Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

हत्याको आरोपमा दुई जना पक्राउ

हत्याको आरोपमा दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १७ सुनसरीको धरान उप–महानगरपालिका–५ सेउती खोला बगरमा मृत फेला परेका धरान–११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए । मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा उनको हत्यामा धरान–१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
पाठेघर तान्दा घाईते भएकी महिलाको मृत्यु

पाठेघर तान्दा घाईते भएकी महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १७ श्रीमान्ले पाठेघर बाहिर तानी चोट पु¥याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पु¥याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ । (रासस)...
तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ १७ मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो । कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको ...
विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । भेटमा मन्त्रीले अन्तरराष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए । मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् । विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति का...
चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु

चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् । मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । उक्त झडप चाडको राजधानी एनुजामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो । त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाब र झडप हुने गर्दछ । झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् । उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै जहाँ सो जानकारी दिएका हुन् । “यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन ग...
जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौँ ल्याइँदै

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौँ ल्याइँदै

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १६ प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइँदै छ । त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौँमा ल्याइँदै छ । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले पोखराबाट काठमाडौँका लागि उडेको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली ब...
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १६ पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार राप्ती–१ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।(रासस)...
कटारी नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

कटारी नगर प्रमुख श्रेष्ठको निर्णय : आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ष्ठ १६ नवनिर्वाचित कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले सोमवार पदवहाली गरेका छन् । श्रेष्ठले जनताका काममा आफु सँधै सहज र सकरात्मक रहने भन्दै पदवहाली गरेका छन् । पदवहालीका क्रममा श्रेष्ठले आफ्नो पहिलो निर्णय समेत प्रस्तुत गरे । उनले नगरप्रमुखको रुपमा आफु निर्वाचित भएपश्चता पदवहाली गरिरहँदा नगरको सेवालाई चुस्त दुरुस्त, पारर्दशी, मित्तव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राही मैत्री बनाउन सरोकारवालाहरु सँग समन्वय र सहकार्य गर्ने निर्णय लिएको जनाएको छ । उनले यति मात्रै नभई नगरवाट आफुले पाउने सेवा सुविधालाई जनताको भविष्य सँग जोडेर जनतालाई नै सुविधा दिने निर्णय गरेका छन् । आफ्नो सेवा वापत प्राप्त कुनै पनि सुविधालाई कोष स्थापना गरी उक्त कोषबाट बिपन्न तथा गरिबी नगरवासी परिवारलाई शिक्षा स्वास्थ्यमा सहयोग गर्ने निर्णय श्रेष्ठले लिएको छ ।...
त्रियुगाको बिजयी जुलुस सम्पन्न

त्रियुगाको बिजयी जुलुस सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १६ त्रियुगा नगरपलिकामा मत गणना सकिए लगत्तै निर्वाचित जनप्रतिनिधिहरुले बिजयी जुलुस भव्य सम्पन्न गरेको छ । सोमवार सम्पन्न त्रियुगाको मत गणनामा नेपाली कांग्रेस बाट मेयर पदमा बसन्त कुमार वस्नेत र उपमेयरमा एमाले बाट महेश्वरी राई बिजयी बनेकी छिन् । मतगणना सम्पन्न भए लगत्तै निर्वाचन अधिकृतको कार्यालयले बिजयीहरुको नाम घोषित गरेका थिए । कांग्रेसका बस्नेतले एमालेका उम्मेदवार भागत राउतलाई पछि पार्दै बिजयी हाँसिल गरेका थिए । एकीकृत समाजवादी भने तेस्रो स्थानमा रहे । बस्नेतले १३९५९ मत ल्याएर मेयरमा बिजयी बने भने एमालेका भागतले ११८७३ मत ल्याए । यस्तै गरी एकीकृत समाजवादीका उम्मेदवार वलदेव चौधरीले ९१४७ मत मात्र ल्याए । उपमेयरमा भने एमालेकी महेश्वरी राईले कांग्रेसकी सरिता राईलाई हराउँदै जित निकाले । राईले १३७०३ मत ल्याउँदै जितेकी हुन् । यस्तै कांग्रेसकी सरिताले ११९८१ मत प्राप्त गरि...
एमाले उदयपुरका जिल्ला सदस्य दुर्गा श्रेष्ठले दिए पार्टीबाट राजिनामा

एमाले उदयपुरका जिल्ला सदस्य दुर्गा श्रेष्ठले दिए पार्टीबाट राजिनामा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । नेकपा एमाले उदयपुरका जिल्ला कमिटि सदस्य दुर्गा श्रेष्ठले आज पार्टीबाट राजिनामा दिएका छन् । उनले स्थानीय चुनावमा पार्टीलाई जिल्लाको स्थानीय तहहरुको मुख्य पदमा पार्टीलाई जिताउन नसकेको भन्दै राजिनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिम्मेबारपूर्ण नारा, सपथ र मूल अभिष्ट “मेरो वडा म जिताउँछु” विजयको साकार नजितामा पुर्याउन पूर्ण इमानदारीता,कटिबद्धता, रणकैशलता, आर्थिक, हार्दिक, राजनैतिक निष्ठा दाउमा लगाइ इमानदारीताका साथ चुनावमा उत्रियता पनि पार्टीका उम्मेदवारलाई प्रमुख पदमा ल्याउन नसकेका राजिनामा पत्र मार्फ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उप–प्रमुखबाहेक आफ्नो वडामा समेत नगर प्रमुख र वडाध्यक्ष विजयी गराउन नसकेकोले कमिटि सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेको हो ।...