Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

त्रियुुगाको वडा नं. ३ र ४ मा मतगणना जारी दुवै वडामा काँग्रेसकै अग्रता

त्रियुुगाको वडा नं. ३ र ४ मा मतगणना जारी दुवै वडामा काँग्रेसकै अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ र ४ को मत गणना जारी छ । ३ नं. वडामा १ हजार ४ सय मत गनिसक्दा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार तिलकबहादुर कटुवा अगाडी रहेका छन् । कटुवाल ४ सय ८६ मतका साथ अगाडी छन् । कटुवाललाई नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङले ३ सय ३४ मत ल्याएर पछ्याइरहेका छन् । यता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार अवधेश चौधरीले २ सय २ मत प्राप्त गरेको छ । ३ नं. वडाबाट मेयर तथा उपमेयर पदमा पनि काँग्रसकै उम्मेदवार अगाडी रहेका छन् । दोस्रोमा नेकपमा एमालेका उम्मेवार छन्, भने तेस्रोमा गठबन्धन रहेका छन् । वडा नं. ४ मा ३ सय मतगणना गर्दा काँग्रेसका उम्मेदवार रहेका बद्रि बस्नेतले १ सय १२ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई नेकपा एमालेका उम्मेदवार सुवासकुमार निरौला र माओवादीका उम्मेदवार मोहनबहादुर अधिकारीले ८०÷८० मत ल्याएर पछ्याउदै छन् ...
छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १२ विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो । महिनावारीअर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरुमा बस्दा अनेक समस्यासँग जुधेका उहाँजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ । उहाँ भन्नुहुन्छ, “त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैँसी र बाख्राका खोरमा बस्नुपरेको छ । झन पशुजस्तै भएका छौँ ।” महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको छाउपडी प्रथाको विरुद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई राख्न बनाइएका गोठहरु भत्काउने अभियान नै सुरु गरियो । यसलाई सर्वत्र राम्रो कामको रुपमा प्रचार पनि गरियो तर ...
उदयपुरमा नातीद्धारा हजुरआमाको हत्या

उदयपुरमा नातीद्धारा हजुरआमाको हत्या

Breaking News 1, समाचार
पूर्णपष्टि, जेष्ठ १२ । उदयपुरको कटारीमा आफ्नै नातीले हजुरआमाको हत्या गरेको छ । कटारी नगरपालिका ७ रिस्कु स्थित नातीले हजुरआमाको घाँटी रेटी हत्या गरेका हो । हजुरआमाको नाममा रहेको जिउनी जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दवाव दिएको र हजुरआमाले नमानेपछि विहान करिव ६ बजेको समयमा खुकुरी प्रहार गरि हत्या गरेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले जानकारी दिनुभयो । घरजग्गाको विषयमा विवाद भएपछि स्थानीय २६ वर्षीय रोहित दनुवारले आफ्नी ६० वर्षीया हजुरआमा मनमाया दनुवारको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले कटारी प्रहरीले जनाएको छ । नाती रोहितलाई प्रहरीले पक्रिएर इलाका प्रहरी कार्यलय कटारीमा छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको टोलीले रोहितलाई जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यलय कटारीमा राखेको छ ।...
उदयपुरको त्रियुगा–१२ मा पुनः मतदानको माग गर्दै दायर रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

उदयपुरको त्रियुगा–१२ मा पुनः मतदानको माग गर्दै दायर रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । प्रदेश नं. १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् । ‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले बताए । ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ’, उनले न्युज कारखानासँग भन...
त्रियुगामा दुई नयाँ अनुहार वडाध्यक्ष

त्रियुगामा दुई नयाँ अनुहार वडाध्यक्ष

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा नगरपालिकामा मत गणना सकिएको पाँच वडाहरु मध्ये दुईवटामा नयाँ अनुहार वडाध्यक्ष रहेको छ । वडा नं. १५ को गणेशप्रसाद तिम्सिना र वडा नं. १४ को हिमराज मगर अवको पाँचवर्षे वडाध्यक्षको कार्यकालका लागि नयाँ अनुहार हुन् । हिमराज वडासदस्यबाट वडाध्यक्ष भएका हुन् भने तिम्सिना पूर्णरुपले नयाँ अनुहार हुन् । दुबैजना गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र)बाट विजयी वडाध्यक्षहरु हुन् । दुबैले गठबन्धनको प्यानलसहित विजयी हाँसिल गरेका छन् । वडा नं. १५ मा तिम्सिनाले निबर्तमान वडाध्यक्ष नेपाली काङ्ग्रेसका निरबहादुर मगरलाई पराजित गरेका छन् । खडामा खसेको १७६५ मतमध्ये ९६१ मत प्राप्त गरेका तिम्सिनाले २८९ मतले पछि पार्दै निवर्तमान वडाध्यक्ष मगरलाई पराजित गरेका हुन् । वडा नं. १४ का मगरले नेकपा एमालेका मेघजित राईलाई पराजित गरेका हुन् । वडामा खसेको १३१० मत मध्ये ६६२ मत प्राप्त गरेका मगरले ...
१४ नं वडामा बिजयी हिमराज मगरको वडा सदस्य बाट अध्यक्षमा छलाङ

१४ नं वडामा बिजयी हिमराज मगरको वडा सदस्य बाट अध्यक्षमा छलाङ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ माओवादी बाट बिजयी हाँसिल गरेका १४ नं वडाका हेम मगर पहिलो निर्वाचनमा वडा सदस्य बिजयी बनेका थिए । उनले वडासदस्यको रुपमा ५ बर्ष कार्यकाल सम्हाले । वडासदस्यको पहिलो कार्याकाल सकिए सँगै मगरले दोस्रो कार्याकालमा वडाअध्यक्षको उम्मेदवारी दिए । नेकपा माओवादी र नेकपा एसको संयुक्त गठबन्धन बाट उनले टिकट पाए । ३७ बर्षिय युवा पुस्ताका मगरले एमालेका ४६ बर्षिय मेघ जित राईलाई पराजित गरी अध्यक्षमा बिजयी हाँसिल गरे भने कांग्रेस प्रतिस्पर्धामै आउन सकेन । मगर सहित सो वडाबाट संयुक्त गठबन्धनको प्यानलै बिजयी बन्न सफल भएको माओवादीको पकट रहेको सो वडामा पहिले पनि माओवादीकै कुरुङ राईले जितेका थिए । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्...
त्रियुगामा, कलमले लियो अग्रता, रुख १४८ मतले पछि

त्रियुगामा, कलमले लियो अग्रता, रुख १४८ मतले पछि

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुख पदमा काङ्ग्रेसलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीले काङ्ग्रेसका बसन्त बस्नतेलाई १४८ मतले पछि पार्दै अग्रता लिएको हो । १० हजार ५१४ मत गणना हुँदा चौधरीले ३४७२ मत पाएका छन् । दोस्रो स्थानमा पुगेका काङ्ग्रेसका बस्नेतले ३३२४ मत पाएका छन् भने एमालेको भागवत राउत २३६१ मतका साथ तेस्रो स्थानमा रहेका छन् । उपप्रमुखमा भने काङ्ग्रेसकी सरिता राईको अग्रता कायम छ । उनको ३०४२ मत रहेको छ । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको २८५७ रहेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी महेश्वरी राईको २६१३ मत रहेको छ । हालसम्म पाँचवटा वडाको मतगणना सकिएको छ । ३ वटा वडा गठबन्धनबाट माओवादी केन्द्रले जितेको छ भने एकवटा काङ्ग्रेस र एकवटा एमालेले जितेको छ । वडा नं. १६...
१४ नं वडामा माओवादीको प्यानलै बिजयी

१४ नं वडामा माओवादीको प्यानलै बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ १४ नं वडामा माओवादीले बिजयी हाँसलि गरेको छ । संयुक्त गठबन्धन माओवादी र नेकपा एसका उम्मेदवार हेम मगर उक्त वडामा बिजयी बनेका छन् । एमाले र कांग्रेसलाई हराउँदै मगरको प्यानलले नै जित निकालेको छ । मगरले नेकपा एमालेका उम्मेदवार मेघ जित राईलाई हराउँदै अध्यक्षमा बिजयी बनेको हो । मगरको ६६२ मत आउँदा राईका ५०१ मात्र आएका थिए । यता नेपाली कांग्रेसको उम्मेदवार गिता कुमारी थापा मगरलाई भने १०४ मत मात्र आएको छ । सो वडामा खुल्ला सदस्य तर्फ माओवादीका नारायण वहादुर राईले ६०६ मत र एक बहादुर कटुवाल ५७९ मत प्राप्त गरी बिजयी हाँसिल गरेको छ । यता खुल्ला महिला वडा सदस्य तर्फ पनि माओवादीकी रेखा थापा मगरले ६१३ मत ल्याई बिजी गरिन् । दलित महिला सदस्य तर्फ ५९३ मत ल्याउँदै माओवादीकै केशरी माया नेपाली जित निकालिन ।...
त्रियुगाको १५ नं.मा गठबन्धको प्यानल विजयी

त्रियुगाको १५ नं.मा गठबन्धको प्यानल विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ मा गठबन्धको प्यानलै विजयी भएका छन् । गठबन्धनबाट माओवादीका वडाध्याक्ष उम्मेदवार रहेका गणेशप्रसाद तिम्सीना विजयी भएका हुन् । तिम्सीनाले ९ सय ६१ मतका साथ जीत हात पारेको छ । तिम्सीनाले आफ्नो प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार निरबहादुर आले मगरलाई २ सय ८९ मतान्तले पराजित गरेको हो । मगरले ६ सय ७२ मत प्राप्त गरेका छन् । यता महिला सदस्यमा गोपीमाया मगरको ९ सय ४९, दलित महिला सदस्यमा रिता वि.क.ले ९ सय ३९, खुल्लासदस्यहरुमा तुलबहादुर मगर ९ सय २२ र डम्बरबहादुर राईले ९ सय मत प्राप्त गरी जीत हासिल गरेका छन् ।...
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ मोरङको जहदा गाउँपालिका–२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९:०० बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...