Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

आजदेखी मतदाता नामवली परिचयपत्र बनाउन सुरु

आजदेखी मतदाता नामवली परिचयपत्र बनाउन सुरु

Breaking News 1
पूर्णपुष्टि, असार ३ आजबाट देशभर मतदाता नामवली परिचय पत्र बनाउने काम सुरु भएको छ । भर्खरै स्थानीय तहको चुनाव सकिए सँगै प्रदेश र संघको चुनाव आउन लागेको अवस्था छ । स्थानीय चुनावमा छुट्ेको मतदाताहरुका लागि निर्वाचन आयोगले सो अवसर दिएको छ । उदयपुरमा पनि यसको कार्य धमाधम भैरहेको अवस्था छ । छुटेका र बिभिन्न त्रुटीहरु सच्याउने कामलाई ध्यान राख्दै जिल्ला निर्वाचन कार्यालय उदयपुरले सो काम अघी बढाएको छ ।...
प्रतितोला छ सयले घट्यो सुनको मूल्य

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ । (रासस)...
समयमै पुल नवन्दा चौदण्डीगढीको खैराहामा यात्रु तथा स्थानीयहरुलाई सास्ती

समयमै पुल नवन्दा चौदण्डीगढीको खैराहामा यात्रु तथा स्थानीयहरुलाई सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १ चौदण्डीगढी नगरपालिका १० खैराहा खोलामा पुल नवन्दा सास्ती भोग्नु परेको छ । बर्षेनी आउने बर्षायामको बाढीले लामो तथा छोटो दुरी र त्यहाँका स्थानीयहरु सँधै सास्ती भोग्छन् । बैकल्पीक राजमर्गको रुपमा रहेको मदनभण्डारी सडक खण्डमै पर्ने उक्त खोलामा पुल ढिलाईका कारण यात्रुहरु सास्ती भोग्न बाध्य रहेको स्थानीयहरु बताउँ छन् । हिउँदमा पुलको वास्तै नगर्ने बर्खा भएपछि यात्रुहरु मारमा पर्ने यस्तो अवस्थालाई सम्बन्धीत निकायहरुले वास्तै नगरेको पाईन्छ । यहाँ बर्षाको समयमा यात्रुहरु वारीको वारी पारीको पारी मात्रै पर्दैनन् घण्टौ सम्म खोला सुक्ने पर्खाईमा पर्छन् । अझै टाढा बाट आउने यात्रुहरुत अलपत्रै पर्छन् । यति मात्रै हैन यस खोलाले कहिले मान्छे बगाउने, कहिले गाढी बगाउने र डुब्ने समस्याले समेत यात्रुहरु दिग्दार छन् ।...
खोलामा करेन्ट लाएर माछा मार्न खोज्दा आफ्नै मृत्यु

खोलामा करेन्ट लाएर माछा मार्न खोज्दा आफ्नै मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १ माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताउनुभयो । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् । (रासस)...
अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन

Breaking News 2, समाचार
काठमाण्डौँ, असार १ सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन । मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ”, कमलाले भनिन् । महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ । उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानविनका लागि माग गरेकी छिन् । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको...
मेघगर्जन र चट्याङसहित वर्षा

मेघगर्जन र चट्याङसहित वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, असार १ हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, मधेस र बागमतीमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आङ्शिक बदली रहेको छ । प्रदेश नं १, मधेस र बागमती प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । राजधानी काठमाडौँमा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव सात र न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्रि सेल्सियस रहेको छ । (रासस)...
उदयपुर सिमेन्ट  उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

उदयपुर सिमेन्ट उद्योग व्यवस्थापनको प्रतिबद्धता : दीर्घकालिन लक्षमा दृढता https://wp.me/pbHTHl-cNb

Breaking News 1, आर्थिक, बिचार, समाचार
उद्योग व्यवस्थापनको प्रतिबद्धता आजको ३४ औं बार्षिक साधारण सभा तथा बार्षिकोत्सव का प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिब श्री अर्जुन पोखरेलज्यू, संचालक समितिका अध्यक्ष तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री चन्द्रकला पौडेलज्यू, संचालकज्यूहरु, आदरणीय शेयरधनी महानुभावहरु, क्रियाशिल युनियनका अध्यक्ष तथा सदस्यज्यूहरु, यस उद्योगका सम्पूर्ण कर्मचारी मित्रहरु, सम्पूर्ण उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, संचारकर्मी मित्रहरु । १) उद्योग चलायमान बनाउने हाम्रो प्रयास सफलता तर्फ उन्मुख: यस आर्थिक बर्षको पहिलो ५ महिनामा सामान्य संचालन हुँदै आएको उद्योग २०७७ पौषमा बन्दप्राय: अबस्थामा पुगेको थियो, नयाँ महाप्रबन्धकको नियुक्ति संगै  उद्योग संचालनमा आएको व्यहोरा सभामा जानकारी गराउदछु । पछिल्लो समयमा कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको स्टक व्यवस्थित गरिए...
उदयपुर सिमेन्ट उद्योगको ३५ औँ बार्षिकोत्सव भव्य सम्पन्न

उदयपुर सिमेन्ट उद्योगको ३५ औँ बार्षिकोत्सव भव्य सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ नेपाल सरकारको स्वातित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले मंगलबार आफ्नो ३५ औँ बार्षिकोत्सव भव्य मनाएको छ । उद्योगका कर्मचारी, जनप्रतिनिध, संञ्चालक समिति तथा संञ्चारकर्मीहरुकोबीच भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको क्रममा उद्योगका महा प्रवन्धक गोपिकृष्ण न्यउपानेले उद्योगले लिएको लक्ष पुरा हुन लागेको समेत जनाए । न्यउपानेले २४ लाख बोरा बिक्रि लक्ष रहेकोमा करिब २१ लाख बोरा सिमेन्ट बिक्रि गरिसकेको जनाएको छ । उनले यस अर्थिक बर्ष भित्र उद्योगले करिब २४ लाख बोरा सिमेन्ट बिक्रि गर्ने लक्ष लिएको जनाए । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामै १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरिसकेको अवस्था छ। माहा प्रवन्धक न्यउपानेका अनुसार हाल उद्योगको हरेक क्षेत्रले प्रगतिको फड्को मारेको जनाए । कर्मचारीरुको व्यवस्थापन, उत्पादनमा बृद्धि, सामानहरुको ...
अषाढ ९ मा समन्वय समितिको चुनाव हुने

अषाढ ९ मा समन्वय समितिको चुनाव हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ जिल्ला समन्वय समिति उदयपुरको चुनाव असार ९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्य, र सदस्य प्रयोजनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार असार ६ मा मतदाता नामवली सम्बन्धी कार्य, असार ७ मा उम्मेदवारी सम्बन्धी, ८ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशन र ९ गते मतदान हुनेछ । जिल्ला समन्वय समितिको चुनावमा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने ब्यवस्था छ । उदयपुरको जिल्ला समन्वयको निर्वाचनका लागि १६ जना मतदाता रहेका छन् । जसमा नेपाली काग्रेसका ७ जना, एमालेका ५ जना, माओवादीका ३ जना र एकिकृत समाजवादीका एकजना मतदाता रहेका छन् ।  ...
उदयपुरमा पूर्व श्रीमतीलाई छुरा हानी आफैलाई प्रहार गर्दा दुवै जना घाईते

उदयपुरमा पूर्व श्रीमतीलाई छुरा हानी आफैलाई प्रहार गर्दा दुवै जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३१ उदयपुरमा पूर्व श्रीमानले श्रीमतीलाई छुरा प्रहार गर्दा दुवै जना घाईते भएको छ । पहिले श्रीमतीलाई प्रहार गरेको छुरीले आफैलाई पनि प्रहार गरी नदी किनारमा ढलेर बेहोस भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका १ फुलजोर स्थित मदन भण्डारी सडक खण्डमा उक्त घटना भएको हो । मंगलबार करिब १ बजेको समयमा त्रियुगा नगरपालिका १ फुलजोर स्थितमा किराना पसल गरी बस्ने सहरमान राईको ४३ बर्षिया श्रीमती सिर्जना राईलाई आफ्नै पूर्व पत्नीले घरमा बसि रहेको अबस्थामा छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाए । सिर्जनालाई पूर्व पती उदयपुर कटारी नगरपालिका(६ रिस्कु बस्ने बर्ष ४५ को राम कुमार सुर्खेतीले छुरा प्रहार गरेका थिए । पूर्व श्रीमान सुर्खेतीले घरमा बसिरहेको अवस्थामा आई बादबिबाद गरी आफैले बोकि ल्याएको छुराले पेटमा हानि घाईते बनाएको र आफुले आफैलाई समेत छुरा प्रहार गरी बेहोस अबस्था रहेको प्रहरीले...