खुसिको खबर : अब उदयपुरको गाईघाटबाटै सवारी लाईसेन्स र ट्रायलको व्यवस्था
पूर्णपुष्टि, कार्तिक ३०
अब उदयपुरको सदरमुकाम गाईघाटबाटै सवारी लाईसेन्स पाउने भएपछि उदयपुरे जनताहरुमा खुसी छाएको छ । उदयपुरको गाईघाटबाट पहिलो पटक सवारी लाईसेन्सको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय उदयपुरले जनाएको छ । लाईसेन्सको सुविधा नहुँदा उदयपुरबाट बिभिन्न ठाउँ इटहरी, लाहान, काठमाण्डौँ लगायत अनेत्रै बाट सवारी लाईसेन्स प्राप्त गर्नु पर्थ्यो ।
आफ्नो जिल्लामै सवारी लाईसेन्स नपाउँदाको पिडा र दुख अन्य ठाउँमा धेरै उदयपुरले जनताहरुले खपेका थिए । बिषेशगरी उदयपुरका चालकहरुले लाहान बाट निकै ठुलो कष्ट खेपेर सवारी लाईसेन्स बनाउने गरेको सवारी धनीहरु बताउँछन् । धेरै जिल्लाका मान्छेहरुले एकै ठाउँमा लाईसेन्स बनाउँनु पर्दा सहजै लाईसेन्सका लागि सुबिधा समेत नभएको उनिहरु बताउँछन् ।
अहिले उदयपुरबाटै सवारी लाईसेन्स वितरण गरिने भएपछि बिषेश गरी खोटाङलाई समेत धेरै सहज भएको यातायात व्यवस्था कार्याल...









