पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा रुख र सुर्यमा बराबरी मत १०५३/१०५३ आएको छ । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउने विकल्पको खोजी भइरहेको छ ।
वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का र एमालेको किरण पाण्डेबीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।
पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको १२ नं. वडाको वडाध्यक्षमा नेपाली काङ्ग्रेसको चुडाराज काप्mलेले प्यानलै विजयी हाँसिल गरेका छन् । उनले ४३९ मत लिएर विजयी हाँसिल गरेका हुन् । उनले एमालेका रमेश राउत क्षत्रीलाई ३१ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । क्षत्रीलाई ४०८ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का नविनकुमार बान्तवा राईलाई तेस्रो मत ४०४ प्राप्त भयो ।
वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको लक्ष्मी नारायाण चौधरी र दिलसेर अलिमिया विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी अनिता थापा र दलित महिला सदस्यमा काङ्ग्रेसकै रामकली विश्वकर्मा विजयी बनेका छन् ।...
पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको ११ नं. वडामा नेपाली काङ्ग्रेसको सुमन्त कोइरालाले विजयी हाँसिल गरेका छन् । उनले १६३७ मतका साथ विजयी हाँसिल गरेका हुन् । उनले एमालेका दिलबहादुर तामाङलाई ६०३ मत अन्तरमा पछि पार्दै जीत हाँत पारेका हुन् । तामाङलाई १०३४ मत प्राप्त भयो भने वडामा गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) का कालिदास राई (किसन) लाई तेस्रो मत ४०६ प्राप्त भयो ।
वडाको खुल्ला सदस्यहरुमा काङ्ग्रेसको भिमचन्द्र राई र एमालेको विष्णुकुमार श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी विमला राई र दलित महिला सदस्यमा काङ्ग्रेसकै निला कार्की ढोली विजयी बनेका छन् ।...
काठमाण्डौँ, जेष्ठ १६
दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (रासस)...
काठमाण्डौँ, जेष्ठ १६
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ ।
दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।
हेलिकप्टरमार्फत पुगेका सेना, प्रहरी र शेर्पा तथा पैदलमार्गबाट गएका स्थानीयको टोलीले भेटिएका शव सङ्कलन र हराइरहेकाको खोजी जारी राखेका छन् । पैदलमार्गबाट गएका करिब १०० जना सुरक्षाकर्मीको टोली घटनास्थल नजिकै पुगेका छन् ।
समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेकाले हेलिकप्टरमार्फत थप सुरक्षाकर्मी लैजान र सङ्कलित शव ल्याउन समस्या भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
आइ...
पूर्णपुष्टि, जेठ १६ गते ।
उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा आज (सोमवार) बिहान २ः३० बजे ट्रक दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । जिल्लाको पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाईड्रोपावरको लागी लादै गरेको ना ८ ख ८२९७ नं. को लोबेड (ट्रक ) आफै अनियन्त्रित भई सडकबाट अं. १ सय मीटर तल खोलामा झरी दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खडका, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायले बताए ।
ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरिक्षकसहितको प्रहरी टोलि घट्नास्थलमा गई लाश निकाल्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
पूर्णपुष्टि, जेठ १६ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा नेपाली काङ्ग्रेसकाे वसन्त बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राईलाई नगरबासीले चसनृका छन् । २०७९ बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा अमुल्य मतदान गरि नगरबासीले अबकाे पाँचवर्षका लागि जिताएकाे हाे ।
गणना १००१ बाँकी हुँदा उपमेयरकाे निश्चित भएकाे हाे । त्यसअघिनै मेयरकाे निश्चित भईसकेकाे थियाे । दुबै पदमा फराकिलाे अन्तर छ । नगरमा ४०,१७९ मत खसेकाे थियाे ।
अब मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै त्रिगुगाकाे गणना सम्पन्न हुनेछ ।...
पूर्णपुष्टि, जेठ १६ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे जीत पक्कापक्की भयाे ।
३८ हजार ३७४ मत परिणामले प्रमुखमा बस्नेतकाे जीत पक्का गरेकाे हाे । अब मत गणना 1805 बाँकी हुँदा बस्तेतकाे अग्रता २०२३ मतकाे छ । अब मत गणना चलिरहेकाे वडा नं. १० र ११ काे गणना सकिएसंगै त्रिगुगाकाे गणना सम्पन्न हुनेछ ।
उपप्रमुखमा भने एमालेकी महेश्वरी राईकाे प्रष्ट अग्रता छ । काङ्ग्रेसलाई पछि पार्दै अग्रता झन-झन फराकिलाे पार्दै गएकी राईकाे १४२५ मतले अग्रता छ । याे अग्रताले उनकाे जीत निश्चित गराउनेमा दसईमत छैन ।...
पूर्णपुष्टि, जेठ १५ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेतकाे प्रष्ट अग्रताले जीत नजिक पुर्याएकाे छ ।
३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा बस्नेत १९४६ मतले अग्रता छ । उनकाे १२,३६२ मत प्राप्त छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ । ती मत गणना चलिरहेकाे वडा नं. १०, ११ र १२ का हुन् । वडा नं.१२ मा ८००मत, वडा नं. ११ मा १४०० मत गणना हुँदा प्रमुखमा पहिलाे मत काङ्ग्रेसकै छ। पडा नं. १० मा १७०० मत गणना हँदा का्ग्रेसकाे दाेस्राे मत छ । अब, वडा नं. १० मा १३४९ मत गन्न बाँकी, वडा नं. ११ मा २१३६ र वडा नं. १२ मा ९६० मत गन्न बाँकी रहकाे छ । अबकाे मत परिणामले पनि प्रमुखमा काङ्ग्रेसलाई नै दिने संकेत छ ।
उपप्रमुखमा भने एमालेकी महेश्वरी राईले काङ्ग्रेसलाई पछि पार्दै १००१ मतले अग्रता लिएकी छिन् । पछिल्लाे मत परिणामले उनलाई जीत नजिक लगेकाे छ ।...
पूर्णपुष्टि, जेठ १५ ।
त्रियुगा नगरपालिकामा प्रमुखमा काङ्ग्रेसकाे प्रष्ट अग्रता भईरहदा उपप्रमुखमा भने नेकपा एमालेकाे अग्रताले फराकिलाे अन्तर पाएकाे छ । उपप्रमुखमा एमालेकी महेश्वरी राईले अग्रता टेकेपछि पछि फर्कनु परेकाे छैन । उनी लगभग जीतकाे नजिक पुगेकी छिन् ।
३५७५८ मत गणनाकाे परिणामले प्रमुखमा काङ्ग्रेसकाे वसन्त बस्नेत १९४६ मतले अग्रता छ भने उपप्रमुखमा एमाले १००१ ले अग्रता छ । अब ४४२१ मत गन्न बाँकी रहकाेछ। वडा नं. १०, ११ र १२ काे गणना चलिरहेकाे छ । यी वडाहरुकाे प्रारम्भिक मत परिणामले यिनै अग्रतालाई बढाउने संकेत छ ।...