Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

नगरवासीले मलाई राम्रो सँग चिनेको छ, भारीमतले बिजयी हुन्छ : त्रियुगा मेयर उम्मेदवार बस्नेत

नगरवासीले मलाई राम्रो सँग चिनेको छ, भारीमतले बिजयी हुन्छ : त्रियुगा मेयर उम्मेदवार बस्नेत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० त्रियुगा नगरपालिकाको मेयर पदका उम्मेदवार बसन्त कुमार बस्नेतले त्रियुगाको मेयरमा भारी मतले जित्ने दावी गरेको छ । अन्य पार्टीको भन्दा बढी काँग्रेसलाई जनताले विश्वास गरेको भन्दै त्रियुगामा अत्यादिक मतले जित्ने जनाए । बस्नेतले आफ्नो उम्मेदवारी र भारी मतले जित्ने आधारका कारण नगरवासीहरु सँग नजिकको सम्बन्ध रहेको जनाए । उनले आफुले पार्टी भित्र पनि जनताहरुको लागि अत्यादिक काम गरेको र गाउँटोलमा संगठन विस्तार गर्दै पार्टीलाई मजवुत तथा जनताहरुलाई विश्वास दिलाएको जनाए । आफुले जिते त्रियुगा नगरमा वडावासीहरुका लागि पंञ्च बर्षिय योजना बनाउने जनाएको छ । यहाँका सम्पूर्ण समुदायका वडावासीहरुको आमभेलामा उनिहरुको आवश्यक अनुसारका पंञ्चवर्षिय योजना तयार पार्ने आफ्नो प्रमुख कार्य रहेको जनाए । उनले ठुलो सपना नदेखाउने नगरवासीको सुक्ष्म आवश्यकलाई ख्याल गरेर काम गर्ने जनाएको छ । बस्नेतले आ...
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २५ देखि मदिरा सेवन तथा बिक्रीमा रोक

स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २५ देखि मदिरा सेवन तथा बिक्रीमा रोक

Breaking News 3, समाचार
काठमाडौं, वैशाख २० गते । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रसासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो । जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो । निर्वाचनका लागि प्रचारका क्रममा दलहरुबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर ...
मुस्लिम समुदायले आज ईद मनाउदैँ

मुस्लिम समुदायले आज ईद मनाउदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । मुस्लिम समुदायको पर्व ईद आज देशभर धुमधामका साथै मनाईदैँ छ । मुस्लिम समुदायको ईद (ईदउल फित्र पर्व) को अवसरमा सरकारले मंगलवार देशभर सार्वजनिक विदा दिएको हो । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।...
नमूना मतदानमै मत बदर

नमूना मतदानमै मत बदर

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताउनुभयो । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम...
माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक ६० वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ । बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार रहेका हरिराम साउँमाथि सोमबार खुकुरी प्रहार भएको हो । हिजो राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । प्रदेश नम्बर १ का १४ जना बागी उठेका उम्मेदवारमाथि नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।...
पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्नेलाइ माओवादीले गर्यो निलम्बन

पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्नेलाइ माओवादीले गर्यो निलम्बन

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २० माओवादी केन्द्र प्रदेश समितिले प्रदेश भित्र रहेका जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्ने तथा सहयोग गर्नेलाइ कार्बाही गरेको छ । प्रदेश समितिले उदयपुरका कृष्ण प्रसाद बराल, भिम ब. अधिकारी र यदु ढकाल लाई कार्बाहिको लागि केन्द्रमा सिफारिस गरेको छ । उनिहरु माओवादीका प्रदेश समिती सदस्य हुन । यस्तै माओवादीले लिम्चुङबुङ गा.पा. का उम्मेदवार विरुद्ध बागी दिने होम ब. राई र भिम ब. राईलाई निलम्बन गरेको छ । त्रियुगामा उपप्रमुखमा उम्मेदवारी दिएकी सावित्री थापा, चौदण्डिका कमलध्यज राई र तिलक राई लाई निलम्बन गरेको हो । प्रदेश समितिले उदयपुरमा बागी उम्मेदवार लाई सघाएको भन्दै राम प्र. बराल, दुर्गा मगर र तिलक सुवेदीलाई समेत निलम्बन गरेको छ । यस्तै सुनसरीका राम बिस्ट,ताप्लेजुङका जीवन ताम्लिङ र धनकुटाका सिताराम श्रेष्ठलाई समेत पार्टीबाट निलम्बन गरेको बिज्ञपति जारी गरि जान...
एक किलो सुनको गहनासहित एक युवक पक्राउ

एक किलो सुनको गहनासहित एक युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबाट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो । सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झा...
पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो । (रासस)...
घगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

घगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा...