Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

पानीमा डुबेर ३ जनाको मृत्यु

पानीमा डुबेर ३ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ५ गते । प्रदेश नं. १ का दुई जिल्लामा तीनको पानीमा डुबेर ज्यान गएको छ । मोरङको दुई जना र झापाको एक जना गरी तीन जनाको पानीमा डुबेर ज्यान गएको हो । मोरंङको जहदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधिया देवी मुखियाको मृत्यु भएको छ । मुखिया माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घर देखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी, मोरङकै रतुवामाई नगरपालिका–१ मुस्लिमटोल बस्ने साकिर आलमका २ वर्षीय छोरा जासिद मियाको कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृ...
उदयपुरमा एक महिला मृत फेला, कुटपिटबाट हत्या गरिएको स्थानीयको आरोप

उदयपुरमा एक महिला मृत फेला, कुटपिटबाट हत्या गरिएको स्थानीयको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ५ गते । उदयपुरमा मृत फेला परेको महिलाको कुटपिटबाट हत्या भएको स्थानीयहरुले आरोप लगाएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ नागवेली बस्ने खड्ग ब। राईको ३७ वर्षीया श्रीमती दिल कुमारी राई शनिवार मृत फेला परेकी थिइन् । प्रहरीका अनुुसार राईको खाना खाई सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ, तर स्थानीयहरुले भने मृत महिलाको कुटपिटबाट हत्या भएको आरोप लगाएको छ । हिजो बिहान १०ः५५ बजे अस्थाई प्रहरी पोष्ट नेपालटारमा टेलीफोन मार्फत घटनाको जानकारी आएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकसहितको प्रहरी टोली खटिएको थियो । कानुनी प्रकृया पुरा गरि शव पोष्टमार्टमको लागि बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्लाका प्रहरी नायव उपरिक्षक तथा डिएसपी सन्तोष आचार्यले बताउनुभयो ।...
१६ नं वडा सुकौरामा मुटु जाँच सेवा संञ्चालन

१६ नं वडा सुकौरामा मुटु जाँच सेवा संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ४ त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा मुटुँ जाँच सेवा संञ्चालनमा आएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र सुकौरालाई मुटु जाँच सम्बन्धि ECG न्मेशिन हस्तान्तरण सँगै अब निरन्तर जाँच हुने वडाअध्यक्ष मान वहादुर राईले जनाए । वडाअध्य राईले आफुले सो वडामा जित्दै गर्दा पदभारको दिन घोषणा गरिए निर्णय अनुसार बिहिबार स्वास्थय क्षेत्रबाट काम प्रतिवद्धता सुरु गरेको जनाएको छ । यस सेवाले दुरदराज कठिन भुगोलमा बसोवास गर्ने र आर्थिक अवस्था कमजोर भएका पछाडि परेका समुदायका स्थानीयबासिलाई प्रत्यक्ष लाभ अध्यक्ष राईले जनाए। मानव शरिरमा मुटु एक महत्वपूर्ण अंगको रुपमा लिईन्छ । यस अंगको जाँचमा ठुलो रकम र सबै ठाउँमा उपलब्ध नहुँदा दुरदराज र आर्थिक समस्यामा परेका जनताहरुले मुटुको अवस्थाबारे बुझ्नै सक्ने अवस्था हुँदैन् । यसरी स्थानीय स्थरमै प्रविधि मेशिन उपलब्ध हुँदा त्यहाँको स्थानीय तथा व...
कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

Breaking News 2, समाचार
काठमाण्डौँ, असार ४ यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो । “यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ”, उहाँले भन्नुभयो । उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आए...
कुनै पनि कर्मचारीलाई दर्व्यवहार गरिएको छैन : मन्त्री आले

कुनै पनि कर्मचारीलाई दर्व्यवहार गरिएको छैन : मन्त्री आले

Breaking News 1, समाचार
काठमाण्डौँ, असार ४ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । रासससँग उहाँले भन्नुभयो– समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ । कतिपय कामहरुमा निर्द...
गाईघाटको कोहबर होटललाई उत्कृष्ट मापदण्डको दुईतारे लोगो

गाईघाटको कोहबर होटललाई उत्कृष्ट मापदण्डको दुईतारे लोगो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ४ गाईघाट स्थित होटलहरुमा आवश्यकीय मापदण्ड र गुणस्तरीयको जाँच गरिएको छ । बिहिबार खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले गाइघाटका होटलहरुमा गरेको गुणस्तर र मापदण्डको जाँचको क्रममा गाईघाट बोक्से गरी १४ होटलहरुमा अनुगमन गरेका थिए । यस मध्ये सबै मापदण्ड सहित उत्कृष्ट होटलको रुपमा कोहबरलाई प्रमाण पत्र दिईएको छ । प्रमाण पत्र सहित यस होटललाई २ तारे लोगो पनि प्रदान गरिएको छ । डिभिजन प्रमुख रमेश दाहालका अनुसार अति उत्तम होटललाई २ तारे, उत्तमलाई १ तारे र अन्यलाई सामान्य बर्गमा बिभाजित गरिएको जनाए । यस मध्य गाईघाटमा एउटा अति उत्तम, ८ ओटा सन्तोष जनक र ५ ओटा भने सामान्य रहेको दाहालले जनाए । अति उत्तम, उत्तम, सन्तोष जनक र सामान्य गरी होटलहरुलाई ४ बर्गमा गुणस्तरीय मापन गरिने नियम रहेको समेत दाहालले जनाए । यस्तै होटल वल्र्ड दरवार, मोतिगडाको होटल द इम्पाइर इन, गाईघाटका ह...
उदयपुरमा राखिएको प्रहरीको ८३ गुनासो पेटिकामा चार गुणासो, सुधार गर्न पत्रचार

उदयपुरमा राखिएको प्रहरीको ८३ गुनासो पेटिकामा चार गुणासो, सुधार गर्न पत्रचार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३ उदयपुरमा राखीएको प्रहरीको गुणासो पेटिकामा सर्वसाधरण तथा जनताहरुले ४ गुनासो तथा सुझावहरु खसाएका छन् । कार्य सम्पादन सम्झौता अनुरुप प्रहरी कार्य सम्बन्धि सुझाव संकलनका लागि प्रहरीले राखिएको पेटीकामा जनताको ४ गुणासो फेला परेको हो । उनिहरुले प्रहरीलाई ४ गुणासो पेटीका मार्फत सुझाउनुका साथै सम्पानदका लागि निर्देश समेत गरेको छ । १ नं। प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुखबिच २०७८÷०८÷२३ गते उदयपुरका ८३ ओटा स्थानमा गुनासो पेटिका खडा गरिएका थिए । जिल्लाका ८ वटा पालिका तथा ७५ वटा वडा कार्यालयहरु गरि जम्मा ८३ वटा गुणासो पेटिका मत पेटिका बिहिबावर स्थानीय तहका जननिर्वाचित पदाधिकारी, बुद्धिजिबी समेतको उपस्थितीमा खोली हेर्दा निम्न ४ वटा गुनासो प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । कटारी नगरपालिका ३ नं। वडा कार्यालयमा ...
एसियन लाईफ गाईघाटले दियो घातक रोगबापत क्यान्सर पिडितलाई ५ लाख बढी उपचार खर्च

एसियन लाईफ गाईघाटले दियो घातक रोगबापत क्यान्सर पिडितलाई ५ लाख बढी उपचार खर्च

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ३ एसियन लाईफ गाईघाट शाखाले घातक रोगका विरामीलाई ५ लाख १ हजार उपचार खर्च स्वरुप नगद प्रदान गरेको छ । २ बर्ष अगाडी मात्र त्रियुगा नगरपालिका ११ साकेलाटोल निवासी अन्जना खड्काले एसियन लाईफ कम्पनीमा बर्षिक धनलाभ विमा गरेकी थिईन् । सोही विमा बापत खड्कालाई उपचार स्वरुप रकम प्रदान गरिएको हो । परिवारका अनुसार खड्कालाई क्यान्सर जस्ता घातक रोगले सताएको जनाएको छ । कम्पनीले खड्कालाई स्वास्थ्य लाभको कामना सहित घातक रोग बापत सो रकम उपलब्ध गराएको हो । शुक्रबार विरामीको घरमै पुगेर कम्पनीका गाईघाट शाखा प्रमुख बालकुमार राई, अग्रज अभिकर्ता तथा उदयपुर सिमेन्टका उद्योगका कर्मचारी समेत रहेको बिष्णु राम राई लगायत कर्मचारीहरुले बिरामी खड्कालाई सो रकम हस्तान्तरण गरेको छ । खड्काले हाल सम्म २ किस्ता मात्रै रकम कम्पनीमा बुझाएका थिए । पहिलो किस्ता बापत ३८ हजार १२१ र दोस्रो किस्तामा १३ हजार ७...
उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार ३ गते । उदयपुरमा विप्लवद्धारा एमसिसिको विरोध प्रदर्शन भएको छ । नेपालले अमेरिकासँग गर्न लागिएको भनिएको स्टेट पाट्नरसिप प्रोग्राम (एसपिपि) राष्ट्रघाती भएको भन्दै विप्लप समुहले जिल्लामा प्रदर्शन गरेको हो । सो पार्टीको कार्यालयबाट शुरु भएको प्रदर्शन सदरमुकाम गाईघाटको पिपलचोकमा आएर कोणसंभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिले एसपिपि सम्झौता गरिए नेपालमा अमेरिकी सेना आउने भन्दै उक्त सम्झौत गर्ननहुने भन्दै नाराबाजी गरेको थियो । यो पार्टीले विगतमा पनि एमसिसि लगाएतका परियोजनालाई राष्ट्रघाती भन्दै विरोध गरेको थियो ।...
लोकसेवामा नक्कली परीक्षार्थी, शिक्षक पक्राउ : सक्कली परीक्षाबाट २० देखि ३० लाख असुली

लोकसेवामा नक्कली परीक्षार्थी, शिक्षक पक्राउ : सक्कली परीक्षाबाट २० देखि ३० लाख असुली

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३ गते । लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ मिलाएको अभियोगमा कास्कीबाट एक शिक्षक पक्राउ परका छन् । जिल्लाको पोखरा–२४ कास्कीकोटका कालिका माविका उपप्रधानाध्यपकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो । उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी पक्राउ परका हुन् । १९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । ...