Thursday, July 9News That Matters

Month: ४ वर्ष अगाडि

मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली  हुने

मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । मतदानस्थलमा तोडफोड तथा मतदान अधिकृतमाथि आक्रमण भएपछि सप्तरीको डोक्नेश्वर नगरपालिका–२ जनता माविमा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । मतदान स्थलमै मतदान अधिकृतमाथि हातपात भएकाले आजको लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए । त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए । दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो । ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए । घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि...
त्रियुगाको १५ नं वडामा १७६५ मत खस्यो

त्रियुगाको १५ नं वडामा १७६५ मत खस्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिका १५ नं वडामा १७६५ मत खसेको छ । वडाको दुई ओटा मतदान स्थलमा सो मत खसेको हो । रानीवास र खाँवुमा रहेको दुई मतदान स्थल गरी जम्मा चार ओटा केन्द्रहरु रहेका थिए । रानीवासमा रहेको तिन केन्द्रमा १४४० मत खसेको छ भने खाँवुमा रहेको एक केन्द्रमा ३२५ मत खसेको हो । बिहानै ७ बजेबाट सुरु भएको मतदान ५ बजे सम्म सो मत खसेको हो । २१४५ मतदाता संख्या रहेको सो वडामा नेपाली कांग्रेस बाट पूर्व वडाअध्यक्ष निर बहादुर मगर र गठबन्धन बाट गणेश तिमिल्सिनाको मुख्य प्रतिस्पर्धा रहेको छ ।...
बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० करिब मतदान गर्न १ घण्टाको समय रहँदा उदयपुरको त्रियुगा नगरपालिकामा पनि बर्षाले असर गरेको छ । ७ बजे बाट सुरु भएको त्रियुगाको मतदान निरन्तर चलिरहेको बेलामा करिब ४ बजेर १८ मिलेट तिर परेको बर्षाले मतदान प्रभावित बनाएको छ । त्रियुगा लगायत बिभिन्न मतदान स्थलहरुमा बर्षाले असर गरेको छ । त्रियुगाको उच्च मावि, वालमन्दिर मावि, रातमाटे आधारभूत लगायतको मतदान केन्द्रहरुमा पानीको ठुलो असर परेको छ । मतदान गर्ने समय देशैभर बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म लागु गरिएको छ । उदयपुरमा बिभिन्न पालिकाहरुमा बर्षाले असर गरेको छ । कटारी, उदयपुरगढी, लिम्चुङबुङमा दिउँदै बर्षाले असर गरेका थिए भने बेलुका ४ बजेको समयमा सबै पालिकाहरुमा पानीले असर गरेको हो । त्रियुगा लगायत तल्लो भेगहरुमा भने मतदानको अन्तिम समय तिर बर्षाले असर गरेको छ । जिल्लामा १ बजे सम्म करिब ५० प्रतिशत मत खसिसकेको अवस्था थियो । ...
लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका उपाध्यक्षको उम्मेदवार रमिला राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट ७ः ४५ बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका अध्यक्षको स्वतन्त्र उम्मेदवार होम किराँतीले बलम्ता केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–४ बलम्ता मावि बलम्ता केन्द्रबाट ७ : ३० बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमाले तर्फको पालिका अध्यक्ष उम्मेदवार राजकुमार राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले विहान ७ : ४५ बजेको समयमा मतदान गरेका हुन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
उदयपुरमा ६ घण्टाको अबधिमा ५० प्रतिशत मत खस्यो

उदयपुरमा ६ घण्टाको अबधिमा ५० प्रतिशत मत खस्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा १ बजे सम्म ५० प्रतिशत मत खसेको छ । ७ बजे देखी सुरु भएको मतदान कार्य ६ घण्टाको अबधिमा करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख दिपक खनालले जानकारी दिनुभयो । खनालका अनुसार सो अबधिमा ५० प्रतिशतले मतदान गरेको छ । यस्तै जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा भने बर्षातले समस्या बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण तरिकाले मतदान गरिरहेको अवस्था छ । पानीबाट छल्ने कोठाहरुमा मतदान व्यवस्था गरेर पनि मतदान भने रोकिएको छैन् । उदयपुरका आठ पालिकाको ९८ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भैरहेको छ । मुख्य निर्वाचन अधिकृत खनालले जिल्लाभरी नै सौहाद्र्धपूर्ण वातावरणले मतदान भैरहेको जनाउनुभयो ।...
लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फको पालिका अध्यक्ष उम्मेदवार मेजरकुमार राईले विहान ११ः१५ बजे मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । गठबन्धनका उपाध्यक्ष उम्मेदवार पुष्पलाल राईले १२ : ०० बजे मतदान गरेका छन् । उनले वडा नं. ४ स्थित बलम्ता मावि केन्द्रबाट मतदान गरेका हुन् ।...
लिम्चुङबुङमा बर्षाका कारण मतदानमा समस्या

लिम्चुङबुङमा बर्षाका कारण मतदानमा समस्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० लिम्चुङबुङ गाउँपालिकामा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बर्षातका कारण मतदानमा असहजता भएको छ । बिहान सात बजेदेखी नै मतदान कार्य सुरु भएृपनि पानी परेको कारण मतदाताहरुलाई असहज बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण सहभागीता जनाएको छ । लिम्चुङबुङमा एमाले सँग कांग्रेस र माओवादीको संयुक्त गठबन्धन विच प्रतिस्पर्धा रहेको छ । उदयपुरकै कम मतदाताहरु ८४९४ रहेको यषे गाउँपालिकामा सात मतदान स्थलहरु रहेको छ ।...
कटारीको माथिल्लो भेगमा बर्षातले मतदानमा असहज

कटारीको माथिल्लो भेगमा बर्षातले मतदानमा असहज

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ३० कटारी नगरपालिकाको माथिल्लो भेगहरुमा बर्षातले मतदानलाई असर पारेको छ । कटारीको केहि स्थानहरु बेतेनी र सिरिशे लगायतका ठाउँहरुमा बर्षाका कारण मतदाताहरुलाई असहजता भएको हो । बिहान ७ बजे बाट सुरु भएको मतदानमा १० बजे बाट पानी परेर असहजता गरेको हो । पानीका कारण मतदाताहरुलाई असर पारेपनि मतपत्र र मत पेटिकाहरुलाई भने सुरक्षित राखिएको छ । स्थानीय, राजनितिक दलबिचको सहमतीमा कोठा भित्र मतदानलाई निरन्तरता दिएको निर्वाचन अधिकृत राज कुमार राउतले जनाए ।...