नेपालमा जनगणना सुरु भएको आज पाचौँ दिन, अझै सुरु भएन कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणना
पूर्णपुष्टि,कार्तिक २९
गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गरिने भनिएता पनि गणना अझै सुरु हुन सकेको छैन । नेपालमा राष्ट्रिय जनगणना २०७८ सुरु भएको आज पाचौं दिन तर नयाँ नक्सामा समावेश गरिएका भू–भागमा अझै जनगण कसरि गर्ने अन्योलमै छ ।
नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका–१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ । ‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन ।
कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् । नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प...









