Wednesday, July 8News That Matters

Month: ४ वर्ष अगाडि

‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा

‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन९पुरानो स्मृतिलाई अगाडि ल्याउने० गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिनुभएका आख्यानकार मानिनुहुन्छ । हालसम्म उहाँका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् । आधुनिक चीनका निम्नवर्गीय पात्रहरूजस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भुत व्यङ्ग्य पाइन्छ । एक कथाको चरित्र अर्को कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् । अनुवादक शर्माल...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । आज सुनको मूल्यमा गिरावट भएको छ । आज सुन १ हजार रुपौयाँले घटेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९८ हजार रुपैयाँमा, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्यमा पनि गिरावट भएको छ । चाँदी तोलाको ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा करोबार भएको थियो ।...
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ । बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताउनुभयो । बिरामी उपचारका लागि ढि...
सहमतिपछि उठ्यो परियारको शव

सहमतिपछि उठ्यो परियारको शव

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो । बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताउनुभयो । स्थानीय प्रशासनले दोषीलाई पक्राउ गर...
उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता

उम्मेदवारको मृत्युपछि आज मनोनयन दर्ता

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २८ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ । (रासस)...
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । स्थानीय तहको निर्वाचन आउन अब मात्रै दुई दिन बाँकी भएकोले आज र भोली नयाँ मतदाताहरुका लागि लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्न थालेको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण थालेको हो । सम्बन्धित केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने आयोले जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लाग...
लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २८ भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । (रासस)...
ट्रक दुर्घटनाहुँदा सवारीधनी सहित चालकको मृत्यु

ट्रक दुर्घटनाहुँदा सवारीधनी सहित चालकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २८ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा सवारीधनी सहित चालकको मृत्यु भएको छ । सवारीधनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र चालक मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलवि...
उदयपुरमा सवारी दुर्घटना : ३ जना घाइते

उदयपुरमा सवारी दुर्घटना : ३ जना घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएम गेटमा सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन् । मंगलवार ७ः४० बजे प्रदेश नं. १०५–०० प ७०११ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँएको छ । दुर्घटनामा परी सोही ठाउँका दुर्गा मन्दिर बस्ने ३० वर्षीय हसिना खातुन, स्कुटर चालक त्रियुगा नगरपालिका–७ चुवाडेका २१ वर्षीय नारायण दाहाल र त्रियुगा नगरपालिका–३ मोतिगडाका १९ वर्षीय राजु बुढाथोकी घाइते भएका हुन् । दुर्घटनामा पैदल यात्री खातुन गम्भिर घाइते भएकाले उनको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ । स्कुटर चालक र सवार दवैको हातखुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । स्कुटर र चालक जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रमा रहेको छ ।...
हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ । प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय,...