Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

विद्यालय जाने क्रममा स्कुटर दुर्घटनाहुँदा शिक्षिकाको मृत्यु

विद्यालय जाने क्रममा स्कुटर दुर्घटनाहुँदा शिक्षिकाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ३ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो । घटनास्थलभन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । (रासस)...
पहिरोमा परी २ को मृत्यु, १ घाईते

पहिरोमा परी २ को मृत्यु, १ घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ३ गते । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फु स्थितमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । पहिरोमा परी ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको र ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन । हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची दुईको घटना स्थलमै ज्यान गएको हो, भने एक घाईते भएको प्रहरीले जनाएको छ । घटना स्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटि उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ भने दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ । थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटि गएको छ ।...
उदयपुरको नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

उदयपुरको नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ । बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुङ्गा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउनुहुन्छ । चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो । शान्तिनगर टोलका रोका भन्नुहुन्छ, “बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुल...
उदयपुरका २ युवा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा

उदयपुरका २ युवा लागुऔषधसहित प्रहरीको नियन्त्रणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३ गते । उदयपुरका दुई जना युवालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–६ बेल्टारका २९ वर्षीय अनिष र २५ वर्षीय कालु राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हिजो बेलुका साढे ७ बजे रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुवैलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु दुवैको साथबाट फेनारागन–२८ एम्पुल, लिजेसिक–२८ एम्पुल र डाईजेपाम–२९ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता

ताप्लेजुङमा पहिरोले पुरिएर सासु–बुहारी बेपत्ता

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् । (रासस)...
भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ३ झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ । पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगु...
बालिका करणी अभियोगमा वडा सदस्य पक्राउ

बालिका करणी अभियोगमा वडा सदस्य पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ३ एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार ३ कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । (रासस)...
त्रियुगा नगरपालिकामा बन्यो ५ बर्षमा यी ४७ कानुन

त्रियुगा नगरपालिकामा बन्यो ५ बर्षमा यी ४७ कानुन

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ त्रियुगा नगरपालिकाले स्थानीय सरकारको रुपमा जिम्मेवारी प्राप्त गरेको पहिलो कार्यकालमा ४७ कानुन निर्माण गरेको छ । देश संघियता पश्चातको पहिलो स्थानीय सरकारको कार्याकालमा रहेर त्रियुगाले ४७ कानु निर्माण गरेको हो । निवर्तमान मेयर वलदेव चौधरी र देवी कुमारी चौधरी रहेको पहिलो कार्यकालले यी कानुनहरु निर्माण गरेको हो । त्यस मध्ये ८ वटा ऐन, ६ वटा नियमावली, २ वटा मापदण्ड, एक वटा आचारसंहिता, ४ वटा निर्देशिका र २६ वटा कार्यविधि गरी जम्मा ४७ कानुन बनेका छन् । त्रियुगा नगरपालिकाको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, संस्था दर्ता सम्बन्धी ऐन, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन, न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, सहकारी सम्बन्धी ऐन, शिक्षा ऐन, शंसोधित शिक्षा ऐन र वातारण संरक्षण गर्ने सम्बन्धि ऐन बनेको त्रियुगा नगरपालिकाका सुचना अधिकारी विश्व जित राईले बताउनुभयो । का...
अहिले सम्मकै बढी लागुऔषध बरामद : १ अर्ब २ करोडको हेरोइन

अहिले सम्मकै बढी लागुऔषध बरामद : १ अर्ब २ करोडको हेरोइन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ गते । अहिलेसम्मकै अत्याधिक लागुऔषध हेरोइन बरामद भएको छ । लागुऔषध कारोबारी विरुद्ध प्रहरी हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न भएको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागूऔषध हेरोइन बरामद गरेको हो । पत्रकार सम्मेलन मार्फत ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित सात जनालाई पक्राउ गरिएको बिहिवार जानकारी गराएको छ । बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ । ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् । ब्युरोकाअनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्...