Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

घाँस काट्न गएकी एक महिलाको शव फेला

घाँस काट्न गएकी एक महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ४ गते । घाँस काट्न गएकी एक महिलाको शव जंगलमा फेला परेको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा ५९ वर्षीया जिवशीदेवी साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको सम्सी पगाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी साँझ ५ बजे घाँस काट्न गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेको हो । राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ । स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।...
अपाङ्ता भएका व्यक्तिको माग मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

अपाङ्ता भएका व्यक्तिको माग मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, वैशाख ४ गते । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उहाँ निर्वाचनमा सहभागी हुन पाउनुभएन । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।”उहाँले सुनाउनुभयो । लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आउनुभएको छ । पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उहाँको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्”,...
स्थानीय तहमा निवार्चमा उम्मेदवार टुङ्गो लगाउन सकस

स्थानीय तहमा निवार्चमा उम्मेदवार टुङ्गो लगाउन सकस

Breaking News 2, राजनीति, समाचार
काठामडौं, वैशाख ४ गते । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली कांगे्रसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले १० वटै जिल्लामा सिट बाँडफाटबारे गहन छलफल भइरहेको बताउनुभयो । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्श आएको अवस्था छैन्,” उहाँले भन्नुभयो, “२०७४ सालको निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौं, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउन...
तरकारी खेतीबाट पाएको सफलता

तरकारी खेतीबाट पाएको सफलता

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३ सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उहाँले तरकारी खेती सुरु गर्नुभयो । तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यवसाय पनि सँगैसँगै अगाडि बढाउनुभयो । सामान्य अन्नबाली उब्जाउ हुने खेतलाई मलजल गर्दै जाँदा अहिले सोही जग्गाले दैनिक आयआर्जन बढाएको छ । काम र दामको खोजीमा मेगराज करिब तीन वर्ष कतारमा बस्नुभयो । विदेशबाट गाउँ फर्केर कृषि व्यावसाय थालनी गर्नुभएका न्यौपाने अहिले सफल कृषकका रुपमा कहलिनुभएको छ । उहाँको कृषि कार्य हेर्दा लोभलाग्दो छ । रामपुर नगरपालिका–७ बहखोलामा करिब छ रोपनी जग्गा रु दुई लाखमा बन्दक लिएर व्यवसाय चलाउनुभएको छ । न्यौपानेको फार्ममा यतिबेला करेला, घिराँैला, लौका, साग, ...
‘नकोरिएका सन्दर्भहरु’ विमोचित

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३ अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गर्नुभएको हो । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी हुुनुहुन्थ्यो भन्नुभयो । “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेख्नुभएको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ । यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व। ड...
जीवन जिउने आधार वृद्धभत्ता

जीवन जिउने आधार वृद्धभत्ता

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३ न सन्तान, न सम्पत्ति ! त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो । आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरु बिताइरहनुभएका खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापाको जीवन जिउने आधार भनेको नै सरकारले दिने वृद्धभत्ता हो । सोही गाउँकी ८७ वर्षीया मसिनी कार्की सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुसी हुन्छ । पाँच वर्षअघि श्रीमान् बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आउनुभएकी कार्की वृद्धभत्ताबापत सरकारले दिने रकमलाई फारु गरेर खर्च गर्नहुन्छ । वृद्धभत्ताबाहेक उहाँको आम्दानीको अन्य कुनै स्रोत छैन । कार्की पनि सन्तानविहीन हुनुहुन्छ । थापा र कार्की मा...
घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ३ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताउनुभयो । नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेका थिए । गुराँसको जङ्गल भित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामीछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएका छन् । पहाडको टाकुरामा रहेको घोडेपानी पुनहिल घुम्न साइकल चढेर जान सकिने लामीछानेले बताउनुभयो । “गुराँसको जङ्गलभित्र पृ...
धामीझाँक्री को कुटाइ बाट महिलाको मृत्यु भएको आसङ्कामा सात जना पक्राउ

धामीझाँक्री को कुटाइ बाट महिलाको मृत्यु भएको आसङ्कामा सात जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३ कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ । धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् । शुक्रबार साँझ जेठानी कमलाको घरमा धामीझाँक्री आएपछि झारफुकका लागि पुगेकी उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहलेघटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले धामीझाँक्र...
निर्वाचन तोकिएको मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन तोकिएको मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आसन्न स्थानीय चुनाव तोकिएको मितिमै हुने जनाएको छ । थपलियाले निर्वाचन सारिए लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने जनाउँदै तोकिएको मिति भन्दा बाहिर स्थानीय चुनाव नलम्वीने जनाए । उनले निर्वाचनलाई सबैले स्वच्छ रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्नेमा जोड गर्दै ‘निर्वाचन हुन्छ वा हुदैन भन्ने संशय उत्पन्न हुने खालको अभिव्यक्ति कतै बाट पनि आउन नहुने जनाए । निर्वाचन लोकतन्त्रको प्राण वायु रहेको कारणले यसलाई मनपरि तरिकाले तलमाथी बनाउनु नहुने र तोकिएकै मितिमा चुनाव भए देशको गतिविधिले निरन्तर पाउने भनाईका साथ समयमै चुनाव गराउन आयोक गम्भीर रहेको थपलियाले प्रष्टाए । निर्वाचन मिति घोषणा गर्नुपूर्व सबै प्रकारले छलफलहरु भएको र अहिले तयारी भईरहेको अवस्थामा कुनैपनि हालतमा निर्वाचन सारिदैन,’ थपलियाले भने ‘यस्तो खालको भ्रम सिर्जना गर्ने अभिव्यक्...
स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख ३ यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ । कोराना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय क्रमशः तङ्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायी, स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण खुसी हुन थालेका छन् । नगरकोट आफैँमा आकर्षक पर्यटकस्थल पनि हो । उपत्यकामा गर्मी बढेसँगै पर्यटक नगरकोट आउने गर्छन् । एकरात नगरकोटमा बिताउने राजधानीवासीको पुरानै बानी रहेको पार्कसाइट प्रालिका सञ्चालक अध्यक्ष सुनिल ठकुरीले बताउनुभयो । त्यसो त यहाँ सङ्घीय राजधानीबाट मात्र होइन, काठमाडौं उपत्यका बाहिरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखाबाट समेत आन्तरिक पर्यटक वनभोजका लागि ...