Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १६ देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्...
इन्डोनेसियामा डुङ्गा दुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । बिहीबार दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् । उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री माइलसम्म खोजी क्षेत्र विस्तार गरेका बताइएको छ । हेलिकप्टरसँग यात्रु ओसारपसार गर्ने अनुमति नभएकोले कप्तान र मालिक दुवैलाई सोधपुछका लागि लगिएको बताइएको छ ।सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुबेर १५० भन्दा बढी...
बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १६ प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसद्मा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो । उहाँले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एशियामै अग्रणी मुलुक रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष...
आजदेखि लाइसेन्सको नयाँ आवेदन खुल्यो, १५ दिनमै ट्रायल

आजदेखि लाइसेन्सको नयाँ आवेदन खुल्यो, १५ दिनमै ट्रायल

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १६ गते । आज (सोमवार) बाट चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणली लागू गर्ने भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले आज साँझ ६ बजेदेखि नयाँ प्रणाली लागू हुने विभागले बताएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनमा लाइसेन्स ट्रायलको पालो पाइने बताए । ’१५ दिनभित्र पालो सक्ने गरी सिमित आवेदन परेपछि सिस्टम आफैं बन्द हुन्छ । त्यसपछि परीक्षा सकिएपछि फेरि खुल्छ,’ उनले भने । अनलाइन पेमेन्टको व्यवस्था मिलाउन समेत प्राविधिक टोलीले काम गरिरहेको घिमिरेले बताए । कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो ।...
खराब मौसमका कारण तारा एयर दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

खराब मौसमका कारण तारा एयर दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १६ प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो । घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । ...
ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

ह्याव्वी मतले त्रियुगाको प्रमुख र उपप्रमुख विजयी

Breaking News 1, राजनीति, समाचार
उदयपुर, जेठ १६ गते । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा एमालेको जीत भएको छ । प्रमुखमा काङ्ग्रेसको बसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राईको जीत भएको हो । प्रमुख र उपप्रमुख दुबै पद ह्वाब्बी मतले विजयी भएका हुन् । काङ्ग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ विजय हाँसिल गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेको भागवत राउतलाई २०८६ मतले पछि पार्दै बस्नेतले जीत हाँसिल गरेका हुन् । एमालेको राउतले ११ हजार ८७३ मत प्राप्त भएको छ । गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको तेस्रो मत ९ हजार १४७ रहेको छ । उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरी जीत हाँसिल गरेकी हुन् । निकटतम प्रतिद्वन्द्वि काङ्ग्रेसकी सरिता राईलाई १७२२ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । काङ्ग्रेसकी राईको ११ हजार ९८१ मत प्राप्त छ । गठबन्धनबाट नेकपा...
प्रदेश १ मा बजेट अधिवेशन सुरु

प्रदेश १ मा बजेट अधिवेशन सुरु

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, जेठ १६ । प्रदेश नं १ प्रदेशसभाको १०औँ तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गर्नुभयो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले संसदीय व्यवस्थालाई सुदृढ एवं संस्थागत गर्न प्रतिपक्ष दलका नेताले सदनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले यातायातका क्षेत्रमा र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उदासीन तथा सूचनाको अभावमा प्रतिपक्ष दलका नेताहरुले अभिव्यक्ति दिनु उचित नहुने उल्लेख गर्नुभयो मुख्यमन्त्री राईले अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गर्नुभयो । आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल...
चिठ्ठामा एमालेका किरण पाण्डे विजयी

चिठ्ठामा एमालेका किरण पाण्डे विजयी

Breaking News 1
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि चिठ्ठा गरिदा एमालेको किरण पाण्डेको भाग्य बलियो बनेको छ । वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३÷१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो । चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का पराजित भएका छन् । दुबैबीच बीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।...
भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ १६ गते । आफ्नै भाउजुमाथि पेट्रोल छर्केर आगो लगाई भागेका देवर पक्राउ परेका छन् । सप्लरीको बोदे बसाई नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साहलाई भाउजुलाई आगो लगाएको अभियोगमा पक्राउ परेका हुन् । उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खानापकाई रहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए । राजकुमारको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका भिए । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बोदे बसाईनबाट खटिएका वरिष्ठ नायव निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले पक्राउ गरको हो ।...
१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

१० नं. वडामा चिठ्ठाबाट टुङ्गो लगाइने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १६ । उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि अव चिठ्ठा प्रणालीबाट अन्तिम टुङ्गो लगाउने भएको छ । रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन बसेको छलफलले चिठ्ठाबाट टुङ्गो लगाउने निर्णय गरेको जानकारी आएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालका अनुसार मत बराबरी भएमा चुनावी नियमानुसार गोलाप्रथाबाट अन्तिम टुङ्गो लगाइनेछ । सो वडाको हकमा पनि त्यहि गरिने मुख्य निर्वाचन अधिकृत सिलुवालको भनाइ छ । वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।...