मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र
काठमाण्डौँ, जेष्ठ १४
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना ९एनएलएसआइपी० र नेपाल फाइवर प्रोसेसिङ उद्योग प्रालिको ५०÷५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा सङ्कलन गर्न भवन निर्माण भएको हो । कूल रु ३२ लाखमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तामक्रमलाई सन्तुलित बनाउने तीन कोठे प्रिफेक प्रविधिको भवनको आज गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ ।
कृषकले च्याङ्ग्राको शरीरबाट निकाल्ने भुवालाई सुरक्षित भण्डारण गरेर उद्योगसम्म पु¥याउने उद्देश्यले सङ्कलन केन्द्र निर्माण गरिएको कम्पनीका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो । “मङ्गोलिया र...









