Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

भिरबाट टाउकोमा ढुङ्गा खस्दा बालक ठहरै

भिरबाट टाउकोमा ढुङ्गा खस्दा बालक ठहरै

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ गते ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका–३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओत बहादुर श्रेष्ठका ६ बर्षीय छोरा भिम बहादुर श्रेष्ठ रहेका छन् । सोमवार बेलुका साढे ५ बजे चम्पादेवी–३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत  श्रेष्ठलाई अचानक भिर माथीबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको छ ।...
(वन टेस्ट) बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु

(वन टेस्ट) बुलेटको ठक्करबाट पैदलयात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१  मोरङको बिराटनगर महानगरपालिका– १४ रानी–बिराटनगर सडक खण्डमा (वनटेस्ट बुलेट) परिक्षणमा राखिएको मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६० बर्षीय मजेबुल मिया रहेका छन् । आज बिहान साढे ८ बजे बिराटनगरतर्फ जाँदै गरेको मोटरसाईकलको ठक्करबबाट सोही दिशातर्फ जाँदै गरेका मिया घाईते भएका थिए । घाईतेलाई बिराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपाचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल र चालक भारत मझपुरका ५९ बर्षीय बिन्देश्वर रामलाइ ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा श्रीमतीलाई छुरा हानी आफैलाई प्रहार

उदयपुरमा श्रीमतीलाई छुरा हानी आफैलाई प्रहार

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ उदयपुरको त्रियुगा नगरपालिका स्थित फुलजोरमा श्रीमानले श्रीमतीलाई छुरी प्रहार गरी स्वयम आफैलाई पनि प्रहार गरेको छ । मनदभण्डारी राजमार्ग अन्तर्गत पर्ने फुलजोरमा स्थानीयबाट बुझिए अनुसार जेठी श्रीमतीलाई छुरी प्रहार गरी आफैलाई प्रहार गरेको जनाएको छ । श्रीमतीलाई प्रहार गरे पश्चात आफैलाई प्रहार गरी त्रियुगा नदी किनारमा ढलेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र वोहोराका अनुसार छुरी प्रहार भएको तर पूर्ण जानकारी र बिवरण भने आफैलाई पनि थाहा नभएको जनाए । उनले यसको बारेमा डिएसपीलाई निर्देशन दिएको जनाए । अहिले घाईतेलाई धरान घोपा पठाईएको बाँकी विवरण आएपश्चात जानकारी गराउने जनाएको छ । श्रीमतीको पेटमा छुरी प्रहार भएको छ । उनी घाईते अवस्थामै रहेको छ भने श्रीमान बने नदी किनारमा ढलेको पाईएको छ ।...
सिलाई व्यवसायी संघ उदयपुरले गर्यो त्रियुगाको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

सिलाई व्यवसायी संघ उदयपुरले गर्यो त्रियुगाको जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरले हालै नवनिर्वाचित भएका त्रियुगाका नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्ममान कार्यक्रमको आयोजना गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार संघले कार्यलयमै भव्य स्वागत तथा सम्मान गरेको हो । नवनिर्वाचित मेयर वसन्त वस्नेत लगायत वडाअध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको संघकी जिल्ला अध्यक्ष ज्ञानु प्रधानले बताईन् । निर्वाचित जनप्रतिनिधिहरुलाई भव्य स्वागत सम्मान सहित बधाई ज्ञापन पनि गरिएको थियो । नगर प्रमुख वस्नेतकै प्रमुख आतिथ्यतामा जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको प्रधानले बताईन् । उक्त कार्यक्रममा मेयर वस्नेत सहित ११, १२, र ३ का वडाध्यक्ष तथा सदस्यहरु उपस्थिति रहेका थिए । उपप्रमुख महेश्वरी राई भने उपस्थिति हुन सकेकी थिईनन् । यस्तैगरी कार्यक्रमको अवसरमा त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश ...
त्रियुगामा कार्यपालिका सदस्यहरुले लिए सपथ

त्रियुगामा कार्यपालिका सदस्यहरुले लिए सपथ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । त्रियुगा नगरपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिएको छ । आज मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा मनोनित तथा निर्वाचित सदस्यहरुलाई नगर प्रमुख मेयर बसन्त बस्नेतले सपथ ग्रहण गराएको हो । त्रियुगा नगर कार्यपालिकामा मेयर उपमेयरसहित २७ जना कार्यपालिका समिती निर्माण भएको छ । नगरमा १६ जना वडा अध्यक्ष, ६ जना निर्वाचित सदस्य, २ जना मनोनित सदस्य र मेयर उपमेयर, प्रशासकिय अधिकृतसहित २७ जना कार्यपालिका सदस्यमा रहेको छ ।...
मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

मल आउनै बाँकी : झापामा रोपाइँ सुरु

Breaking News 3, समाचार
काठमाडौं, जेठ ३१ गते । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताउनुभयो । उहाँले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ यही हप्ताभित्रमा आउँदैछ ।” उहाँले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिनुभयो । प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताउनुभयो । १५ वटा पा...
१८ सयले घट्यो सुनको मूल्य

१८ सयले घट्यो सुनको मूल्य

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, जेठ ३१ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ । रासस...
मलको विकल्पमा खेतमा ‘ढैँचा’ उमार्दै किसान

मलको विकल्पमा खेतमा ‘ढैँचा’ उमार्दै किसान

Breaking News 2, समाचार
काठमाडौं, जेठ ३१ गते । गोबर मल र रासायनिक मलको विकल्पमा कतिपय कृषकले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन थालेका छन् । बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्ने गरेको उनीहरूको भनाइ छ । “गोबर मल र रासायनिक मलको अभाव भएको बेला खेतमा यो बिरुवा उमारेर मलको रूपमा प्रयोग गर्दा बाली सप्रिन्छ,” कञ्चनपुरका कृषक किसन चौधरीले अनुभव सुनाउनुभयो, “जोतेको खेतमा यो बिरुवाको बीउ छरेर सिँचाइ गर्नुपर्छ, २०–२५ दिन पुगेपछि तयार हुने बोटलाई माटोमै सडाउँदा मल बन्छ ।” रासायनिक मलको सट्टा कतिपय किसानले धान रोपाइँ गर्नुअघि खेतमा यो बिरुवाको बोट तयार पारेर मल बनाउन थालेको उहाँले बताउनुभयो । किसान एग्रोभेट धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटीले माटोको उर्बरा शक्ति बढाउनका लागि पछिल्ला वर्षमा कतिपय किसानले यो ढैँचाको खेती गर्न सिकेको बताउनुभयो । “मा...
केही स्थानमा भारी वर्षा

केही स्थानमा भारी वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, जेष्ठ ३१ जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, बागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश नं एक तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातको समयमा देशभर आंशिकदेखि...
शिक्षकको खुर्पा प्रहारले श्रीमती घाइते

शिक्षकको खुर्पा प्रहारले श्रीमती घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ ३१ गते । धनकुटामा शिक्षकले श्रीमतीमाथि खुर्पा प्रहार गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ हमेलाका शिक्षका जसन तामाङले श्रीमती सुनिता तामाङमाथि खुर्पा प्रहार गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते सुनिताको बाँया खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । खुर्पा प्रहारबाट घाइते सुनिता रक्ताम्मे अवस्थामा छिमेकमा शरण लिन पुगेको स्थानियहरूले बताए । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।...