Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख फिरौती माग्ने युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ७ गते । अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक जना युवक पक्राउ परेको छ । सप्तरीको राजगढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा पक्राउ परेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ । उनले फिरौती रकमको लागि परिवारलाई नाटकीय रुपमा भिडियो क्लिपसमेत पठाएको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी वर्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ ।...
समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन र एमाले भिड्दै

समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन र एमाले भिड्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ७ गते । जिल्ला समन्वय समितिमा काँग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन र एमाले भिड्ने भएका छन् । गठबन्धन तर्फबाट एकिकृत समाजवादीका गौर बहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदवारी दिएका छन्, भने एकालेबाट इन्द्र राज कार्कीले मनोनयन दर्ता गरेका छन् । यस्तै उप–प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज प्रसाद गिरीले मनोनयन गर्दा, एमालेबाट हिम कुमारी विश्वकर्माले उम्मेवारी दिएकी छिन् । जिल्ला समन्वय समितिको निर्वाचन असार ९ गते हुदैछ । जसमा १६ जना मतदातामध्ये गठबन्धनका ११ र एमालेका ५ छन् ।...
श्रीमान श्रीमतीनै प्रतिबन्धित औषधीसहित पक्राउ

श्रीमान श्रीमतीनै प्रतिबन्धित औषधीसहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ गते । धरानबाट प्रतिबन्धित औषधीसहित श्रीमान श्रीमती नै पक्राउ परेका छन् । धरान–५ झोडापाटाबाट ठुलो मात्रामा प्रतिबन्धित औषधीसहित २५ वर्षीय बिपना तामाङ र २१ वर्षीय जनिस राईलाई पक्राउ परेका हुन् । उनीहरूको साथबाट स्पासपाम १६१० ट्याब्लेट र ट्रामडोल १५० र १२९० ट्याव्लेट बरामद भएको हो । पक्राउ परेका दुवै जनालाई औषधीसहित औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।...
वरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

वरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ गते । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन वरदान साबित भएको छ । गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा तत्काल उपचार नपाए बिरामीको ज्यानै गुम्ने गर्दछ । तर, भौगोलिक विकटताका कारण विषालु सर्पले डसेका बिरामीलाई उपचारका लागि ३० किलोमिटर टाढा चारआली सर्पदंश उपचार केन्द्र धाउनुपर्दा बर्सेनि औसत आठजना कचनकवलवासीको बाटैमा मृत्यु हुने गरेको थियो । गाउँमै उपचार केन्द्र सञ्चालनमा आएपछि कसैले पनि अकाल मृत्युवरण गर्नु नपरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख जागेश्वरप्रसाद यादवले बताउनुभयो । बर्खासँगै झापामा विषालु सर्पको त्रास बढ्ने गरेको हुँदा छिमेकी पालिकाहरु भद्रपुर र बाह्रदशीसहित भारतको किसनगञ्ज जिल्लाका बिरामीहरु समेत उपचारका लागि कचनकवल आउने गरेको उहाँले जानकारी दिनुभयो । कचनकव...
क्याफेमा आगलागीबाट क्षति

क्याफेमा आगलागीबाट क्षति

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ गते । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हँुदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । रासस...
एन्फामा नयाँ कार्यसमिति चयन

एन्फामा नयाँ कार्यसमिति चयन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को २१औँ साधारणसभाको नयाँ कार्यसमिति चयन गर्न सोमबार राति सम्पन्न निर्वाचनले १९ जना कार्यसमितिको मात्रै टुङ्गो लगाएको छ । पङ्कजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई छ मतले पराजित गर्दै चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभयो । कूल ८४ मतमध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै स्वतन्त्र उमेदवार राजीवराज पौड्यालले भने एक मत पनि प्राप्त गर्नुभएन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी शिक्षित पराजुलीलाई चार मतले पछि पार्दै विजयी हुनुभएको हो । वीरबहादुरले ४४ प्राप्त गर्दा शिक्षित पराजुलीले ४० मत प्राप्त गर्नुभएको थियो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुनुभयो भने शेर्पा प्यानलका एक उम्मेद...
ट्याङ्करमा आगलागी

ट्याङ्करमा आगलागी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ गते । कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । ना४ख ७८८८ नंको उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिनुभयो । उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उहाँको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन । ...
बोलेरो दुर्घटनामा नेकपा एस त्रियुगा नगर कमिटी सदस्य बस्नेतको मृत्यु

बोलेरो दुर्घटनामा नेकपा एस त्रियुगा नगर कमिटी सदस्य बस्नेतको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ७ सोमवार साँझ भातिखर्कमा भएको बोलेरो दुर्घटनामा एक जनाको ज्यान गएको छ । बेल्टार बाट गाईघाट तर्फ आउँदै गरेको बोलेरो मदन भण्डारी रामार्ग अन्तर्गत पर्ने त्रियुगा नगरपालिका १३ भातिर्खमा दुर्घटना हुँदा कुमार वस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बा ९ च ३८४६ नम्बरको बोलेरो भातिखर्क नजिक आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लिला बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा बस्नेत गम्भिर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल बोक्से पुर्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको थियो । बोलेरो आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको थियो भने बोलेरो चालक सामान्य घाइते भएको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । मृतक बस्नेत नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटी सदस्य हुन् । बस्नेत त्रियुगा नगरपालिका १३ ढिक बस्ने स्...
उदयपुरमा बिमा सम्बन्धी सचेतना कार्यक्रम तथा अन्तरक्रिया

उदयपुरमा बिमा सम्बन्धी सचेतना कार्यक्रम तथा अन्तरक्रिया

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ६ उदयपुरमा राष्ट्रिय विमा समितिले जनप्रतिनिधिहरुसित बिमा सम्बन्धी सचेतना कार्यक्रम तथा अन्तरक्रिया गरेको छ । स्थानीय निकाय, सरोकारवाला, उद्योग वाणिज्य संघ  र बिमा कम्पनी गाईघाट शाखाहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । स्थानीय सरकारहरु सँग बिमा सम्बन्धीत थुप्रै बजेट तथा कार्यक्रमरु हुने र त्यस सम्बन्धि निति कार्यक्रम तथा प्रक्रियाहरुबारे सचेत गराउन उक्त कार्यक्रम गरिएको हो । सोमवार गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा त्रियुगा नरपालिकाका मेयर बसन्त वस्नेत लगायत वडाअध्यक्षहरु सहित उदयपुर शाखाका बिमा कम्पनी र सरोकारवालाहरुले गुणासो सहितको अन्तरक्रिया चलाएको हो । अन्तरक्रियामा मेयर वसन्त वस्नेतले बिमा बारे सचेत मात्र नभई कम्पनीले बिमा समिति तथा कम्पनीहरुले प्रक्रियालाई झन्झट रहित बनाउनु पर्ने जनाए । आज बिमा मानिसको मात्रै नभई पशु, कृषि, व्यापार व्यवसाय सबैक...
पेट्रोलिएम पदार्थको मूल्य बढेसँगै फेरि गाडी भाडा बढ्यो

पेट्रोलिएम पदार्थको मूल्य बढेसँगै फेरि गाडी भाडा बढ्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ६ गते । यातायात विभागले सार्वजनिक गाडीहरुको भाडा बढाएको छ । विभागले पेट्रोलिएम पदार्थको मूल्यमा वृद्धि भएसँगै गाडी भाडा पनि बढेको हो । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।...