Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

निर्भयका साथ मतदान गर्न मुख्य निर्वाचन अधिकृतको अनुरोध

निर्भयका साथ मतदान गर्न मुख्य निर्वाचन अधिकृतको अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २८ उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले मतदातालाई निर्भयका साथ मतदानमा सरिक भई मतदान गर्न अनुरोध गर्नुुभएको छ । उदयपुरमा कसनै किसिमको सुरक्षा खतरा नरहेकोेले मनपरेको उम्मेदवारलार्य मतदान गर्न आग्रह गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत खनालले राजनितिक दल तथा उम्मेदवारलाई मौन अवधिको पालना गर्दै निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित बनाउन समेत अनुरोध गर्नुभएको छ । जिल्लाभरिका सबै मतदान स्थल तथा केन्द्रमा नयाँ मतदाताको फोटोसहित मतदाता परिचय वितरणको कार्य भईरहेको छ । साथै मतदान स्थल व्यवस्थापनको कार्य समेत भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकामा डा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गर्नुुभयो । राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगत...
एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । नेकपा एमाले र सत्ता गठबन्धनबीच झडप हुँदा दार्चुलाको दुहु गाउँपालिका–५ का वडा अध्यक्ष पदमा उम्मेदवार घाइते भएको छ । झडपमा एमाले पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवार रहेका मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।...
कलङ्कीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कलङ्कीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)...
त्रियुगामा ग्राभेलको काम पनि अवरोध

त्रियुगामा ग्राभेलको काम पनि अवरोध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ । उदपुरको त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरुमा ठूलो दलहरुले अवरोध गरेको छ । प्रत्येक वडामा ग्राभेल हुन बाँकी सडकहरुमा ग्राभेल गर्ने सम्झौता अनुसार काम गर्ने क्रममा त्रियुगा नगरपालिका–१३ को किरात ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । (रासस)...
गाईघाटमा निम्न वर्गको मतदातालाई प्रभावित पार्न ६० कुखुरा वितरण

गाईघाटमा निम्न वर्गको मतदातालाई प्रभावित पार्न ६० कुखुरा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २८ स्थानीय चुनाव करिब २ दिन मात्र बाँकी छ । मंगलबार रातिको १२ बजेबाट मौन अवधि पनि लागु गरिएको छ । यो बेला चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिएको अवस्था हुन्छ । तर गाईघाटमान यस्तै अवस्थामा पनि निम्न बर्गको मतदाताहरुलाई प्रभावित पार्दै भोट आकर्षित गर्ने उदेश्यल ६० कुखुरा वितरण गरिएको छ । गाईघाटको डिएमगेट नजिक रहेको सप्तकोशी पोल्ट्री फर्म बाट कुखुरा वितरण गरिएको बुझिएको छ । पोल्र्टी फर्मका अनुसार आफुहरु बाट ६० कुखुरा किनेको तर केका लागि हो भन्ने थाहा नभएको जनाए । कुखुरा मुस्लीम वस्तीका मान्छेहरुलाई वितरण गरिएको भन्ने आएको छ । दाहुल भन्ने व्यक्तिले कुखुरा आपुहरु सँग खरिद गरेको पोल्र्टी फर्ममका संञ्चालकले जनाए । ६० ओटा कुखुरा मध्ये ४६ ओटा कुखुरा वितरण गरिसकेको र १४ ओटा भने बाँकी रहेको प्रत्यक्षदर्शीहरुले जनाए । आचार संहिताको अवस्थामा ...
उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ

उदयपुरमा मौन अबधिको उल्लंघन गर्दै परराष्ट्र मन्त्री नारायण खड्का काङ्ग्रेसलाई भोट माग्दैँ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्का ले मौन अबधिको उल्लंघन गर्दै उदयपुरमा खुलमखुल्ला भोट मागिरहेका छन । निर्बाचन आयोगले हिजो राती देखि मौन अबधी लागू गर्दै उम्मेदवारलाई भोट माग्न, चुनावी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । निर्बाचन आयोगको यो नियम पालना गर्नु सबैको दायित्व हो अझ सरकारको मन्त्रीको त झन बढी दायित्व हुन्छ । तर नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अबधिको धज्जी उडाउदौ नेपाली काङ्ग्रेसको पक्षमा भोट मागेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. नारायण खड्काले निर्बाचन आचारसंहिता तथा मौन अबधिको उल्लंघन गर्दै उदयपुरको जलजलेमा पुगि आज बिहान नेपाली काङ्ग्रेसलाई जिताउन भन्दै स्थानिय मुश्लिम बस्तीमा पुगि भोट मागेका छन् । उनी भोट माग्न आफुमात्र गएका थिएनन साथमा लगेका थिए त्रीयुगा नगरपालिका को मेयर पदका उम्मेदवा...
जंगलमा महिलाको शव फेला

जंगलमा महिलाको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । जंगलका मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ । रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमवार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ । शव परीक्षणका लागि रूकुम (पूर्व) अस्पताल ल्याइँदैछ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।...
प्रदेश १ का सीमा नाका ७२ घण्टाको लागि बन्द

प्रदेश १ का सीमा नाका ७२ घण्टाको लागि बन्द

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । स्थानीय निर्वाचलाई लक्षित गरेको १ नम्बर प्रदेशका सबै सीमानाका तीन दिनको लागि बन्द गरिएको छ । जिल्ला प्रशान कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते रातिको १२ बजेसम्म ७२ घण्टा नेपाल भार सीमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ । यस्तै ३० गते निर्वाचनको दिन भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ । ‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले...