अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा
काठमाण्डौँ, बैशाख २९
सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् ।
धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि हुनुहुन्थ्यो सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो ।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तक्र्रियाका लागि उहाँहरु सो अस्पतालबाट आमन्त्रित हुनुहुन्थ्यो । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । अन्तक्र्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढ्नुभएको थियो ।
अस्पतालका प्रमुख डा रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश ...







