राससकर्मी दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयको ‘स्वर्ण पदक’
काठमाण्डौँ, बैशाख ४
पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ (स्वर्ण पदक) प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०० मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन एन्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा प्रथम भएबापत सो पदक प्रदान गरेको हो ।
विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)मा पत्रकारिता गर्दै आउनुभएका उहाँलाई विश्वविद्यायद्वारा यहाँ आज आयोजित ‘दसौँ दीक्षान्त समारोह’मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौँका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रूइतले पदक प्रदान गर्नुभयो । रैनादेवी छहरा–५, मुझुङ्ग, पाल्पामा जन्मिनुभएका दर्नालले सामाजिक विषयमा लेख्दै आउनुभएको छ ।
पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएबापत ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्का...









