Wednesday, September 30News That Matters

Month: ५ वर्ष अगाडि

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १९ मोरङको उर्लाबारी नगरापालिका ४ आईतबारे चोक स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय नगेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । आज दिउसो साढे १ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ७८२८ नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाटआउदै गरेको प्रदेश१(०२(०४१प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक रहेका ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका २ का ३७ बर्षीय रुद्र थापा ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।...
साउनेकाे नेपानेमा विजुली बल्याे

साउनेकाे नेपानेमा विजुली बल्याे

Breaking News 1
पूर्णपुष्टि, कार्तिक १८ । दश वर्षदेखिकाे पहल बल्ल साकार भएपछि उदयपुरकाे त्रियुगा नगरपालिका १४ साउनेकाे नेपाने गाउँमा बिजुली बलेकाे छ । तिहारकाे अबसरमा आज लक्ष्मिपुजाका दिन गाउँमा विजुली बलेकाे छ । लक्ष्मिपुजा गाउँमा झिलिमिली भएकाे छ । गाउँमा विशेष समाराेहकाबीच नेकपा माओवादीका जिल्ला नेता किरण राईले बत्ती बालेर उद्घाटन गरे । उनले अहिलेकाे सरकारले निम्न वर्गका जनतालाई निशुल्क विजुली हाेस् भन्ने हेतुले २० युनिटसम्म निशुल्क बनाएकाे बताए । गाउँमा अधिकांशले २० युनिट भन्दा बढि बत्ति नबाल्ने भएकाेले गाउँका लागि निशुल्क हुने बताए । उनले ओलि सरकारले यस्ता जनप्रिय काम गर्न नसकेकाे बताए । माओवादिसहितकाे गठबन्धन सरकारले जनतालाई निशुल्क विधुतकाे उद्देश्यले २० युनिट मुनि निशुल्क निति लिएकाे उनले बताए । यस्ता लाेकप्रिय याेजना र जनताकाे सेवा, सहयाेगका लागि माओवादी सहि पार्टि रहेकाे उनले बताए । स्थानीय ...
असारीमा किरात चोक प्रतिक्षालयको उद्घाटन

असारीमा किरात चोक प्रतिक्षालयको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १८ असारीमा रहेको किरात चोक प्रतिक्षालयको बिहिबार उद्घाटन भएको छ । त्रियुगा नगरपालिका १३ को मुटुमै रहेको मदन भण्डारी हाईवे राजमार्ग स्थित किरात चोकको उद्घाटन भएको हो । चोकको उद्घाटन सोही वडाका वडा अध्यक्ष पशुपती चौधरीले गर्नुभयो । औपचारिक कार्यक्रम सहित अध्यक्ष चौधरीले रिबन काटेर चोकको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी अध्यक्ष चौधरीले आफ्नो कार्यकालको अबधिमा वडा भित्रका बिभिन्न टोलहरुमा विकासको कामलाई निरन्तर दिईरहेको बताउनुभयो । स्थानीय चुनाव नजिकिए सँगै आफ्नो कार्यकलको अवधि सकिन लाग्दा सम्म जनताहरुकै विकासमा आफ्नो ५ बर्ष पुरा भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि भनेको जनताकै विकासको लागि आएको हुँदा १३ नं वडामा जनताहरुको आवश्यकता र माग अनुसार नै विकासको कामलाई प्राथामिकता दिएर कार्यकाल पुरा गर्दै गरेको बताउनुभयो । उहाँले जनप्र...
१५ लाख बढी नगद सहित ११ जुहाडे पक्राउ

१५ लाख बढी नगद सहित ११ जुहाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १८ जुवाखाल बाट ११ जुहाडे १५ लाख नगद सहित पक्राउ परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार–०२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–१७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सी छन् । यसैगरी चितवन भरतपुर महानगरपालिका–१ घर भई पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे, पोखरा–८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बाग्लुङ नगरपालिका –८ घर भ...
केहिदिन देखी गाईघाटमा बढ्यो तिहारको चहल पहल, फोटोफिचर सहित

केहिदिन देखी गाईघाटमा बढ्यो तिहारको चहल पहल, फोटोफिचर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १८ नजिकिएको तिहार सँगै गाईघाट बजारमा चहल पहल बढेको छ । तिहारका लागि किनमेल तथा अन्य कामका लागि अहिले बजारमा मानिसको चहल पहल बढेको हो । चहल पहल सँगै तिहारको लागि सरसामानहरु पनि अत्यादिक बढेको देखिन्छ । तिहारमा लगाउने सायपत्रि फुल, मखमली फुल लगायत अन्य फुलहरुको बजारमा किन बेच बढेको छ । फुलहरु किनबेचको लागि प्रसस्त राखिएको छ । खाद्यन्न तथा लत्ता कपडा र जुत्ता चप्पल किन्नेहरु पनि बजारमा बढी मात्रामा देखिएको छ । २० गते पर्न गएको भाईटिका लागि छोरीचेलीहरु अहिले सामान किन्न बजारमा व्यस्त देखिन्छन् । उनिहरुले आफ्नो माईतीहरुका लागि बिभिन्न सरसामान, मिठो मिठो खानेकुरा, फलफुल रंगिन टिका लगाउने, कपडाहरु जस्ता कुराहरु किन्ने कार्य अहिले बजारमा देखिएको छ । तिहार माईती चेलीको लागी अत्यान्तै खुसि र महत्वपूर्ण चाँड हो । यो चाँडमा छोरीचेलीले फुल माला र सेल रोटी र मिठोमिठो खानेकुरा...
काठमाण्डौमा फेरी फेला पर्यो डेँगु

काठमाण्डौमा फेरी फेला पर्यो डेँगु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १८ काठमाण्डौँमा एक बर्ष पछि फेरी डेँगु फेला परेको छ । फोहोरमैला र अध्यादिक चापको कारण काठमाण्डौँ डेँगुको लागि जोखिमनै मानिन्छ । सन् २०१९ मा डेंगुले देशब्यापी महामारीको रूप लिंदा काठमाडौँ शहर पनि व्यापक प्रभावित भएको थियो । सो समयमा नेपालमा महामारी ल्याउनुको मुख्य कारकमा डेंगुको सेरोटाईप–२ भएको अनुसन्धानले देखाएको थियो । हाल केही दिन यता यो पंक्तिकारले काठमाण्डौँको घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढ्दो क्रममा रहेको देखिएको छ । पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ ।  ...
वाभाेछा समाजकाे देउसीभैलाे तथा शुभकामना कार्यक्रम सम्पन्न

वाभाेछा समाजकाे देउसीभैलाे तथा शुभकामना कार्यक्रम सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १८ । <span;>२०७८ सालकाे तिहार पर्व सुरु भईसकेकाे छ । आज गाईतिहार, लक्ष्मिपुजा ।यसै अबसरमा किरात राई चामलिङ वाभाेछा समाजले देउसीभैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्याे । कार्यक्रममा सहभागिहरुले गक्ष अनुसार  दानदक्षिणा गरेका थिए ।  सकंकलित रकम संस्थाकाे काेषमा जम्मा गरिने  समाजका अध्यक्ष दिलराज राईले जानकारि दिए । साे  अबसरमा जनगणना बारे सचेतना पनि गरिएकाे थियाे । भाषाशास्त्रि डा. कैलाश राईले राईहरुले जनगणनामा लेख्नु पर्ने कुराहरुकाे बारेमा जनाकारि दिए ।...
स्वास्थ्य जानकारी

स्वास्थ्य जानकारी

Breaking News 2, स्वास्थ्य
मधुमेह किन हुन्छ ? भनेर कसैले सोधे, कुनै पनि विज्ञसँग यसको एउटा मात्र जवाफ छैन किनभने निकै धेरै कारणहरु गर्दा मधुमेह हुन्छ। खासगरी अस्वस्थ्य खानपान र अस्तव्यस्त जीवनशैली हुनु मधुमेह रोग हुनुको मुल कारण हो। हामी जीवनयापनका क्रममा कति गल्ती गरिरहेका हुन्छौ, जसले मधुमेहको जोखिममा पार्छ। यहाँ हामी त्यस्तै दैनिक जीवनमा गरिने ७ गल्तिहरुका बारेमा चर्चा गर्दैछौँ जसले मधुमेह गराउँछ। यी सात गल्तिहरुका कारणले हुने मधुमेह रोक्न खानु पर्ने ७ खानाको बारेमा पनि हामी यसमै चर्चा गर्नेछौँ। ७ गल्तिहरु तपाईले आफ्नो दैनिक जीवनमा गरिरहनु भएको छ कि छैन भन्ने कुरा याद गर्नुहोस् र सकेसम्म यी सात गल्तिहरुलाई कम गर्ने तर्फ ध्यान दिनुहोस्। कुनै कारणवश या विशेष दिनमा यस्तो कार्य हुनु त्यति खराब नै नहोला तर आफ्नो दैनिक जीवन नै यस्तो छ भने चै बेलैमा सजग हुनै पर्छ। १. राती अबेरसम्म बस्नु: राती अबेरसम्म बस्ने, पर्याप्त...
अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

अब, सौर्य एयरलायन्सबाट विराटनगरदेखि भैरहवा सिधा उडान

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, कत्तिक १८ । पहिलो पटक सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि बिराटनगरको नियमित उडान भर्ने भएको छ । अन्तर प्रदेश उडानका लागि नेपाल सरकारले अगाडि सारेको नीतिलाइ पहिलो प्राथमिकता दिदै आगामी कात्तिक २२ गतेदेखि सेवा दिने भएको हो । सौर्य एयरलाइन्सले बक्बारडियर कम्पनीको सिआरजे २०० जेट जहाजमार्फत उडान प्रारम्भ गर्ने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । नेपाल नागरिक उड्यन प्राधिकरणको स्वीकृतिमा हाललाई दैनिक एकएक उडान सञ्चालन गर्ने र आवश्यकता र यात्रुको मागलाई दृष्टिगत गरि उडान थप गर्न सकिने अध्यक्ष पोखरेलको भनाइ छ । एयरलाइन्सले यो रुटका लागि एकतर्फि हवाइ भाडा छ हजार रुपैयाँ निर्धारण गरेको छ । सौर्य एयरलाइन्सले बिराटनगरदेखि भैरहवासम्मको सिधा उडान गरेपछि घण्टौँको यात्रा मिनेटमा गर्न सकिनेछ । भैरहवादेखि विराटनगर र विराटनगरदेख...
अबकास प्राप्त कर्मचारीकाे उपदान र ओैषधिउपचारप्रति उद्याेग संवेदनशिल

अबकास प्राप्त कर्मचारीकाे उपदान र ओैषधिउपचारप्रति उद्याेग संवेदनशिल

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १७ । उदयपुर सिमेन्ट उद्योगको मर्मत सम्भार र क्षमता बिस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उपदान तथा औषधि उपचारको रकम पाउने जनाईएकाेछ । कर्मचारिकाे उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यस अघिका महाप्रबन्धकहरुबाट नियमित जम्मा नगरिदिएको कारण पछिल्लो समयमा अवकाश प्राप्त कर्मचारीहरुले भुक्तानी पाउन कठिनाइ भएको छ । एकातिर नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतिर पुरानो दायित्व भुक्तानी समेत एकैसाथ गर्नाका लागि कठिन बन्दै गएको उद्याेगले जनाएकाे छ । महाप्रवन्धक गाेपिकृष्ण न्यौपानेका अनुसार उद्योगमा २०७७ माघ १ मा हाजिर भएपछि सो भन्दा पहिले अवकाश प्राप्त २१ जना कर्मचारीको उपदान बापत रु. ५ करोड ५४ लाख ९३ हजार ५ सय २० र औषधि उपचारको रकम रु. १ करोड ५० लाख ३५ हजार गरी कुल रकम रु. ७ करोड ५ लाख २९ हजार भुक्तान...