Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

विद्युत् सर्ट हुँदा आगलागी, एक घर जलेर नष्ट

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गए राति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट उहाँको घर पूर्ण नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, खाद्याान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउरानाले बताउनुभयो । (रासस)...
अमलडाँडामा चितुवाको आक्रमणबाट बालकको मृत्यु

अमलडाँडामा चितुवाको आक्रमणबाट बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताउनुभयो । (रासस)...
मेयर बालेन शाहको धन्यवाद र्याली सुरु

मेयर बालेन शाहको धन्यवाद र्याली सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ काठमाण्डौँ माहानरपालिकाका नवनिर्वाचित मेयरले आफ्नो मतदाताहरुलाई धन्यवाद र्याली दिरहेका छन् । फराकिलो मतले बिजयी साहले आफुलाई अमुल्य मत दिई बिजय गराउने मतदाताहरुलाई बिजयी उत्सवको धन्यवाद र्यालि सहित दन्यवाद दिएका हुन् । उनले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई ठुलो मतले पराजित गर्न सफल भएका थिए । बालेनले काठमाण्डौँ जस्त ठाउँमा दलहरुलाई पछार्दै स्वतन्त्र बाट भारी इतिहाँस रच्न सफल भएका छन् । शासले ६१७७६ मत ल्याएर बिजयी बनेका थिए । कांग्रेसकी सिंहले ३८३४१ मत ल्याउँदै दोस्रो भईन् भने एमालेका केशव स्थापितले ३८१७ मत ल्याएर तोस्रो भए ।...
त्रियुगामा कांग्रेसको फराकिलो अग्रता

त्रियुगामा कांग्रेसको फराकिलो अग्रता

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ त्रियुगा नगरपालिकामा कांग्रेसले थप फराकिलो मत बनाएको छ । कलमलाई ८३५ ले पछि पार्दै कांग्रेस तिव्र गतिमा अघि लागेको हो । कांग्रेसले ५८२० मत प्राप्त गर्दा कलमले ४९८५ प्राप्त गेका छन् । यस्तै एमाले कांग्रेस भन्दा १४४२ ले र कलम भन्दा ६०७ मतले पछि परेको छ । एमालेको ४३७८ मत मात्र आएको छ । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसको ५२६० मत छ भने एमालेको ४८५५ रहेको छ । यस्तै माओवादीको भने ३९११ रहेको छ ।...
त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी, कुन वडामा कस्को अग्रता ?

त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी, कुन वडामा कस्को अग्रता ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । उदयपुरको त्रियुगाको वडा नं. ३,४,५ र १३ को मतगणना जारी रहेको छ । वडा नंं. ३ मा २ हजार मत गणना गरिदा नेपाली काँग्रेसका उम्मेदवार तिलकबहादुर कटुवाल ६७१ मतका साथ अगाडी रहेको छ । कटुवाललाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुर तामाङले ४८३ मत ल्याएर पछ्याइरहेको छ । वडा नं. ४ मा ९ सय मत गणना हुँदा काँग्रेसका उम्मेदवार अगाडी रहेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार बद्री बस्नेत ३०८ मतका साथ अग्रस्थानमा रहेको छ । बस्नेतलाई गठबन्धनका उम्मेदवार सुवराज तामाङले २५८ मत ल्याएर पछ्याइरहेको छ । त्यस्तै ५ नं. वडाको ३०० मत गणना गरिदा काँग्रेसकै उम्मेदवारको लिड रहेको छ । १४४ मतका साथ काँग्रेसका उम्मेदवार उदवकुमार थापा अगाडी रहेको छ । थापालाई १०५ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण गतिवडाले पछ्याइरहेको छ । यता १३ नं. वडामा एमालेको अग्रता देखिन्छ । ६०० मत गणना गर्दा एमालेका वडाध्यक्ष ...
त्रियुगामा कांग्रेस अघिअघि एकीकृत समाजवादी पछिपछि

त्रियुगामा कांग्रेस अघिअघि एकीकृत समाजवादी पछिपछि

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ त्रियुगा नगरपालिकामा कांग्रेसले निरन्तर अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ३८३१ मत ल्याएर अग्रता कायम गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार वलदेभ चौधरीले ३७८३ मत ल्याउँदै पछ्याउँदै छ । यता एमालेका उम्मेदवार भागवत राउतले भने २८३० मत ल्याएर तेस्रो स्थानमा रहेको छ । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ । कांग्रेसका उपमेयर सरिता राईले ३४८६ मत प्राप्त गरेकी छिन् । यता एमालेकी महेश्वरी राईले ३१२५ मत ल्याएर पछ्याईरहेकी छिन् भने माओवादीकी गित खड्काले ३०७९ मत ल्याई तेस्रो स्थानमा छिन् । हाल १२ हजार १५ मत गणना भएको छ । गन्न बाँकी २८ हजार १६४ मत रहेको छ । हाल ५ ओटा वडाका मत गनिसकेको अवस्था छ । १६, १४, १५, १ र २ गरी ५ ओटाको गणना भैसकेको अवस्था छ । यस मध्ये ३ वडामा माओवादी र १÷१ मा कांग्रेस र एमाललेले जितेको छ...
फेरी रुखको अग्रता, ४८ मतले कलम पछाडि

फेरी रुखको अग्रता, ४८ मतले कलम पछाडि

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा मतगणनामा रुखले अग्रता लिएको छ । रुख र कलमको आलोपालो अग्रता चलिरहेको छ । ४८ मतले कलमलाई पछि पार्दै रुखले अग्रता लिएको हो । पछिल्लो १२ हजार १५ गणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाली काङ्ग्रेसका बसन्त बस्नेतको ३८३१, गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरीको ३७८३ र नेकपा एमालेका भागवत राउतको २८३० मत रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राई ३४८६ मतसहित अग्रतामा छिन् । नेकपा एमालेकी महेश्वरी राई ३१२५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्की ३०७९ मतका साथ तेस्रो स्थानमा छिन् । १६ वटा वडाहरु मध्ये १, २, १४, १५ र १६ गरी ५ वटामा गणना सकिएको छ । ३, ४ र १५ मा गणना चलिरहेको छ भने बाँकी वडाहरु बाँकी छन् । नगरमा जम्मा ४० हजार १७९ मत खसेकोमा अव २८ हजार १६४ गणना बाँकी रहेको जनाइएको छ ।...
न आशा, न उत्साह : स्वतन्त्र तथा साना दलको हालत (त्रियुगा मतगणना)

न आशा, न उत्साह : स्वतन्त्र तथा साना दलको हालत (त्रियुगा मतगणना)

Breaking News 1, राजनीति, समाचार
१२ हजार मतमा त्रियुगाको प्रमुख पदका स्वतन्त्र तथा साना दल सय कटेनन्, दुईदल अझै सुन्य पूर्णपुष्टि, जेठ १२ । यतिबेला सबैको ध्यान प्रतिष्पर्धी ठुला दलतिर मात्र छ । त्रियुगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुई ठूला पदमा उठेका स्वतन्त्र तथा साना दलहरुको मतको अवस्था बारे जानकारी लिन खोज्ने कमै पाइन्छ । १६ वटा वडा रहेको त्रियुगामा ५ वटाको गणना सकिएको छ । तीनवटामा गठबन्धनले, १ वटामा काङ्ग्रेस र १ वटामा एमालेले वडाध्यक्ष जितेको अवस्था छ । त्यसमा तीनजना वडाध्यक्षले पुनः कार्यकाल दोहोर्याएका हुन् भने २ जना नयाँ अनुहार छन् । अहिले वडा नं. १३, ३, ४ को गणना चलिरहेको छ । यी गणना भइसकेको वडा र गणना हुदै गरेको वडाको १२ हजार १५ गणना भइसकेको मत परिणामलाई स्वतन्त्र तथा साना दलहरुको दृष्टिबाट विश्लेषण गर्दा कुनै पनि स्वतन्त्र र साना दलले सयमत कटाउन सकेको छैन । साना दलमा प्रमुख पदका लागि उठेका मौलिक जरोकिलो ...
उदयपुरमा बेपत्ता युवाको सव फेला

उदयपुरमा बेपत्ता युवाको सव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ उदयपुरमा ३ दिन बाट बेपत्ता रहेको युवाको लाश फेला परेको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नं १२ बस्ने दिप नारायण सदाको छोरा २८ बर्षिय मनोज सदाको मृत अवस्थामा लाश भेटिएको हो। उनी ३ दिन देखि घरबाट हराईरहेको र खोजतलास गर्ने क्रममा बिहिबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा मृतक अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीलाई लाश फेला परेको भन्ने सुचना प्राप्त अनुसार तत्काल अनुसन्धान गरी कानुनि प्रकृयाको लागि जिप्रका उदयपुरबाट प्रहरी निरिक्षकको समेत टोली खटिएको छ । टोलीले अनुसन्धान तथा कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको छ।...
धरानमा धारिलो हतियार प्रहारबाट एक युवको मृत्यु

धरानमा धारिलो हतियार प्रहारबाट एक युवको मृत्यु

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । धरानमा धारिलो हतियार प्रहारबाट एक युवको मृत्य भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरानको वडा नं. ५ तल्लो देउरालीमा करिब ३०÷३५ वर्षको देखिने युवाको धारिलो हतिया प्रयोग गरेर उनको हत्या भएको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा भेटिएका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठ भन्छन् म राती ११ बजे सम्म उपमेयर अइन्द्र बिक्रम बेघाको घर देखी धरान ५ को विभिन्न स्थल गस्ती गरिरहेको थिए । राती पानी पर्नु अघिको घटना भएको बताउँदै उनले भने हामीलाई लाग्छ धरान बाहिरका मानिसले त्यो घटना घटाएको हु सक्छ । शव भेटिएपछि डिएसपी श्रेष्ठ आफै अनुसन्धानमा पुगेका थिए भने वीपी प्रतिष्ठानको फोरेन्सिक विभागका डाक्टर, केनाइन शाखा धरानको ट्याकर डग ( लैला ) घटनास्थलमा पुगेको छ...