Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

ग्यास बोकेको बुलेटमा आगलागी

ग्यास बोकेको बुलेटमा आगलागी

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो । बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ । (रासस)...
कटारीका नवनिर्वाचित मेयर श्रेष्ठले लिए सपथ

कटारीका नवनिर्वाचित मेयर श्रेष्ठले लिए सपथ

Breaking News 1
पूर्णपुष्टि जेष्ठ १३ काटारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेशचन्द्र श्रेष्ठले सपथ लिएको छ । शुक्रबार उदयपुर जिल्ला अदालतका जिल्ला न्याधिशले श्रेष्ठलाई गोपियनिताको सपथ खुवाएको हो । श्रेष्ठ कांग्रेसबाट कटारी नगरपालिकाको मेयरमा बिजयी बनेका थिए । उनले एमालेका प्रतिद्धन्दी र स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै मेयरमा जित निकालेका थिए । सपथको क्रममा श्रेष्ठले जनतामाझ सासक नभई सेवक बनेर जाने बताए । उनले निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचत अधिकृतको कार्यालय तथा कर्मचारी र मतदाताहरुलाई बिषेश धन्यवाद समेत दिए ।...
त्रियुगाको वडा नं. ३ मा काँग्रेस विजयी

त्रियुगाको वडा नं. ३ मा काँग्रेस विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिका–३ को मतगण्ना सकिएको छ । ३ नं. वडामा नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका तिलकबहादुर कटुवा विजयी भएका छन् । कटुवालले १ हजार ९३ मत ल्याएर आफ्नो प्रतिस्पर्धी नेकपा एकालेका उम्मेदवार धर्मबहादुर तामाङलाई पराजित गरेर विजयी भएका हुन् । तामाङलाई कटुवालले २ सय ७४ मतले पछाडी पारेर जीत हासिल गरका छन् । यता तामाङले ८ सय १९ मत प्राप्त गरेको थियो । सदस्यहरुमा काँग्रेसकै गोमाकुमारी राउतले १ हजार ७७ मत ल्याएर विजयी छिन्, भने दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुनिता गजमेर १ हजार ७७ मतका साथ विजयी भएकी हुन् । खुल्ला सदस्यमा काँग्रेसबाट कानन चौधरीले ९ सय ३१ मत ल्याएको र नेकपा एमालेकाबाट जयनारायण ढकालले ८ सय ८५ मत ल्याएर जीत हासिल गरेको छ ।...
लिम्चुङबुङमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित

लिम्चुङबुङमा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भएको कार्यपालिका निर्वाचनमा गठबन्धन निर्विरोध निर्वाचन भएको छ । गाउँ कार्यपालिकाको महिला सदस्यमा मञ्जु राई, प्रिथी रसाईली, दुतमाया मगर र जमुनाकुमारी कार्की निर्विरोध भएका हुन् । राई गठबन्धनतर्फको नेपाली काङ्ग्रेसबाट हुन् भने अन्य तीनजना नेकपा ९माओवादी केन्द्र० बाट हुन् । त्यस्तै गाउँ कार्यपालिकाको दलित वा अल्पसंख्याक सदस्यमा गणेश राई र जयराम राई निर्विरोध निर्वाचित भएका छन् । गठबन्धनको नेकपा ९माओवादी केन्द्र० बाट गणेश हुन् भने काङ्ग्रेसबाट जयराम हुन् । लिम्चुङबुङमा पालिका अध्यक्ष, उपाध्यक्ष गठबन्धनले विजय हाँसिल गरेको थियो । एकजना स्वतन्त्र बाहेक सबै वठबन्धनकै वडाध्यक्षहरु विजयी भएका छन् । पालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का मेजरकुमार राईले कार्यकाल दोहोर्याएका छन् भने उपाध्यक्षमा काङ्ग्रेसका पुष्पलाल राई रहेका छन् । १ नं। व...
त्रियुगाको वडा नं. ४ मा काँग्रेस पछ्याउदैँ एमाले

त्रियुगाको वडा नं. ४ मा काँग्रेस पछ्याउदैँ एमाले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिका–४ का १ हजार ८ सय मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार अगाडी रहेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार बद्री बस्नेतले ६ सय ११ मत ल्याएर लिड गरिरहेको छ । बस्नेतलाई नेकपा एमालेका उम्मेदवार सुवासकुमार निरौलाले ५ सय २० मत ल्याएर पछ्याइरहेको छ । बस्नेत र निरौला बीचको ९१ मतान्तर रहेको छ । ४ नं. वडाबाट नगर प्रमुखमा काँग्रेसका उम्मेदवार बसन्त बस्नेतलाई ६ सय ७१ आएको छ । दोस्रोमा एमालेका उम्मेदवार भागवत राउत रहेको छ । राउतले ५ सय ५२ मत ल्याएको छ । यता तेस्रोमा गठबन्धनको उम्मेदावर बलदेव चौधरीले ३ सय ४७ मत प्राप्त गरेको छ ।...
त्रियुगाको वडा नं. ५ मा काँग्रेसको फराकिलो अग्रता

त्रियुगाको वडा नं. ५ मा काँग्रेसको फराकिलो अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ को १ हजार ३ सय मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम गरेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार उदवकुमार थापाले ६ सय ७० मत ल्याएर लिड गरिरहेको छ । थापालाई ३ सय ७९ मतका साथ गठबन्धनका उम्मेदवार राधारमण खतिवडाले पछ्याइरहेको छ । सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार अगाडी रहेका छन् । वडा नं. ५ को मतपरिणाम अनुसार नगर प्रमुखमा पनि काँग्रेसकै उम्मेदवार वसन्तकुमार बस्नेतले ६ सय ११ मत प्राप्त गरेको छ । यता उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार सरिता राई ५ सय ८१ मतले अग्रस्थानमा देखिन्छ ।...
आगलागीबाट छ घरमा क्षति

आगलागीबाट छ घरमा क्षति

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ । आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताउनुभयो । उहाँका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताउनुभयो । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् । आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु २३ लाख बराबरको क्षति भएको जिल्ल...
लागुऔषध सहित ३ युवक पक्राउ

लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो । हिजै बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १०m िको सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको प्...
तुईन हटाएर झोलुङ्गे पुल

तुईन हटाएर झोलुङ्गे पुल

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १३ दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो । पुन बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् । महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन –६ का तेजबहादुर चन्दले भन्नुभयो, “बल्ल अहिले आएर पुल निर्माण भयो ।” स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुङ्गे पुल निर्माण गरिरहेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गर्नुभयो भने व्याँस –६ बडुगाउँस...
१३ नं वडामा कांग्रेस बिजयी

१३ नं वडामा कांग्रेस बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ त्रियुगा नगरपालिकामा कांग्रेसका उम्मेदवार नविन चौधरी वडाअध्यक्षमा बिजयी बनेको छ । उनले ९६० मतल ल्याएर वडाअध्यक्षमा बिजयी बनेको हो । यस्तैगरी एमालेका उम्मेदवारले राम प्रसाद कट्ट्लले ९२३ मत पाएका थिए । यता कलमका पशुपती चौधरीले ३८१ मत मात्र पाईन् । त्यस वडामा कांग्रेसले महिला सदस्य बाहेस सबै पदमा जितेको छ । महिला सदस्यमा भने एमालेकी गोमा सेन ठकुरीले जितेको छ ।...