टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा
काठमाण्डौँ, बैशाख २०
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आउनुभएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आउनुभएको छ ।
उहाँलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गर्नुभयो । कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आउनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन...









