गाईघाटका हंस अम्वर दाहल (खत्री) परिवारले गरे १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम भवन हस्तान्तरण
पूर्णपुष्टि, कार्तिक २१
गाईघाटका हंश अम्वर दाहाल (खत्री) परिवारले १ करोड २० लाख बराबरको बौदिक गुरुकुलम विद्यालय भवन शान्तिधामका त्रियुगा बौद्धिक गुरुकुलम समितिलाई हस्तान्तरण गरेको छ । भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सहित शालिक अनावरण समेत गरिएको छ ।
भवनको उद्घाटन तथा हस्तान्तरण नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री बिभुषित श्री बालसन्त मोहन शरण देवाचार्यले गर्नु भएको छ । दाहाल खत्री परिवारका हजुर बुबा स्वर्गिय हंश बहादुर दाहाल खत्री र स्वर्गिय बाबु अम्बर बहादुर दाहाल खत्रीको स्मृतिमा निर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण एक बृहत कार्यक्रम सहित आईतबार समितिलाइ जिम्मा लगाइएको छ ।स्वर्गिय हंश बहादुर दाहल खत्री २०७२ साल बैशाख १७ गते स्वर्गिय बास भएका थिए भने बुबा अम्वर बहादुर दाहाल खत्री २०७७ साल कार्तिक १४ गते स्वर्गबास भएका थिए । सोही स्मृतिको अवसर पारी छोरा तथा नातिहरु...








