Wednesday, September 30News That Matters

Month: ५ वर्ष अगाडि

ट्रकले खोस्यो सधैको लागि दिदि भाईको तिहार, दुर्घटनाकै दिन भाईको मृत्यु, घम्भीर घाईते दिदिको पनि मृत्यु

ट्रकले खोस्यो सधैको लागि दिदि भाईको तिहार, दुर्घटनाकै दिन भाईको मृत्यु, घम्भीर घाईते दिदिको पनि मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २२ सुर्खेत भेरीगंगा नगरपालिका–१२ की रानी राना मगर र उनकी भाई रविन राना मगरको जिन्दागीभरीकै लागि तिहार अधुरो हुन पुगेको छ । दुर्घटनामा परि दिदि भाईले ज्यानै गुमाउनु परेको छ । कार्तिक १८ गते मिनि ट्रकले दिदि भाई सवार स्कुटरमा ठक्कर दिएपछि भाई रविनको घटना स्थलमै ज्यान गयो भने दिदि घम्भिर घाईते भई अस्पतालमा उपचारत थिईन् । तर दिदि रानीको पनि आईतबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रविन ४ बर्ष अगाडी मात्र नेपाल आर्मिमा जागरि लागेको थिए । उनले पहिलो पटक दिदिलाई तिहारको सपिङमा लिएर जाँदै थिए । बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उनका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन् । उनको उपचारको क्रममा...
मोटरसाईकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

मोटरसाईकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २२ सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाईकलले ठक्कर दिंदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा मोटरसाईकलले जहदा गाउँपालिका–७ की २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रीत भएको मोटरसाईकलले सडक नजिकै बसिरहेकी १६ वर्षीया बर्षा साह र उनिसंगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको छ । घाईते बर्षालाई थप उपचारको लागी बिराटनगर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल...
बोक्सी भनी मानव मलमूत्र खुवाउने २ महिलासहित ४ जना कारागामा

बोक्सी भनी मानव मलमूत्र खुवाउने २ महिलासहित ४ जना कारागामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २२ बोक्सीको आरोप लगाएर एक महिलालाई मानव मलमूत्र खुवाउने दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँका सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो । बडादशैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहितपरिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अपमानजनक व्यवहार गरेका थिए । सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुका...
जङ्गलमा श्रीमतीको कंकाल फेला, श्रीमान पक्राउ

जङ्गलमा श्रीमतीको कंकाल फेला, श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २२ परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको भन्दै कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको महाराजगंज नगरपालिका–११ स्थित बाबा बनलाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई श्रीमतीको हत्या गरी जङ्गलमा फालेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । लोनियाले श्रीमती चिन्का लोनियालाई गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका–९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । अवैध सम्बन्धको विषयमा उनीहरु बीच दैनिक झगडा समेत हुने गरेको थियो । श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपछि उनी भारततिर गएका थिए । मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंकाल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।...
ओखढुङगामा रुखबाट लडेर एकको मृत्यु

ओखढुङगामा रुखबाट लडेर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २२ ओखढुङगामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका–७ पात्ले खानिचौरका २२ वर्षीया निमा शेर्पाको रुखबाट लडेर ज्यान गएको हो । हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५ सय मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा उक्त रुखबाट लडि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
बसको ठक्करबाट घाईते भएका दुवै जानको मृत्यु

बसको ठक्करबाट घाईते भएका दुवै जानको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २२ सुनसरी कोशी गाउँपालिका–८ भण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाईते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मिया र पछाडी सवार ३० वर्षीय गियासुदिन मिया रहेका छन् । उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले विपरित दिसा तर्फबाट आउदैँ गरेको प्र.२–०१–००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका–३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाईघाटको जुत्ता चप्पल र रेडीमेट कपडा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

गाईघाटको जुत्ता चप्पल र रेडीमेट कपडा पसलमा आगलागी, ५० लाख भन्दा बढीको क्षति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २२ आईतबार गाईघाटको जुत्ता चप्पल र कपडा पसलमा विद्युत सर्ट भई आग्लागी हुँदा ५० लाख बढीको क्षति भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित पुरानो तरकारी बजार क्षेत्रमा रहेको जुत्ता चप्पल र रेडिमेट कपडा पसल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आग्लागीबाट करिब ५० लाख भन्दा बढी क्षति भएको पसल सञ्चालकले दाबी गरेको छ । रातको समय विद्युत सर्ट भई आगलागी भएकाले भित्रका सामानहरु बाहीर निकाल्न नसकिएको सञ्चालक जीवन भगतले बताउनुभयो ।...
३० बर्षको उमेरमै राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी कृति थापाको कोरोनाले लियो ज्यान

३० बर्षको उमेरमै राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी कृति थापाको कोरोनाले लियो ज्यान

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २२ कलिलै उमेरमा राष्ट्र बैँङकी साहयक निर्देशक बनेकी वुटवलको कृति थपाको कोरोनाले ज्यान लिएको छ । कृति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरको छोरी हुन् । सदस्य थापालाई १२ दिनको अबधिमा ठुलो सोक परेको छ । १२ दिन अघि मात्रै श्रीमती गुृमाएका कुमार थापाले लगत्तै छोरी गुमाईन । छोरी कृति ८ महिनाको गर्भवती थिईन ।कृतिले काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन् । उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्। बुटवल उपमहानगरपालिका(१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ । असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रम...
प्रधानन्यायधिशको तत्काल राजीनामा माग गर्दै बारले थप आन्दोलन चर्काउने

प्रधानन्यायधिशको तत्काल राजीनामा माग गर्दै बारले थप आन्दोलन चर्काउने

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २२ नेपाल बार एशोसियसनले प्रधानन्यायधिश चौलेन्द्रशमसेर राणा विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएको छ । प्रधानन्यायधिश राणाको तत्काल राजीनामा माग गर्दै निरन्तर बारले बिरोध जनाई रहेको छ । आन्दोलन लाई थप चर्काउने र राणा बिरुद्ध देशैभर आन्दोलन चर्काउने बारे सबै बार इकाईहरु सँग छलफल भईरहेको बारले जनाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई सोमबार साढे १० बजे नेपाल बारको प्राङ्गणमा उपस्थित हुन आह्वान गरेका छन् । कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एशोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको विदा सुरू भएको थियो। सोमबारदेखि उक्त विरोध कार्यक्रमलाई निरन्तरता दिने भएकाले सबै कानुन व्यवसायीलाई उपस्थित हुन बारले आह्वान गरेको छ। मन...
बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २२ तत्कालै नियुक्ति भएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज संसद बाट विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ । मुख्यम...