Thursday, October 1News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा लाईसेन्सको ट्रायल केहिदिनमै सुरु हुँदै,  ट्रायलको लागि यस्तो बन्यो ठाउँ

उदयपुरमा लाईसेन्सको ट्रायल केहिदिनमै सुरु हुँदै, ट्रायलको लागि यस्तो बन्यो ठाउँ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० उदयपुरमा लाईसेन्सको लागि ट्रायल दिने ठाउँ तयारी अन्तिम चरणमा पुगेको छ । गाईघाट स्थित गैरुनमा ट्रायलको लागि ठाउँ बनाइएको छ । अबको ३÷४ दिनपछिनै सुरु गरिने लाईसेन्स ट्रायलको काम अन्तिम चरणमा पुगेको हो । काम करिब ९५ प्रतिशत भन्दा बढी भईसकेको छ । उदयपुरमा लाईसेन्सको लागि धमाधम अनलाईन फर्म पनि खुलिरहेको छ । हाल सम्म करिब २ सय जनाले लाईसेन्सको लागि फर्म भरिसकेको यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको प्रमुख सुवास कार्कीका अनुसार अब ट्रायल केहि दिन अर्थात ३÷४ दिन पछि सुरु गरिने जनाए । ट्रायल दिने ठाउँ आसपास सबै व्यवस्था भएपछि ट्रायलमा अवश्यक केहि कामहरु ट्राफिक लाईट, जेव्रा क्रसिङहरु लगाउने बित्तिकै ट्रायल सुरु हुने कार्कीले जनाए । हाल उदयपुरमा बी क्याटोगोरिका ४ पाँग्रे र २ पाँग्रे सवारीहरुको ट्रायल दिन सकिने पनि कार्कीले बताए । उदयपुरमा ट्राय...
नाईटबसले ठक्कर दिदाँ एक जना बालकको ज्यान गयो

नाईटबसले ठक्कर दिदाँ एक जना बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, कार्तिक ३० मोरङमा नाईटबसले ठक्कर दिदाँ एक जना ७ वर्षीय बालकको अकालमै ज्यान गएको छ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट सो बालकले अकालमै ज्यान गुमाएको हो । आज बिहान साढे ७ बजे प्रदेश–३–००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले बालक आमासंग बाटो काट्ने गर्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्यको ज्यान गएको छ । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागी पथरी अस्पतालमा पुर्याउन साथ उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । दुर्घटना गराई फरार रहेको बसलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्...
जनगणनामा मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिको ध्यानाकर्षण

जनगणनामा मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिको ध्यानाकर्षण

समाचार
पूर्णपुष्टि, कार्तिक ३० राष्ट्रिय जनगणना २०७८ सुरु भएको आज छैठौ दिनमा आईपुग्दा गणना गर्ने क्रममा गणकहरुले मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजाति संगठनहरुले ध्यानार्कषण गराएका छन् । आज बिहान साढे १० बजे तथ्याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् । जात÷जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन् । विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे छैठौ दिनमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले गणना...
सुसाइड नोट लेखेर युवकले गरे आत्महत्या : नोटमा लेखिएको थियो “मेरो मृत्युको कारण ससुराली”

सुसाइड नोट लेखेर युवकले गरे आत्महत्या : नोटमा लेखिएको थियो “मेरो मृत्युको कारण ससुराली”

समाचार
पूर्णपुष्टि, कार्तिक ३० धनुषामा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको मिथिला नगरपालिका–२ बस्ते २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति आत्महत्या गरेका हुन् । उनले सोही नगरपालिका–५ श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका थिए । झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’ घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताउनुभयो ।...
ट्याक्टर पल्टदा २ जनाको ज्यान गयो

ट्याक्टर पल्टदा २ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, कार्तिक ३० मोरङमा ट्याक्टर पल्टदा दुई जनाको ज्यान गएको छ । जिल्लाको बेलबारी नगरपालिका–५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार दुई जना सहचालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा रंगेली नगरपालिका–१ का २२ वर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् । हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे ज्यान गएको थियो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।...
दाइको हत्या अभियोगमा भाइ पक्राउ

दाइको हत्या अभियोगमा भाइ पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ परेको छ । इलामको सुन्दकपुरमा भाईले आफ्नै दाइको हत्या गरेका छन् । गाउँपालिका–१ चाँपगैरीका ३० वर्षे चक्र मुखियाले सोमबार साँझ करिब पौने ७ बजे ३५ वर्षीय दाजू इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हिजो काका मान बहादुर मुखियाको घरमा बसी मादक पदार्थ सेवन गरी सामान्य बिबाद हुंदा उनले दाइलाई चक्कु प्रहार गर्दा घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी चौकी बिप्लाटेबाट प्रहरी टोली खटि गई चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिरहेको छ ।...
दुई वडा सदस्य घुस रकमसहित पक्राउ

दुई वडा सदस्य घुस रकमसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० दुई वडा सदस्य काम सम्पन्न भएको सिफारिस गरिदिएबापत घुस लिएको अभियोगमा सर्लाहीबाट पक्राउ परेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यहरू सोनलाल साह र उमेश रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले सोमवार पक्राउ गरेको हो । दुवै वडा सदस्यलाई एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...
उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

उदयपुर क्षेत्र नं २ (ख) बाट कांग्रेसको प्रदेश माहाधिवेशन प्रतिनिधिमा जनजाति तर्फ राजिव तामाङको उम्मेदवारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ३० कांग्रेस १४ औँ माहाधिवेशनमा प्रदेश माहाधिवेशन प्रतिनिधि पदका लागि उदयपुर क्षेत्र नं २ (ख) बाट राजिव तामाङ (ठुले भाई) ले जनजाति तर्फको उम्मेदवारी घोषणा गरेको छ । उनले महाधिवेशन लाई सफल पार्न र कांग्रेस पार्टीलाई मजवुद बनाउन साथै पार्टी र जनताका निम्ति राम्रो व्यक्ति छान्न आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएको छ । उनले त्यसका लागि जनजाति तर्फको उम्मेदवारीमा आफुलाई महत्वपूर्ण भोट आउनेमा पनि आशा व्यक्त गरे । उम्मेदवारी घोषणा सँगै तामाङले सम्पूर्णलाई अमुल्य भोटको आग्रह समेत गरे । उनले प्रदेशमा राम बहादुर पोखरेल र क्षेत्रमा राम कुमार खत्रीको टिमबाट उम्मेदवारी दिएको जनाएको छ । नजिकिँदै गरेको माहाधिवेशनलाई सफल पार्न पार्टीका लागि आफ्नो सम्पूर्ण त्याग तपस्या सहित आफु चुनावी मैदानमा उत्रेको भन्दै सबै सँग आशिर्वाद, सहयोग, सद्भाव र अमुल्य मतको समेत आग्रह गरे । प्रदेश नं १ ...
मुगुको गमगढी बजारमा भिषण आगलागी, १७ ओटा घर खरानी, एउटा घर भत्काएर आगो नियन्त्रण

मुगुको गमगढी बजारमा भिषण आगलागी, १७ ओटा घर खरानी, एउटा घर भत्काएर आगो नियन्त्रण

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३० गएराती मुगुको गमगढी बजारमा भिषण आगलागी भएको छ । आगलागिमा परी बजारमा रहेको करिब १७ ओटा घर खरानी भएको छ । बजारमा आगलागी भएपछि अन्य ठाउँ फैलिन र थप क्षती हुन बाट बचाउन एउटा घरै भत्काएर आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले बताए । राति १२ः३० बजे देखि सुरु भएको आगलागी घरै भत्काएर नियन्त्रणमा लिनु परेको एसपी श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्ती जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ । एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिना सफल भएको एसपी श्रेष्ठको भनाई छ ।उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।...
News : पेट्रोलियम पदार्थ मुल्यबृद्धिको विरोधमा नेपालबन्द, उदयपुरमा प्रभाव

News : पेट्रोलियम पदार्थ मुल्यबृद्धिको विरोधमा नेपालबन्द, उदयपुरमा प्रभाव

Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक ३० नेपाल कम्यूनिष्ट पार्टी  (विप्लप समुह) ले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा आज गरेको नेपाल बन्दको प्रभाव उदयपुरमा देखिएको छ । बन्दले जिल्लाको यातायात सेवा प्रभावित बनेको छ । लामो दुरीका यातायात साधनहरु ठप्प छन् भने स्थानीय क्षेत्रमा फाटफुटरुपमावाहेक चलेका छ्रैनन् । सदरमुकाम गाईघाट क्षेत्रको बजार, पसलहरु बन्द छन् । कटारी, बेल्टार वजारका बजार, पसल पनि बन्द छन् । विहानदेखि नै सो पार्टीका कार्यकर्ताहरु बजारमा घुम्दै बन्द गराएका छन् । बन्दको पूर्वसन्ध्यामा हिजो कटारीमा मसाल जुलुस प्रदर्शन गरेका थिए । स्थानीय प्रशासनले बजार क्षेत्रमा सुरक्षा तैनाथ गरेको छ । बन्दमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बजार क्षेत्रमा तैनाथ रहेका छन् । सरकारले सर्बसाधारण जनताको ढाड सेक्ने गरी मुल्यबृद्धि गरेकाले विरोध गरिएको सो पार्टीका जिल्ला नेता लक्ष्मण पौडेलले बता...