Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

Breaking News 3, समाचार
काठमाडौं, असार २ गते । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो । रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जनाएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताउनुभयो । तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै उहाँले बोर्डल...
कार विस्फोटमा पत्रकारको मृत्यु

कार विस्फोटमा पत्रकारको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौं, असार २ गते । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन् । साबेर नोमान अल–हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ९आईईडी०ले एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् । राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिशियाले धेर...
भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

Breaking News 3, समाचार, संसार
काठमाडौं, असार २ गते । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१३ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ । कोरोना महामार...
ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ गते । झापामा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको झापा गाउँपालिका–३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको हो । हिजो दिउँसो सवा २ बजे मे. १ त ४४१८ नम्बरको ट्याक्टरले मे .११ प २८२२ नम्वरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।...
कटुवा पेस्तोल र लागुऔषधसहित १ जना पक्राउ

कटुवा पेस्तोल र लागुऔषधसहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ गते । सुनसरीमा कटुवा पेस्तोल र लागुऔषधसहित एक जना युवक पक्राउ परेको छ । जिल्लाको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राईलाई पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिससहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
आफ्नै घरमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

आफ्नै घरमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ गते । आफ्नै घरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । झक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटकी ४५ वर्षीया कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।...
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

Breaking News 3, समाचार
काठमाण्डौँ, असार २ नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन् । दुई बैंकबीच एकापसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै रु ५२ अर्ब कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोब...
पुलबाट टिपर खस्दा चालकको मृत्यु

पुलबाट टिपर खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, असार २ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०÷२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । (रासस)...
निगुरो टिप्न गएकी युवती बाघको आक्रमणबाट बेपत्ता

निगुरो टिप्न गएकी युवती बाघको आक्रमणबाट बेपत्ता

Breaking News 3, समाचार
काठमाण्डौँ, असार २ निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले जानकारी दिनुभयो । (रासस)...
प्रदेश १ बजेट :आर्थिक वृद्धिदर बढ्ने अनुमान

प्रदेश १ बजेट :आर्थिक वृद्धिदर बढ्ने अनुमान

Breaking News 1, आर्थिक, समाचार
काठमाण्डौँ, असार २ प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको आधारशीला निर्माण गर्न सामाजिक न्यायसहितको बहुआयामिक विकासलाई तीव्ररुपमा अघि बढाउने कुरा बजेटमा उल्लेख छ । प्रदेशमा निर्माण क्षेत्रले क्रमशः गति लिँदै गएको र ऊर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोको आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको संशोधित कूल गार्हस्थ्य उत्पादन रु सात खर्ब ६३ अर्ब रहने अनुमान गरेको बजेटमा प्रदेशको आर्थिक वृद्धिदर गत...