गर्न नसक्ने अधुरो सपना देखाएर जनताहरुको निद्रा खलबल्याउने छैन् : पालिका अध्यक्ष उम्मेदवार राई
पूर्णपुष्टि, बैशाख २०
ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले बिभिन्न नेता तथा जनप्रतिनिधिहले अनावश्यक सपनामा जनतालाई रणभुलमा पार्ने गरेको जनाएको छ । गर्न नसक्ने काम प्रति जनताहरुलाई झुटो आश्वासान देखाउनु भनेको जनताहरुबाट आफै अविश्वासको पात्र बन्नु भन्दा केहि विकल्प नरहेको भन्दै सम्पूर्ण जनप्रतिनिधि तथा नेतृत्वहरुमा सजग रहन समेत सुझाप दिए ।
राईले जनताको विश्वास जित्न पहिले साना साना आवश्यकताहरु पुरा गर्न जरुरी रहेको जनाए । साना तर महत्वका कामहरु स्वास्थ्य, शिक्षा, सडक, बिजुली, खाने पानी, कृषि जस्ता कामहरु बाटै जनताहरु प्रेरीत हुने भएकाले अर्बौ अर्बको योजनाले जनताहरुलाई आश्वासन दिनु भनेको नेतृत्वको लागि निकै घातक व्यवासथा रहेको जनाए ।
पहिलो पुस्ताहरुले यस्ता व्यवस्थालाई निरन्तरर्ता दिँदै गर्दा पछिल्लो पुस्ताहरुको नेतृत्वमा निकै ठुलो असर पुगेको समेत जनाए । जनताले अहिले न...









