Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

ताप्लिकाे मतपरिणामले एमालेकाे अग्रता खतरामा

ताप्लिकाे मतपरिणामले एमालेकाे अग्रता खतरामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जृठ २ । ताप्ली गाउँपालिकाकाे मतगणना राेचक बन्दै गएकाे छ । गठबन्धन र एमालेबीचकाे फराकिलाे मतान्तर पुरिन अब मात्र १७ अङ्क बाँकी छ । अध्यक्षमा एमालेकाे बाबुराम राईकाे १५९९ मत हुँदा गठबन्धनकाे ढुङ्गराज वि.क.काे १५८२ मत रहेकाे छ । अझ करिव ५ सय मत गणना वाँकि हुँदाकाे याे परिणाम उल्टिएर गठबन्धनकाे अग्रता हुनसक्ने आकलन गर्नथालिएकाे छ । उपाध्यक्षमा भने सुरुदेखिनै गठबन्धन तर्फकी धना मगरकाे अग्रता छ । उनकाे २३८२ मत हुदा एमालेकी मानकुमारी थापाकाे १०७४ मत छ । थापा निबर्तमान पालिका अध्यक्ष उद्धव थापापत्नी हुन् ।...
उदयपुरगढीमा गठबन्धन पछ्यउदै एमाले

उदयपुरगढीमा गठबन्धन पछ्यउदै एमाले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरगढीमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउदै लगका छन्, भने एमालेको उम्मेदवार पछ्याउै छन् । उदयपुरगढी गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनबाट मानबहादुर मगरले ४१४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका गोयाल खत्रीले भने ३४२१ मत प्राप्त गरेका छन् । गठबन्धन भन्दा एमाले ७२२ मतले पछारी छ । यस्तै, उपाध्यक्षमा गठबन्धनका जितबहादुर खड्काले ३९०९ मत ल्याउदा एमालेकी गोमा कुमारी मगरले ३२०६ मत प्राप्त गारेकी छिन् । उपाध्यक्षमा गठबन्धनले ७०० मतले नेतृत्व गरिरहेको छ । लगाभग १९०० जति मत गन्न बाँकी रहेको छ ।...
बेलकामा गठबन्धनको आग्रता

बेलकामा गठबन्धनको आग्रता

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ उदयपुरको बेलकामा गठबन्धनले आग्रता बढाउँदै लगेको छ । गठबन्धनको अशोक कार्कीले ६३०१ मत प्राप्त गरेका छन भने एमालेका दुर्गा कुमार थापाले ४४४५ मत प्राप्त गरेका छन् । गठबन्धनका प्रमुखले १८५६ मतले आग्रता लिईरहेका छन । उपप्रमुखमा एमालेकी जिरा राईले ३९१९ मत प्राप्त गरेकी छन भने गठबन्धनका मनोज तामाङले ३८८० मत पाएका छन । उपप्रमुखमा एमालेकी जिरा राईले ३९ मतले आग्रता लिएकी छिन ।...
ताप्लीको परिणाम रोचक बन्दै

ताप्लीको परिणाम रोचक बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ ताप्ली गाउँपालिकाको परिणाम रोचक बन्दै गएकोे छ । ताप्लीमा मतगणना शुरुदेखी नै एमालेका बाबुराम राईले आग्रता लिदै आएका छन् । बाबुराम राईलाई गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् । एमालेका बाबुराम राईले ठुलो मतान्तरले ढुङ्गराज वि.क.लाई पछाडी पार्दै आएकोमा ७०० मत गन्न बाकी रहँदा भने मतान्तर ७७ रहेको छ । ताजा परिणम अनुशार एमालेका बाबुराम राईले १५७१ मत प्राप्त गरेका छन् भने गठबन्धनका ढुङ्गराज वि.क.ले १४९४ मत पाएका छन् । थोरै मत गन्न बाकीँ रहदा झिनो मतान्तर रहेकाले ताप्लीको गा.पा. अध्यक्षमा कस्ले जित्छ भन्ने चासो बढ्दै गएको छ । उपाध्यक्ष्मा भने गठबन्धनकी धना मगरले २२९८ मत प्राप्त गर्दा एमालेकी मानकुमारी थापाले १०११ मत पाएकी छिन् । अब ७०० मत मात्र गन्न बाकीँ रहेकोले गठबन्धनकी धना मगरको जित भैसकेपनि घोषण हुनमात्र बाकीँ छ ।...
रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

रौतामाईमा गठबन्धनको फराकिलो अग्रता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनले फराकिलो अग्रता बनाउँदै लगेको छ । अहिलेसम्मको परिणाम अनुशार गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका विरेन्द्र मगरले ३३०२ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्प्रर्धी भरत थापाले २७२६ मत पाएको छ । अध्यक्ष पदमा एमाले भन्दा गठबन्धन ५७६ मतले अगाडी छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका भूपेन्द्र थापा मगरले २७२९ मत ल्याउदा एमालेकी कुमारी ज्यू ठकुरीले २४०८ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा गठबन्धन भन्दा एमाले ३२१ मतले पछाडी परेको छ । रौतामाईमा मतगणनाको शुरुवातदेखी एमालेले अग्रता लिदै आएपनि आज भने गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अग्रता लिइरहका छन् ।...
खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । खोटाङमा जन्तेढुंगा गाउँपालिकाबाट अध्यक्ष पदमा पहिलो पटक महिला विजयी भएकी छिन् । नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले एमालेबाट निर्वाचित निर्वतमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन् । अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले १ हजार ५ सय ७५ मत ल्याएका थिए । हालसम्म निर्वाचित जनप्रतियिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासम्मत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्ष पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुरर २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राई २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए ।...
झापामा चट्याङले लागेर युवाको मृत्यु

झापामा चट्याङले लागेर युवाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ २ आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ । उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो । (रासस)...
मोटरसाइकल दुर्घटनाहुँदा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनाहुँदा दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेठ २ रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताउनुभयो । उहाँका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
उदयपुरमा विजय उत्सव मनाउन सुरु

उदयपुरमा विजय उत्सव मनाउन सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसंगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको हो । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमा राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप...
उदयपुरमा गठबन्धनको अग्रता कायमै, त्रियुगा र कटारीको मत गणना अन्यौलमा दुई

उदयपुरमा गठबन्धनको अग्रता कायमै, त्रियुगा र कटारीको मत गणना अन्यौलमा दुई

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुरमा गठबन्धनले अग्रता कायमै राखेको छ । आठ पालिका मध्ये छ वटामा मतगणना जारी रहदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएको चार पालिका मध्ये एक लिम्चुङबुङ गाउँपालिकामा जीत भइसकेको छ । सो पालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजर राईले अध्यक्षमा विजयी हाँसिल गर्नुभयो भने उपाध्यक्षम गठबन्धनतर्फकै नेपाली काङ्ग्रेसका पुष्पलाल राईले विजय हाँसिल गर्नुभयो । विजयी अध्यक्ष र उपाधयक्षले क्रमशः २,०५१ र १,९७३ मत प्राप्त गरेका थिए । बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा गठबन्धन अग्रता छ । बेलकामा गठबन्धनतर्फको अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका अशोक कार्की ४,५७० मत र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) का मनोज तामाङ ३,४७३ मतका साथ अग्रस्थानमा छन् । त्यहाँ एमालेको अध्यक्ष उम्मेदवार दुर्गाकुमार थापा फराकिलो मतान्तर १,६०७ मा रहेका छन्...