Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

Breaking News 3, पर्यटन, समाचार
काठमाडौं, वैशाख ४ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ । नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र यही वैशाख २६ गते प्राणप्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । घाँटीभन्दामाथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रिव भनिन्छ । ह्यग्रिव अवतार लिनुभएका भगवान् विष्णुले हरण भएको वेदको रक्षा गरेर पुनः ब्रह्मालाई दिनुभएको विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेकाले भगवान् विष्णुले ह्यग्रिव रुप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको कुरा विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रिव मन्दिरका संस्थापक रुरु पीठाधीश...
पुरस्कारका लागि अक्षय कोष स्थापना

पुरस्कारका लागि अक्षय कोष स्थापना

Breaking News 3, समाचार
काठमाडौं, वैशाख ४ गते । नेपाल प्रेस युनियन सुनसरी शाखाले रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ ।शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो । अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गर्नुभएको हो । रासस...
पानीमा डुबी बालिकाको मृत्यु

पानीमा डुबी बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । पानीमा डुबेर झापाको अर्जुनधारामा एक जना बालिकाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–४ दही झोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको ज्यान गएको हो । शनिवार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३ सय मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।...
११ जना बोकेको जीप दुर्घटना : ४ जना अचेत अवस्थामा

११ जना बोकेको जीप दुर्घटना : ४ जना अचेत अवस्थामा

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । ११ जना बोकेको जीप दुर्घटना भएको छ । स्याङजाको वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै जीप दुर्घटना भएको हो । दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
अझै कमी भएन लागुपदार्थ प्रयोगकर्ता, लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चार चालक पक्राउ

अझै कमी भएन लागुपदार्थ प्रयोगकर्ता, लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चार चालक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो । जाँचका क्रममा शङ्कास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको पाइएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–४ का ४२ वर्षीय महेश्वर श्रेष्ठ, रोतहटको गौर गाउँपालिका–१२ का ३६ वर्षीय गौरव सापकोटा, सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २४ वर्षीय राजकुमार बस्नेत र काठमाडौँको शङ्खरापुर नपा–२ का २७ वर्षीय विक्रम विष्ट रहेका छन् । उनीहरुलाई काभ्रे जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइयो । गत सा...
इन्धनका लागि ‘गुइँठा’‘ जोहो

इन्धनका लागि ‘गुइँठा’‘ जोहो

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो । “के गर्नु पकाएर खानु परिहाल्छ”, धमाधम ...
जीप दुर्घटनामा एकको मृत्यु, १०१ वर्षीया बृद्धा सहित तीन घाइते

जीप दुर्घटनामा एकको मृत्यु, १०१ वर्षीया बृद्धा सहित तीन घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको थियो । घटना के कारण घटको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकार...
सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ४ ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ । सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापित ती पुरस्कारको राशिको क्रमशः रु १५ हजार १ र रु २५ हजार १ सहित सम्मानपत्र रहेको छ । शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा समाज नेपालले निर्माण गरेको ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ शुभारम्भका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले ती पुरस्कार पत्रकारद्वयलाई प्रदान गर्नुभयो । समारोहमा उहाँले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मल्ल के सुन्दर र कृष्णा ताम्राकारलाई दोसल्ला ओढाई सम्मान गर्...
माओवादी केन्द्रका कान्छो पार्टी वडाअध्यक्ष खड्कालाई त्रिनपा ६ मा उम्मेदवारी बनाउने निर्णय

माओवादी केन्द्रका कान्छो पार्टी वडाअध्यक्ष खड्कालाई त्रिनपा ६ मा उम्मेदवारी बनाउने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ४ त्रियुगा नगरपालिका ६ मा वडाअध्यक्षका लागि माओवादी बाट युवा नेतृत्व प्रवेश खड्कालाई उम्मेदवार बनाउने वडा कमिटीले निर्णय गरेको छ । प्रदेश सल्लाहकार गंगाध्वज कार्कीको उपस्थितिमा शनिवार बसेको वडा कमिटीको बैठकले सर्वसहमत रुपमा खड्कालाई माओवादी केन्द्र बाट त्रिनपा ६ वडाअध्यक्षको लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष खड्का सहित खुल्ला वडा सदस्य तर्फ भरत कार्की, पुष्प अधिकारी, महिला वडा सदस्य चन्द्रमाया कार्की, दलित महिला वडा सदस्यमा मनुका विक लाई सर्वसहमत उम्मेदवार बनाउने बैठकमा उल्लेख गरिएको छ । वडा अध्यक्षका लागि उम्मेदवारी बनाउने निर्णय भएका खड्का नेपालभरीकै माओवादी केन्द्रका कान्छो वडाअध्यक्ष हो । उनि उदयपुर जिल्ला स्थिति त्रियुगा नगरपालिका ६ ललपत्ताका माओवादी केन्द्रका वडाअध्यक्ष हुन् ।  ...
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

Breaking News 2, समाचार
काठमाडौं, वैशाख ४ गते । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् । राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पु¥याएको उहाँले बताउनुभयो । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खे...