Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनाइयो

अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनाइयो

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पु¥याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले विश्व शान्ति स्थापनाकार्यमा खटिएदेखि नै प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता एवं समर्पणको प्रशंसा गर्नुभयो । उहाँले तीनवटै सुरक्षा निकायका शान्ति सैनिकले शान्ति स्थापनाकार्यमा पु¥याएको अतुलनीय योगदानका लागि विगत र हालका नेतृत्वसमेतलाई बधाई दिनुभयो । प्रधानसेनापति प्रभुराम शर्माले हालका दिनमा शान्ति मिसनमा बढ्दो सुरक्षा जटिलतालाई दृष्टिगत गरी शान्ति सैनिकको पेशागत क्षमता अभिवृद्धि गर्नु आवश्यकता रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र...
महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान सहित दुईजना पक्राउ

महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान सहित दुईजना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ । यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोष्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दावी गरिएको छ । कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ । काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ...
विप्लव समुहको केन्द्रीय समितिको बैठक उदयपुरमा जारी

विप्लव समुहको केन्द्रीय समितिको बैठक उदयपुरमा जारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ नेत्र विक्रम चन्द्र विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टी कन्द्रीय समितिको बैठक उदयपुरको रौता पोखरीमा बसिहरेको छ । जेष्ठ १२ गतेदेखी शुरु भएको बैठकमा विप्लवको राजनितिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन । बैठकमा ५८ जना केन्द्रीय सदस्य सहभागी भएका छन । उक्त बैठकमा पार्टीको विभाजन, स्थानिय चुनावको समिक्षा, नयाँ केन्द्रीय सदस्य थप्ने लगायतका एजेन्डामा समेत छलफल हुने बुझिएको छ ।...
लिम्चुङबुङका सबै जनप्रतिनिधिलाई सपथ ग्रहण

लिम्चुङबुङका सबै जनप्रतिनिधिलाई सपथ ग्रहण

Breaking News 1, समाचार
पूर्णपुष्टि जेष्ठ १३ लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार सपथ लिएको छ । नवनिर्वाचित वडाअध्यक्ष, वडा सदस्य र पालिका सदस्यहरु समेतगरी जम्मा २८ जनालाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाएको हो । सो पालिकामा ५ ओटा वडाहरु छन् । सम्पूर्ण नवनिर्वाचित प्रतिनिधिहरु सँगै ६ जना कार्यापालिका पदाधिकारीहरुलाई सपथ खुवाईएको हो । राई स्वयम दोस्रो कार्यलको लागि निर्वाचित पालिका अध्यक्ष समेत हुन् । सपथ सँगै जनप्रतिनिधिहरुले पदवहाली समेत गरेका छन् ।...
त्रुटी सच्याउन लामो समय लाग्दा त्रियुगाको मतगणनामा ढिलाई

त्रुटी सच्याउन लामो समय लाग्दा त्रियुगाको मतगणनामा ढिलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ । मुख्य निर्वाचन कार्यालय उदयपुरले त्रियुगा नगरपालिकाको मतगणना जारी राख्दै गर्दा बीचमा जोडघटाउमा त्रुटीका कारण गणनामा ढिलाई भएको छ । मत अङ्ग जोड्नमा त्रुटी भएपछि त्यसलाई सच्याउन समय लागेकोले ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ । “हामी त्रुटीलाई सच्याउदै छौं, त्यसैले केही बेर गणना र बीचबीचमा हुने मतपरिणाम सार्बजनिकीकरणमा ढिलाई भएको हो ।” स्रोतले भन्यो । प्राप्त सुचना अनुसार १३ नं. वडा र ४ नं. वडाको डाटामा त्रुटी भएपछि विवाद सिर्जना भई सच्याउनका लागि लामो समय लाग्दा ढिलाई भएको हो । त्रुटी सच्याएर बेलाबेला गरिने मतपरिणाम सार्बजनिकीकरणमा अरु केही समय लाग्न सक्ने स्रोतले जनाएको छ ।...
गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । गोरु काट्दै गरेको अवस्थामा म्याग्दीबाट ९ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका–६ दुखु बेसीका गोरु काट्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
त्रियुगाको ४ नं. वडामा काँग्रेस विजयी

त्रियुगाको ४ नं. वडामा काँग्रेस विजयी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । त्रियुगा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका बद्री बस्नेत विजयी भएको छन् । बस्नेतले ८ सय ८२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका नीकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुवासकुमार निरौलाले ७ सय ८१ प्राप्त गरेका छन् । यता गठबन्धनका उम्मेदवार सुवराज तामाङगले ६ सय ६९ मत ल्याएका छन् । सदस्यहरुमा काँग्रेसको महिला सदस्य उम्मेदवार भगवती कार्कीले ८ सय ९३, दलित महिला सदस्यमा तीलमाया परियारले ९ सय ४, खुल्ला सदस्यमा ताराबहादुर पौडेलले ९ सय ४ र एमालेका उम्मेदवार उजिर सिंह राउतले ९ सय १३ मत ल्याएर विजयी भएका छन् ।...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १३ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षीय जिवानन्द मेहेता रहेका छन् । आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
त्रियुगाको ६ नं. वडामा मतगणन सुरु : एमालेको सुरुवाती अग्रता गठबन्धन पछ्याउदै

त्रियुगाको ६ नं. वडामा मतगणन सुरु : एमालेको सुरुवाती अग्रता गठबन्धन पछ्याउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १३ गते । त्रियुगा नगरपालिका वडा नं. ६ को पनि मतगणना सुरु भएको छ । ६ नं. वडामा २ सय मत गणना गर्दा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार योगेन्द्रबहादुर दाहालले ७७ मत ल्याएर अग्रता कायम गरेको हो । दाहाललाई गठबन्धनका उम्मेदवार राकेशकुमार चौधरीले ५६ मत ल्याएर पछ्याइरहेको छ । यता नेपाली काँग्रेसका उम्मेदवार कृष्णबहादुर बुढाथोकीले ३४ मत प्राप्त गरेको छ । वडा नं. ६ मा प्रमुखमा एमालेका उम्मेदवार भागवत राउतले ७४ मत ल्याएर लिड गरेको छ । राउतलाई काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले ५५ मतका साथ पछ्याइरहेको छ । यता गठबन्धनका उम्मेदवार बलदेव चौधरीले ४२ मत प्राप्त गरेको छ । त्यसैगरी, उपप्रमुख तर्फ पनि एमालेकी उम्मेदवार महेश्वरी राई ७८ मतका साथ अगाडी रहेकी छिन् । राईलाई नेपाली काँग्रेसकी उम्मेदवार सरिता राईले ४० मत ल्याएर पछ्याई रहेकी छन् । यता गठबन्ध...
आयल निगम डिपोमा भएको आगलागी नियन्त्रण, ट्रयाक्टर पूर्ण रुपमा क्षती

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रण, ट्रयाक्टर पूर्ण रुपमा क्षती

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १३ नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो । आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उहाँले बताउनुुभयो । घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए । (रासस)...