Wednesday, September 30News That Matters

Month: ५ वर्ष अगाडि

लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

Breaking News 2, Purnapusti TV, खेलकुद, समाचार
https://youtu.be/XYYl40a70Go पूर्णपुष्टि, कार्तिक २४ । लामो समय जिल्ला खेलकुद विकास समिति, उदयपुर नेतृत्वविहिन बन्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परेका छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सागर नेपालले पूर्णपुष्टि प्रश्नको जवाफ दिदै जिल्लाको खेल क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण लामो समय जिल्ला खेलकुद विकास समिति नेतृत्वविहिन बनेको बताएका हुन् । खेलक्षेत्र ओझेलमा रहेपनि खेल गतिविधि भने सञ्चालन भइरहेको उनको भनाई छ । समितिको भुमिका नपुगे पनि स्थानीय युवाहरु, क्लव, संस्थाहरुको पहलबाट पनि खेल गतिविधि सञ्चालन भइरहेको हो । फुटबल, भलिवल, क्रिकेट, ब्याड्मिन्टन जस्ता खेलहरु सञ्चालनको अवस्थामा रहेको अध्यक्ष नेपालले बताए । कराते, उसु, बक्सिङ जस्ता खेल प्रशिक्षण पनि चलिरहेको उनले बताए । खेल गतिविधि बन्द नै भने नरहेको उनले बताए । समिति करिब दुईवर्षदेखि नेतृत्वविहिन बनेको हो । कार्यालय प्रमुखसम...
खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

खोटाङको खोटेहाङ गाउँपालिकामा दोस्रो सावाकटहररे वडा स्तरीय भलिबल प्रतियोगिता हुने, ५५ हजार प्रथम पुरस्कार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २४ खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरेमा भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखी १८ गते सम्म वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता हुन लागेको कार्यक्रम संयोजक आशिष राईले बताए ।   राईले पहिलो बर्ष पनि भव्य रुपमा भलिवल प्रतियोगिता गराईसकेको र त्यसैलाई निरन्तरता दिने उदेश्यले यो बर्ष पनि प्रतियोगिता गराईने जनाए । आयोजक कमिटिका अध्यक्ष युवाराज थापा मगरका अनुसार खेलका लागि मंसिर १४ गते सम्म टिम दर्ताको अन्तिम समय रहेको जनाएको छ । त्यसपछिको समयमा टिम दर्ता भए त्यस्लाई मान्यता नदिने मगरले बताए । खेलमा सहभागी जनाउने टिमले सम्बन्धित वडाको स्थायी ठेगाना खुल्ने सक्कल परिचय पत्र, न...
श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, कार्तिक २३ सुनसरीको धरान उप–महानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो । घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
मोरङ कारागारमा चौकीदारको यातना सहन नसकेको भन्दै कैदीहरु बीचमै झडप, ६ जना घाईते

मोरङ कारागारमा चौकीदारको यातना सहन नसकेको भन्दै कैदीहरु बीचमै झडप, ६ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ मोरङको विराटनगर कारागारमा चौकीदारको यातन सहन नसकेको भन्दै कैदीबन्दी बिच झडप भएको छ । सो झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी बीच आज बिहान झडप भएको हो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन् । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति पैदा भएको हो । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए । पदम कुमार लिम्बु, निर्मल ढकाल, राम ...
गुडिरहेको गाडीमा एक पुरुषको शव फेला

गुडिरहेको गाडीमा एक पुरुषको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २३ गुडिरहेको गाडीमा एक जना पुरुषको शव फेला परेको छ । दाङको तुलसीपुर उपमाहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै उनको शव फेला परेको हो । राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी अनुसार सल्यानको बागचौर नगरपालिका– २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन् । सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेर कसैले घटनाबारे जानकारी नै नपाएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी पोष्टमार्टमका लागि जिल्ला अस्प...
गोलबजारको फर्निचर शोरुमा आग्लागी लाखौँको क्षति

गोलबजारको फर्निचर शोरुमा आग्लागी लाखौँको क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि,कार्तिक २३ सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत सर्ट भएर सोमबार आग्लागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा आग्लागी हुँदा १२ लाख बराबरको सामान जलेर नष्ट भएको छ । फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जलेर नष्ट भएको हो । दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताउनुभयो । जसमध्ये सबै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिनुभयो । आगो गोलबजार नगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिब...
७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २३ एक सात वर्षीया बालिकाको निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका–१ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५ सय मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको थियो । मनिषा आइतबार बिहान १० बजे सामान किन भनी घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर प्राप्त हुना साथ इप्रकाका प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे । मनिषाको शरीरको माथिल्लो भागमा कपडा भएपनि तल्लो भागमा कपडा नभएको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उप...
सामूहिक बलात्कार गरी फरार रहेका तीन युवक २० दिनपछि पक्राउ

सामूहिक बलात्कार गरी फरार रहेका तीन युवक २० दिनपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २३ सामूहिक बलात्कार गरेर फरार रहेको तीन जना युवकलाई २० दिनपछि प्रहरीले नियन्त्रमा लिन सफल भएको छ । म्याग्दीको बेनी–५ पुलाचौरमा कार्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका सोही स्थानका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनीक गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरेको हो । मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश वर्षसम्म कैद सजाँय हुने कानुनी व्यवस्था छ। साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ।...
उदयपुर कांग्रेसमा प्रष्ट दुईधार, प्रदेश सभा अधिवेशनमा सरोज बस्नेत र देवी चौधरीको सभापतिमा उम्मेदवारी

उदयपुर कांग्रेसमा प्रष्ट दुईधार, प्रदेश सभा अधिवेशनमा सरोज बस्नेत र देवी चौधरीको सभापतिमा उम्मेदवारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २३ । नेपाली कांग्रेस उदयपुरमा प्रष्ट दुईधार देखिएको छ । कांग्रेसको देउवा र पौडेल समुहमा दुईधार देखिएको हो । नगरस्तरबाटै नेतृत्व चयनमा देखिएको प्रष्ट दुईधार अहिले प्रदेश सभा अधिवेशनमा पनि देखिएको छ । यो जिल्लाको नेतृत्वमा पनि प्रष्ट देखिनेछ । कांग्रेसको केन्द्रमै यो किसिमको धार रहेकाले जिल्लार गाउँतहसम्म देखिएको हो । प्रदेश सभा अधिवेशनका लागि सभापतिमा सरोज बस्नेत र देवीकुमारी चौधरीको उम्मेदवारी सार्वजनिक भएको छ । कांग्रेसको पूर्व नगर सभापति बस्नेत नेतृत्वको प्यानल हिजो घोषणा भएको छ । उनको नेतृत्वको प्यानलमा उपसभापतिका उम्मेदवारद्वय चन्द्रबहादुर तामाङ र उद्धवबहादुर राउत छन् । सचिव उम्मेदवारद्वयमा फिरन खड्का र कुवेर ग्रांजा मगर रहेका छन् भने सहसचिव उम्मेदवारद्वयमा लक्ष्मणप्रसाद भट्टराई र अर्पना दनुवार रहेका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारहरुमा उद्धवकुमार ...