Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा आज दुवै जनाको मृत्यु भएको बताइएको छ । सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस...
घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत

घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २७ त्रियुगा नगरपालिकाका लागि राप्रपा बाट नगर प्रमुखमा उम्मेदवारी दिएका हरि वहादुर राउतले आफुहरु एमाले, कांग्रेस र माओवादी जस्तो झुक्याउने पार्टी र प्रतिनिधि नरहेको जनाएको छ । राउतले आफुले घोषणा पत्रमा उल्लेख गरिएको कुनै पनि एजेण्डाहरु अनरुप काम नभए एक घण्टा भित्रै नैतिकताको आधारमा राजीनामा दिने समेत प्रतिबद्ध गरे । रातले भने,” आफ्नो घोषणा पत्रमा भ्रष्टचार रहित विकास र नगरको परिकल्पना सँगै जनताहरुका लागि बिभिन्न कामहरुको एजेण्डा तयार पारेको छु । ती कुराहरु पुरा नभए जनताले मलाई आएर भनुनु काम भएन भनेर तत्काल राजिनामा दिनेछु । राउतले अन्य पार्टीहरुले जनताहरुलाई ब्रोईलर कुखुरा जस्तो थुनेर राखेको समेत आरोप लगाए । उनिहरुले कार्यकर्ता र जनताहरुलाई थर्काएर जुनमा भोट हाल भन्छ त्यहीमा भोट हाल्नु पर्ने गरी धम्काउने र तर्साउने जस्ता क्रियाकलापहरु समेत गरेको जनाए । उनले आफुले न...
रौतामाई गठबन्धनको मुर्कुचिमा भव्य आमसभा

रौतामाई गठबन्धनको मुर्कुचिमा भव्य आमसभा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २७ रौतामाई गाईपालिको मुर्कुचीमा गठबन्धनले भव्य आमसभा गरेको छ । चुनावी माहोललाई उत्साह जनक बनाउने भन्दै भव्य आमसभा गरेको हो । आमसभालाई जिल्लाको केन्द्रीय तथा प्रदेश नेताहरुले सम्वोधन गरेको छ । रौतामाईमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको छ । बिहान र्याली सहित कोणसभा गर्दै आमसभा गरेको हो । कोणसभालाई नेकपा माओवादीबाट केन्द्रीय सांसद सुरेश कुमार राई (हिमाल) प्रदेश सांसद नारायण बुर्जा मगर, मोहन खत्री र नेपाली कांग्रेस बाट रमिला राई, लक्ष्मी परियार ,मुरारी खड्का, विदुर बस्नेत लगायत नेताहरुले सम्बोधन गर्ने भएको छ । रौतामाई गाउँपालिकाको लागि अध्यक्ष पदमा गठबन्धनबाट माओवादी केन्द्रका बिरेन्द्र कुमार मगर र उपाध्यक्षका लागि भुपेन्द्र थापाले उम्मेदवारी दिएको छ । अध्यक्ष पदका उम्मेदवार मगरले गठबन्धनलाई कहिले भोट दिने दिन आउला र जिताऔँला भन्ने उत...
नेपाली काँग्रेस त्रियुगा नगरको प्रतिबद्धता पत्रमा झुट्ठको खेती

नेपाली काँग्रेस त्रियुगा नगरको प्रतिबद्धता पत्रमा झुट्ठको खेती

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । नेपाली काँग्रेससको स्थानीय घोषणा पत्रमा नगरबासीलाई मुर्ख बनाउने जस्तो देखिएको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर सरिता राईको घोषणा पत्रमा “यस नगरको जनसंख्याको ठूलो हिस्सा रहेको वडा नं. ११, १२ र १३ मा खानेपानीको छुट्टै योजना सञ्चालन गरिने छ । नगर क्षेत्रमा २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरुलाई विद्युत महशुल छुट गरिनेछ । .... वडा नं. ११ को पिपलचोक देखि संगमटोल, शिवालयटोल, जनमुखीटोल, लक्ष्मीमार्ग र इन्द्रेश्वर टोल हुँदै बरुवा खोलासम्मको दित्तेल जाने सडक छ महिना भित्र कालोपत्रे गरिनेछ ।” तीन वर्ष अगाडी त्रियुगा नगरपालिकाको नगर परिषदले वडा नं. ११, १२ र १३ का लागि छुट्टै गाईघाट खानेपानी आपूर्ति आयोजनाको लागि केन्द्र सरकारले प्रदेश सरकार मार्फत काम गर्न नगरपालिकालाई बजेट विनियोजन गरेको छ । करिव ३१ करोडको लागतमा सो आयोजना बन्न लागेको छ । आयोजन...
उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सहित स्वास्थ्यकर्मिको कुनै अत्तोपत्तो छैनन् । प्राविधिक र स्वास्थ्यकर्मीको टुङ्गो नलगाई आँखा अस्पतालका अध्यक्ष तथा मेयरका उम्मेदबार भागवत राउत स्थानीय तहको चुनावको मुखमा टिकट हत्याउन हतार हतार उद्घाटन गर्न भ्याए । मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएका दिन बाहेक एक जना बिरामीले पनि चेक जाँच नगराएको स्थानीयबासीको भनाई रहेको छ । उदयपुरमा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योति स...
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत : २६ वर्षीय राई पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत : २६ वर्षीय राई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । उदयपुरमा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । किशोरीलाई करणी गरेको अभियोगमा बेलाका नगरपालिका–६ बस्ने २६ वर्षीया गणेश राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ करणी गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ । बुटवल बधशालालाई यस क्षेत्रका ठूला बजारसँंग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्ने नमुना परियोजनाका रूपमा लिइएको छ । गाउँ र सहरलाई जोड्न पशुपालक किसानको उत्पादन ९पशु० सहरमा पु¥याएर बिक्रीवितरण गर्ने र आर्थिक विकासमा राम्रो सम्भावना बन्ने सो परियोजनाले अन्तिम साकार रुप लिँदैछ । परियोजना सार्वजनिक–निजी–उत्पादक साझेदारीलाई एकै ठाउँ जोडेर निर्माण गरिएकाले पनि यसले गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । नेपालकै नमुना पशु बधशालाका रूपमा निर्माणाधीन संरचनालाई सार्वजनिक क्षेत्र, किसान, पशुपालक र उपभोक्तासमेतको सहभागितामा...
सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । घाइते दुवैलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको थियो । उपचारका क्रममा आज दुवै जनाको मृत्यु भएको बताइएको छ । सोमबार दिउँसो साढे १ बजे गढवाबाट लमहीतर्फ आउँदै गरेको रा६प ७३७९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश०१–०२७च ००७७ नंको स्कार्पियोले गढवा गाउँपालिका–५ सिक्रहवामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । (रासस)...
सर्पले टोकेर बालकको मृत्यु

सर्पले टोकेर बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, बैशाख २७ विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ । रेटिनोब्लास्टो भनेको बालबालिकाको आँखाको भित्री भागको पर्दा ९रेटिना०बाट पलाउने क्यान्सर हो र यो नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखापर्छ । तिलगङ्गा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले साताभरी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइरहेको जनाएको छ । यो रोग करिब १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिन्छ र यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको छ । प्रतिष्ठानले अस्पताल हाताभित्र यससम्बन्धी जानकारी दिने ब्यानर, फ्लेक्स, ब्रोसर सहितको जानकारी डेस्क राख्नुका साथै आमसञ्चारका विभिन्न माध्यम तथा सामाजिक स...