Wednesday, September 30News That Matters

Month: ५ वर्ष अगाडि

प्रधानन्यायाधीसविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

प्रधानन्यायाधीसविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २८ । नेपाल वार एशोसिएशन, उदयपुरले पनि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा जिल्ला अदालत उदयपुरका वार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका छन् । वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित धर्ना बसेका हुन् । बार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । प्रधानन्यायाधीस जबराको राजीनामाका लागि दवाव सिर्जनाका लागि अदालतको दुई घण्टा इजालस रोकिनेगरी धर्ना कार्यक्रम गरिएको हो । उनीहरुले प्रधानन्यायाधीसलाई न्यायालयको मर्यादा राख्न नसकेको विवादितको संज्ञा दिदै ब्यानर राखेका छन् ।    ...
एमाले उदयपुर, क्षेत्र नं. १ मा ८ जना महाधिवेशन प्रतिनिधि निर्बाचित

एमाले उदयपुर, क्षेत्र नं. १ मा ८ जना महाधिवेशन प्रतिनिधि निर्बाचित

राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक २८ । बेलाबेला पालिकामा विवादित भइरहने बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती) नेकपा एमाले, उदयपुरको क्षेत्र नं. १ बाट सबैभन्दा बढि मत प्राप्त गरी पार्टीको १० औं महाधिवेशनको लागि प्रतिनिधिमा निर्वाचित भएका छन् । आठ जना निर्वाचित मध्ये उनको सबैभन्दा बढि मत १ हजार ८६ आएको हो । दोस्रो मत प्रमेश घिमिरेको रहेको छ । उनले ९२२ मत प्राप्त गरेका छन् । पार्टीका उदयपुर अध्यक्ष इश्वरमणी राउतको तेस्रो मत ७८६ आएको छ । प्रदेश सांसद विमल कार्कीको ७८५, कुशलबाबु बस्नेतको ६५१ र कालु लामाको ६२४ मत आएको छ । लामाले निर्वाचित मध्ये कान्छो मत प्राप्त गरेका हन् । समावेशीतर्फ श्रृजना दुनवारको ८०० र महेश्वरी राईको ७२१ मत प्राप्त भएको छ । प्रतिनिधिका लागि खुल्लातर्फ २४ र समावेशी (महिला) तर्फ १० जनाले चुनावमा भाग लिएका थिए । सहमतिय प्रयास विफल भएपछि निर्वाचनबाट नै प्रतिनिधि चयन गर्न...
करेन्ट लागी मृत्यु भएको रानाको परिवारलाई १६ लाख क्षतीपुर्ति

करेन्ट लागी मृत्यु भएको रानाको परिवारलाई १६ लाख क्षतीपुर्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २७ करेन्ट लागेर मृत्यु भएको परिवारलाई समितिले १६ लाख क्षती पुर्ति दिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको बिहिबार करेन्ट लागी मुत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग समेत गरेका थिए । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । क्षतिपूर्ति दिने सहमति भ...
ठुलो नगद सहित ८ जना जुहाडे पक्राउ

ठुलो नगद सहित ८ जना जुहाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २७ काठमाण्डौँ बाट ५ लाख नगद सहित ८ जना जुहाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनिहरुलाई काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० नगद रुपैयाँसमेत बरामद गरिएको परिसरले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।  ...
रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

रामजी र सम्झनाको ‘चाँदनी’ सार्वजानिक, प्रकाश सपुत र केकी अधिकारीको अभिनय

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, कार्तिक २७ लोकदोहोरी गायक रामजी खाँण र सम्झना भण्डारीले हालै बजारमा ‘चाँदनी’ बोलको गित सार्वजानिक गरेको छ । सो गितमा गायक तथा मोडल प्रकाश सपुत र नायिका तथा मोडल केकी अधिकारीले प्रस्तुती दिएकी छिन् । भिडियोका मोडल प्रकाश र केकीले गीत राम्रो बनेको बताउँदै सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यी दुईले यसअघि पनि केही म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन् । त्यस्तै यी दुईको सहकार्य रहेको चलचित्र ‘परदेशी २’ प्रदर्शनको लागि तयार छ । गायक–गायिका रामजी र सम्झनाले गीत राम्रो बनेको बताउँदै माया गरिदिन स्रोता एवं दर्शकमाझ आग्रह गरे । निर्देशक विक्रम स्वारले अन्य गीतहरूको निर्देशन गरिरहे पनि लोकदोहोरी भिडियो पहिलोपटक निर्देशन गरेको बताउँदै सकेको मेहनत गरेको बताए । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थुप्रै लोकदोहोरी गीत ल्याइसकेको पृथ्वी इ...
नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

नेशनल बक्सिङ च्याम्पियनसिप खेल्ने उदयपुरका ४ खेलाडीलाई विदाई तथा शुभकामना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २७ प्रकाश दाहाल स्मृति दोस्रो नेशनल बक्सिङ च्याम्पियनसिप खेल्न उदयपुरबाट कोच, टिम म्यानेजर सहित ६ जना खेलाडीहरु शनिवार काठमाण्डौँ प्रस्थान गरेको छ । खेलमा उदयपुरबाट कोच धन बहादुर मगर सहित टिम मेनेजर सुजन राई र खेलाडीहरु लक्ष्मण राई, अजित मगर, नारायण भुजेल र बोध राज खत्री खेलमा सहभागी जनाउन काठमाण्डौँ लागेका हुन् । उनिहरुलाई खेलको अग्रिम शुभकामना सहित उदयपुर बाट भव्य विधाई तथा शुभकामना प्रदान गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरको प्राङगनमा खेलाडीहरुलाई स–सम्मानका साथ विदाई तथा शुभकामना व्यक्त गरिएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाश रामको उपस्थिति तथा युवा नेता राहुल यादवको अथित्यतामा खेलाडीहरुलाई विदाई सँगै आर्थिक सहयोग पनि गरेको छ ।खेलडीहरुको उच्च सम्मान आँट, साहस र जितको सफलताका लागि शसस्त्र प्रहरी वलका सई राम श्रेष्ठले रु ४ हज...
डिएसपी सरुवामा प्रहरी माहानिरिक्षक थापाको मनपरी, शक्तिकेन्द्रमा पहुँच भएकाहरु ३ पटक सम्म जिल्ला ईन्चार्ज

डिएसपी सरुवामा प्रहरी माहानिरिक्षक थापाको मनपरी, शक्तिकेन्द्रमा पहुँच भएकाहरु ३ पटक सम्म जिल्ला ईन्चार्ज

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक २६ हालै नेपाल प्रहरीको ९७ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । डिएसपीको सरुवामा नेपाल प्रहरीका माहानिरक्षिक शैलेश थापा क्षेत्री (एआईजी) ले आचार संहिता कुल्चेर डिएसपीहरुको सरुवा गरिररहेको आरोप लागेको छ । डिएसपी सरुवामा आफैले बनाएको आचारसंहिता र आफैले पालान गर्नु पर्ने नियमको धज्वी उडाएको भन्दै चर्को आलोचना भईरहेको छ । माहानिरक्षक थापालाई प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको दवामा लापर्वाही सरुवा गर्दै आचार संहिताको ध्वजी उडाएको आरोप छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दबाबमा डीएसपी अनिल घिमिरेको दम्पतीलाई नै इन्चार्ज बनाइएको छ । डीएसपी घिमिरेलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र उनकी पत्नी शर्मिला गुरुङलाई पूर्वी नवलपरासीस्थित ईलाका प्रहरी कार्यालय नवलपुरको इन्चार्ज बनाइएको छ । भानुले घिमिरेलाई कालिमाटी पठाउन प्रहरी महानिरीक्षकला...
लिम्चुङबुङको एभरेष्ट भ्युटप बाट सगरमाथा सहित यी ६ ओटा अग्ला हिमालहरु देख्न सकिन्छ

लिम्चुङबुङको एभरेष्ट भ्युटप बाट सगरमाथा सहित यी ६ ओटा अग्ला हिमालहरु देख्न सकिन्छ

Breaking News 1, पर्यटन, लिम्चुङबुङ डायरी, समाचार
–बिक्र राई पूर्णपुष्टि, कार्तिक २६ नेपाल आर्गानिक प्रकृतिक सुन्दरतालेनै संसारमा चिनिएको छ । यहाँको बिभिन्न  प्राकृतिक स्रोतहरुले आर्गनिक सुन्दरतामा टेवा पुर्याएको छ । यहाँको भुगोल, हिमशृङखला, नदीनाला, पाहाड पर्वत, वन जंगल, मठ मन्दिर लगायतनै यहाँको मुख्य प्राकृतिक सुन्दरताको स्रोत हो । नेपालमा प्राकृतिक सुन्दरताको एउटा मुख्य स्रोत हिमशृङखला पनि हो । विश्वमै ८ हजार माथिका १० ओटा हिमालहरु मध्ये नेपालमा मात्रै आठ ओटा छ । जसमध्ये दुई ओटा भने पाकिस्थानमा छ । नेपालमा ८ हजार माथीका हिमालहरु सगरमाथा ८८४८.८६, कञ्चनजङ्घा ८५८६, लोत्से ८५१६, मकालु ८४६२, चोयु ८२०१, धवलागिरी ८१६७, मनास्लु ८०१६ र अन्नपूर्ण ८०९१ रहेको छ । बाँकी दुईओटा नाङगा पर्वत र केटु हिमाल भने पाकिस्तानमा रहेको छ । केटु हिमाल विश्वको सन्दर्भमा दोस्रो अग्लो हिमालको रुपमा परिचित छ । यसको उचाई सगरमाथा भन्दा कम ८६११ मा सिमित रहेको छ...
मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २६ मेडिकल व्यवसायी हुँ भन्दै रकम ठगाी गरको अभियोगमा महानगरीय अपराध महाशाखाले एक जना भारतीय नागरिक पक्राउ परेको छ । अस्पतालमा पार्टनसीप दिलाइदिने भन्दै रकम ठगी गर्ने भारत कोडामबाक्कम, तमिलनाडु घर भइ हाल काठमाडौं महानगरपालिका–४ वालुवाटारमा बस्दै आएका ४४ वर्षीय शिवम विरुमुथु पक्राउ परेको हो । आफू मेडिकल व्यवसाय गर्ने गरेको र नेपालस्थित मणिपाल अस्पताल खरीद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी गरी अस्पतालमा पार्टनरशीपको प्रलोभन दिइ ठगी गरी रकम भुक्तानी लिने गरेको सूचनाको आधारमा उनलाई बालुवाटारबाट अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।...
मोरङ कारागार भित्र एक कैदीको ‘शङ्कास्पद’ मृत्यु

मोरङ कारागार भित्र एक कैदीको ‘शङ्कास्पद’ मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २६ बुधबार राति मोरङ कारागार भित्र एक जना कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । निमित्त जेलर राम पोखरेलका अनुसार थापालाई पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोसी अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो । मृतक थापाको शव कोसी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शब पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको पोखरेलले बताउनुभयो । मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेक...