Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

खोटाङको अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

खोटाङको अन्तरपालिका जोड्ने ग्रामीण सडक अवरुद्ध

Breaking News 2, समाचार
काठमाडौं, असार ६ गते । बर्सात सुरु भएसँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल भोजपुर सडकमा मात्र यातायात सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । “कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सबै ग्रामीण सडक भारी वर्षाका कारण अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रै महिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” दिक्तेल–बाक्स...
बाढीले अटो बगाउँदा १ जनाको मृत्यु

बाढीले अटो बगाउँदा १ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । स्थानीय १७ वर्षीया स्टिफिना राईको टेम्पो बगाउँदा मृत्यु भएको हो । आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका–१ की स्टिफिना राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए । टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घाईते चालकलाई उपचारको लागी धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।...
आजबाट उदयपुर जिल्ला समन्वय समितिको निर्वाचन प्रकृया शुरु

आजबाट उदयपुर जिल्ला समन्वय समितिको निर्वाचन प्रकृया शुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ६ गते । उदयपुरको जिल्ला समन्वय समितिको निर्वाचनको औपचारिक प्रकृया आज (सोमवार) बाट शुरु भएको छ । निर्वाचन प्रकृया अन्तगत आज मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सञ्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने काम हुनेछ । यसरी नामावली सच्याएको वा थप भएको खण्डमा सो संशोधित नामवली प्रकाशन हुनेछ । यस्तै मतदाताको विरोधमा उजुरी दिने कार्य समेत आजै हुनेछ । मतदाताको विरोधमा परेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपर छानविन÷जाचवुझ गरी अन्तिम नामवली प्रकाशन समेत आजै गर्ने तयारी गरेको छ । जिल्ला समन्वय समिति उदयपुरको निर्वाचन भने असार ९ गते हुने तय भएको छ ।...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

Breaking News 2, पर्यटन, लिम्चुङबुङ डायरी
पूर्णपुष्टि, असार ५ लिम्चुङबुङले पर्यटनको क्षेत्रमा तिव्रता दिएको छ । पर्यटनलाई पनि मुख्य आर्थिक स्रोतको रुपमा लिइदै आएको त्यस पालिकाले एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन आईबार बाट औपचारिक रुपमा निर्माण कार्य शुरु छ । उक्त भवन नेपाल सरकारले तयार पारेको पर्यटनको १०० सुचि भित्र पर्न सफल एभरेष्ट भ्यु टप पनि हो । सोही स्थानमा नेपाल सरकार पर्यटन बिभागबाट टेण्डर भई पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन निर्माण सुरु भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने कुरा बिभिन्न माध्यमहरुमा भन्दै आइरहेको अवस्थामा त्यो सपना साकार गर्न यस कामले पनि एउटा इटा थप्न सहयोग गरेको जनाए । भ्यु टप को पनि काम भैरहेको अवस्था छ । त्यस ठाउँबाट ८ हजार माथीका सगरमाथा सहित ६ हिमालहरु हेर्न सकिने छ । पालिकाको उच्च स्थानमा रहेको भ्यु टपबाट रमाईलो वाताव...
मृगौला पिडित छोरीलाई बचाईदिन रिक्सा चालक बाबुको अपिल

मृगौला पिडित छोरीलाई बचाईदिन रिक्सा चालक बाबुको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ५ गाईघाटमा एक रिक्सा चालक बाबुले आफ्नो छोरी बचाईदिन अनुरोध गरेको छ । रिक्सा चलाएर गुजारा टार्दै आएका बोक्से ठेगाना भई हाल त्रिनपा १३ जोखिपोखरी छेउ भाडामा वस्ने गणेश विकले मृगौला पिडित छोरीलाई आर्थिक सहयोग गरी बचाईदिन अनुरोध गरेको हो । बिकको ७ बर्षिया कलिलो छोरी मिना बिक मृगौला समस्याले ग्रसित छिन् । ठेला रिक्सा चलाएर परिवार धान्नै धौधौ परेका बिकलाई फरी एक्कासी अर्को बज्रपात परेको हो । बिकले छोरी बचाउने आशामा उपाएको विकल्प स्वरुपम सम्पूर्णमा आर्थिक सहयोगको याचना गरेको हो । छोरी बिरामी भएपश्चात काठमाण्डौँको बाल कान्ती हस्पिटलमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचारको क्रममा हस्पिटलले एक्कासी छोरीलाई मृगौला फेल भएको कुरा बताएको बिकले जनाए । पहिल्यै बाट सुन्नीने समस्याले छोरीलाई सताईरहेपछि हस्पिटल लगिएको बिकको भनाई छ । यसरी छोरीलाई एक्कासी ठुलो रोगले सताउँदा आफुह...
खोटाङमा विद्यालयको हिसाब खोज्ने शिक्षिकामाथि प्रधानध्यापकबाट हातपात

खोटाङमा विद्यालयको हिसाब खोज्ने शिक्षिकामाथि प्रधानध्यापकबाट हातपात

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ५ गते । खोटाङमा विद्यालयको हिसाब खोज्ने एक शिक्षिकामाथि प्रधानध्यापकले हातपात गरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षक कार्कीले बताइन् । व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् । व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाई छ । विद्यालयमा २७ लाख रुपैयाँ बराबरको भवन, १७ लाख रुपैयाँ बराबरको शौचालय ब...
धरानको किराना पसलमा गाँजा विक्री गर्ने २ महिला पक्राउ

धरानको किराना पसलमा गाँजा विक्री गर्ने २ महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ५ गते । सुनसरीको धरान उपमहानगरपालिका–५ बाट गाँजासहित प्रहरीले दुई महिला पक्राउ गरेका छन् । गाँजाको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले सञ्चाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको हो । पसलबाट गाँजा बरामद भएसँगै २२ वर्षिया बिनिता राई र ३२ वर्षिया सिमा राई रहेको धरानका ईन्स्पेक्टर गजेन्द्र रायले बताए दुबै महिलालाई म्याद थप गर्नु सुनसरी जिल्ला अदालत पठाएको रायले बताए । महिलाहरुले गाँजा धनकुटाबाट ल्याएर बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

Breaking News 3, समाचार
उदयपुर, असार ५ गते । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्नुहुन्छ, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घरखेत नष्ट ग¥यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र तथा तपेस्वरी क्षेत्रमा झण्डै ६०० घरपरिवार स्थानीय गिदेरी खोला, खर्रे खोलासहितको बाढी कटानका कारण विस्थापित भएका थिए । चार वर्षभित्रमा पनि सम्बन्धित निकायले नदी नियन्त्रण गर्न वा तटबन्धन निर्माणमा ध्यान नदिँदा यसपटक पनि भीषण वर्षा हुने अवस्था रहेका कारण आफूहरू बाढीको उच्च जोखिममा रहेको वेलका भ...
ताप्लेजुङमा आठ घर पहिराले बगायो

ताप्लेजुङमा आठ घर पहिराले बगायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ५ गते । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा...
मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पेस्तोल बरामद

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पेस्तोल बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ५ गते । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका–६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट १ थान पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुले संगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...