Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

युवती बलात्कार अभियोगमा होटल संचालकसहित चार पक्राउ

युवती बलात्कार अभियोगमा होटल संचालकसहित चार पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, जेष्ठ ३१ नेपाल प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणीमा सङ्लग्न काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्त...
बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते

बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु, छ घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ३१ महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ । गए राति बर्दिबास नपा–३ स्थित स्मृत...
दीदीको घरमा भाइको हत्या, ५ जना पक्राउ

दीदीको घरमा भाइको हत्या, ५ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । दीदीकै घरमा भाइको हत्या भएको छ । पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो । जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको छ । ‘घटना किन घटाइयो ? कसको संलग्नता कति हो ? घटनाबारे थप अनुसन्धान भइरहेको खनाले बताए । जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको ख...
संसदमै सांसदले मल खोजेपछि…

संसदमै सांसदले मल खोजेपछि…

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, जेष्ठ ३० खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए पनि सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेको छैन । सरकारले प्रयास गरिरहेको भए पनि परिणाम हासिल नभएपछि काम गरेको प्रमाणित हुँदैन । नेपालमा मनसुन सुरु भइसकेको छ । खेतीपातीको मौसम सुरु भएको बेलामासमेत मल नपाएपछि किसान मात्रै होइनन्, राजनीतिक दल र सांसदलाईसमेत छोएको छ । प्रतिनिधिसभाको आजको बैठकसमेत त्यसैमा केन्द्रीत रह्यो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार मात्रै सरकारलाई विशेष निर्देशन दिँदै तत्काल किसानलाई रासायन...
यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु

यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ३० पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ । आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)...
बाढीको एक वर्ष : विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ

बाढीको एक वर्ष : विपद्को भयले मनाङवासीलाई अझै झस्काउँछ

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ३० मनसुन नेपालमा भित्रिसकेको छ । मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ । गत वर्ष जेठ र असारमा मस्र्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो । गत वर्षको ३१ जेठ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन । बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन । विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पु¥याएको थियो । गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका प्रभावित पुराना आवासलाई सरसफाइ गरेर बस्न बाध्य छन् । मनसुनको सुरुआत भएपछि बाढी प्रभावित भयमा बस्न बाध्य छन् । मनाङको सदरमुकाम चामे नै मस्र्याङ्दी न...
उदयपुरको ४ जनामा कालाजार रोग देखियो

उदयपुरको ४ जनामा कालाजार रोग देखियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ३० गते । उदयपुरको चार जनामा कालाजार रोग देखा परेको छ । विशेष गरी तराईमा देखा पर्ने कालाजार रोग जिल्लाको तीन पालिकाहरुमा पनि देखा परेको छ । त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी चार जनामा कालाजारको रोगी देखा परेको हो । त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । उनको अहिले उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । यस्तै, रौतामाई गाउँपालिका–५ आँपटारमा पनि ५० वर्षीय अरि रत्ना राईमा कालाजार देखा परेको छ । उनलाई पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पुष्टी गरेको निरौलाले जानकारी दिए । यस्तै, ताप्ली गाउँपालिका–५ रुपाटारमा दुई जनामा पनि कालाजारको विरामी फेला परेको छ । ...
माछा मार्ने क्रममा दुईको मृत्यु

माछा मार्ने क्रममा दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, जेठ ३० गते । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछितनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ । भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । रासस...
अवैध वन्यजन्तुसहित २ जना पक्राउ

अवैध वन्यजन्तुसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३० गते । अवैध वन्यजन्तु कछुवासहित नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।...
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३० गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन । आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बन्चरो प्रहार गरी भाईको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।...