Friday, July 10News That Matters

Month: ४ वर्ष अगाडि

गणतन्त्र दिवसमा त्रियुगाले विरामीलाई फलफुल वितरण

गणतन्त्र दिवसमा त्रियुगाले विरामीलाई फलफुल वितरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १५ । आज गणतन्त्त दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले उदयपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले विरामीहरुलाई फलफुल वितरण गरे । प्रशासकीय अधिकृत ढकालको नेतृत्वमा गएको टोलीले विरामीलाई भेटेर फलफुल वितरण गरेको हो । अधिकृत ढकालले फुलफुल वितरणसंगै विरामीको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएका थिए । उहाँले सम्पूर्ण विरामीको स्वास्थ्य लाभको कामना गरे ।...
पश्चिम अफगानिस्तानमा ९ किलो हेरोइनसहित दुई जना पक्राउ

पश्चिम अफगानिस्तानमा ९ किलो हेरोइनसहित दुई जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा प्रहरीले ९ किलोग्राम हेरोइन फेला पारेको छ । सो लागुऔषधको कारोबारमा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गरेको सरकारी बख्तर समाचार एजेन्सीले आइतबार उल्लेख गरेको छ। पश्चिमाञ्चल क्षेत्रमा केही दिनयता लागुऔषध कारोबारीविरुद्धको यो दोस्रो कारवाही हो । शुक्रबार प्रहरीले निमरोज प्रान्तमा एक व्यक्तिलाई पक्राउ गरी ४० किलो अफिम बरामद गरेको सिन्ह्वाले जनाएको छ। तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले युद्धग्रस्त देशलाई खतराबाट मुक्त नभएसम्म अवैध लागुऔषधविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ । (रासस)...
स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको प्र२–०१–००१च ००२२ नंको स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

त्रियुगाको १३ वटा वडामा गणना सकियो, बाँकी तीन वटा, वडामा कस्ले कति जिते ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १५ । उदयपुरको त्रियुगा नगरपालिकामा १३ वटा वडाको मतगणना सकिदा सात वडाध्यक्षमा काङ्ग्रेस, तीनमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) र तीन वटामा एमालेको जीत भएको छ । गणना भइरहेको बाँकी ३ वडाहरुमा काङ्ग्रेसकै अग्रता देखिन्छ । गणना सकिएको वडाहरुमा वडा नं. १, ३, ४, ५, ८, ९ र १३ मा काङ्ग्रेसले जितेको छ । वडा नं. १४, १५ र १६ मा माओवादी केन्द्रले जितेको छ भने वडा नं. २, ६ र ७ म एमालेले जितेको छ । विजयी वडाध्यक्षहरुमा वडा नं. १ मा काङ्ग्रेसका मनोजकुमार चौधरी, २ मा एमालेका घमानसिंह खत्री, वडा नं. ३ मा काङ्ग्रेसको तिलकबहादुर कटुवाल, वडा नं. ४ मा काङ्ग्रेसको बद्री बस्नेत, वडा नं. ५ मा काङ्ग्रेसको उद्धवबहादुर थापा रहेका छन् । त्यस्तै वडा नं. ६ मा एमालेका योगेन्द्रबहादुर दाहाल, वडा नं. ७ मा एमालेकै अम्बरबहादुर दनुवार, वडा नं. ८ मा काङ्ग्रेसको राजकुमा राउत, वडा नं. ९ मा काङ्ग्रेसको राजकु...
आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ सरकारले आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको उल्लेख छ । सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । (रासस)...
शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाकोे आकस्मिक अनुगमन

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाकोे आकस्मिक अनुगमन

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ शिक्षा तथा खेलकुदमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीको आकस्मिक अनुगमन गर्नुभएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले समयमै पाठ्यपुस्तक छपाई नसक्दा देशभर विद्यालय तहको पाठ्यपुस्तकको अभाव भइरहेका बेला मन्त्री पौडेलले केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको हो । अबको एक हप्ताभित्र देशभरका सरकारी विद्यालयका विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुग्ने गरी तीव्ररुपमा काम गर्न मन्त्री पौडेलले केन्द्रका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री भएर आएदेखि नै नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै प्रत्येक विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुग्नुपर्छ भनेकै थिए, त्यतिखेर जनक शिक्षाकै अनुगमन गर्दा पनि त्यहीँ भनेको थिए, तर त्यसअनुरुप काम भएन, पाठ्यपुस्तक अभावका कारण केन्द्रलाई संसदीय समितिले बोलाउने अव...
यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्था

यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्था

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ १५ मुलुकको आर्थिक विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामध्ये केही सम्पन्न भए पनि केही भने हालसम्म सुरु हुन सकेका छैनन् । ती आयोजनाको भौतिक तथा वित्तीय प्रगतिसमेत सन्तोषजनक देखिँदैन । केही आयोजना झण्डै दुई दशकदेखि सञ्चालनमा छन् । सीमित साधनस्रोत, प्राविधिक जनशक्तिको अभाव तथा निर्माण सामग्रीको उपलब्धतामा देखिएको अप्ठ्यारोपनले गौरवका आयोजनाको अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन । सरकारले शनिबार प्रकाशित गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार ती आयोजनाको तीव्रत्तर विकासमा अझै जोड दिनुपर्ने देखिन्छ । सरकारले नेपाली नागरिकको गुणस्तरीय जीवन तथा साझा पहिचानमा सकारात्मक परिवर्तन ल्याउन आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय दृष्टिले प्रभावकारी हुने विश्वासका साथ राष्ट्रिय गौरवको आयोजना सञ्चालन गरेको छ । राष्...
सवारी दुर्घटनाहुँदा दुई युवकको मृत्यु

सवारी दुर्घटनाहुँदा दुई युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ मोरङको बेलबारी नगरपालिका–१० स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका–११ का २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल रहेका छन । हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२त ८५५९ नम्वरको ट्रयाक्टरमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका चौधरी र धिमाल घाईते भएका थिए । घाईतेहरुलाई तत्काल उपचारको लागि बिराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।...
दुर्घटना तारा एयरको स्थान पत्ता लाग्यो

दुर्घटना तारा एयरको स्थान पत्ता लाग्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १५ आज विहान बाट वेपत्ता तारा एयर पत्ता लागेको छ । स्थानीय वासिन्दाले विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको नेपाली सेनाले पुष्टि गरेको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको जनाएको छ ।  ...
प्रदेश नं १ को नामाकारण ‘किरात सगरमाथा’ गर्न आग्रह

प्रदेश नं १ को नामाकारण ‘किरात सगरमाथा’ गर्न आग्रह

Breaking News 1
काठमाण्डौँ, जेष्ठ १५ प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ ।किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामाकारण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो । धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किरात प्राकृतिक, भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गर्नुभयो । किरात राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकारण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किरात र विश्वको सर्वोच्च शिखरसहितको संयक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गर्नुभयो । समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ...