचको अन्य हुन सकेको छैन् । दाइजो नदिएको निहुँमा एक नवदुलहीमाथि कुटपिट भएको छ । महोत्तरीमा दाइजोमा ग्यास चुल्लो र सिलिन्डर लगायत सामाग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । सर्लाही हरिपुर्वा नगरपालिकामा गएको वैशाख १३ गते जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजोको निहुँमा उनलाई श्रीमानसहित परिवारका सदस्यले कुटपिट गर्न थालेको थिए । विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र ...
प्रहरी भ्यानको ठक्करबाट एकजनाको घटनास्थलमै ज्यान गयो

प्रहरी भ्यानको ठक्करबाट एकजनाको घटनास्थलमै ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ प्रहरीको भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको  घटनास्थलमै ज्यान गएको छ । बिहीबार राति ११ः५५ बजे प्रहरीको भ्यानको ठक्करबाट अन्दाजी २५ वर्षका युवकको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका–२ लालमटियामा  प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका प...
१९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

१९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

समाचार
पूर्णपुष्टि, जेष्ठ २८ १९ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना  युवकले बलात्कार गरेको हो । बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । प्रहरी नायव उपरीक्षक थापाका अनुसार बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको छ । उनको खोजी कार्य भइरहेको छ । बिहीबार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको डिएसपी थापाले जानकारी दिनुभयो । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट  खटिएको प्रहरी टोलीले आरोपी मध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार युवतीको राति नै स्वास...
पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ

पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २८ मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो । यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...