उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को काम आजबाट धमाधम सुरु (फोटोफिचरसहित)
पुजा राजधामी
पूर्णपुष्टि, कार्तिक २५
देशैभर आजबाट १२ औं तथा वृहत राष्ट्रिय जनगणना २०७८ को काम सुरु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ मा जिल्ला समन्वय समितिको प्रमुख खडग बहादुर परियार दर्नालको घरबाट विवरण टिपोट गरि जनगणना कार्य सुरु गरिएको हो ।
जिसस प्रमुख परियाको पारिवारिक विवरण संकलन गरि जिल्लामा गणना सुरु गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख शिव नारायण महतोले जनकारी दिनुभयो । गणनाको लागि उदयपुरमा १ सय ७ सुपरिवेक्षक र ४ सय ५४ जना गणक खटिएको महतोले बताउनुभयो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण टिपाउन महतोले आग्रह गर्नुभयो ।
पहिलो चरणको गणना पश्चात बिचमा दशैं तिहारको समयमा घर रङगाउदा लिप्दा घर–घरमा कोडिङ गरिएको नम्बर मेटिएकोले गणना कार्यमा चुनौती भएको फिल्डम खटिएका ग...








