Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाईते

सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ३० गते । सुनसरीको कोशी गाउँपालिका–७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मृत्यु हुनेमा पैदल यात्री स्थानिय १८ बर्षीय श्रवण कुमार मेहता रहेका छन् । आइतवार पश्चिम तर्फ गईरहेको को.२ च ३९९२ नम्वरको स्कारपियो गाडीले पैदल यात्री मेहतालाइ ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका पैदल यात्री मेहताको उपचारको क्रममा बिराटनर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने स्कारपियोमा सवार रहेका चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
जिससद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

जिससद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

Breaking News 2, समाचार
काठमाडौं, जेठ ३० गते । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७४ साउन २० गते सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएका चाम्लिङले आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गरी पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो । जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा सङ्घ–संस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । यस्तै, समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माणसहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण...
कटारीमा सिलाई व्यवसायी संघ नगरकमिटी गठन, अध्यक्षमा बालकुमारी

कटारीमा सिलाई व्यवसायी संघ नगरकमिटी गठन, अध्यक्षमा बालकुमारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ३० उदयपुरको कटारी नगरपालिकामा पनि नेपाल कपडा तथा सिलाई व्यवसायी नगरकमिटी गठन भएको छ । शुक्रबार एक कार्यक्रमकोबिच नगरकमिटी  गठन गरिएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थितिमा कटारीको उदयपुर उद्योग बाणिज्य संघमा कार्यसमिति गठन गरिएको हो । कटारी नगर कार्यसमितिमा बाल कुमारी परियारको अध्यक्षमा ११ जना काय कार्यसमिति गठन भएको छ । कार्यसमितिमा अध्यक्ष बाल कुमारी परियार, उपाध्यक्षमा इस्लाम खान, सचिव रण बहादुर नेपाली, कोषाध्यक्ष, बेनुका कुमारी राई र सहसचिवमा जानुका वस्नेत रहेकी छिन् । यस्तैगरी सदस्यहरुमा लिला कुमारी मगर, देवी कुमार राना मगर, मुना परियार, इन्दीरा वस्नेत, राधा कटुवाल र चित्र बहादुर दमाई रहेका छन् ।...
अज्ञात रोगले बङ्गुर मर्न थाले

अज्ञात रोगले बङ्गुर मर्न थाले

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ३० गते । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बन्नुभएको छ । एक हप्ताको अन्तरालमा उहाँले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गर्नुभएको थियो । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उहाँले भन्नुभया,े“बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । ” ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गर्नुभएका राईको खोरमै दैनिक छदेखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उहाँलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ । “हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे”, उहाँले भन्नुभयो, “पाठापाठीक...
चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । भाईको हत्या गरेको अभियोगमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतवार पक्राउ गरेको छ । चुरोटको निहँमा भएको झगडामा १८ वर्षीय भाइ देवकुमार धामीको हत्या गरेको अभियोगमा प्रहरीले देबराजलाई पक्राउ गरेको हो । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।...
उदयपुरको चौदण्डीमा बस दुर्घटना २ महिला घाईते

उदयपुरको चौदण्डीमा बस दुर्घटना २ महिला घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सुन्दरपुरमा बस दुर्घटना हुँदा दुई महिला घाईते भएका छन् । जिगीदह–बिराटनगर चल्ने दुधकोशी यातायात बस दुर्घटना दुदा सवार ३०/४० वर्षीया र १५/१८ वर्षीया दुई महिला घाईते भएका हुन् । बस अनियन्त्रीत भई विस्तारै पल्टीएको बस चालकको भनाई छ । घाईते भएका दुवै महिलालाई उपचारको लागि अस्पताल लगिएको छ । थप अरु पनि घाईते भएको हुन सक्ने भएकोले तत्काल उक्त स्थानबाट बस हटाउन जेसिबी परिचालन गरिएको छ । घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।...
दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान

दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान

Breaking News 3, समाचार
खोटाङे, जेठ २९ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउन सरसफाइ अभियान सुरु गरिएको हो ।अभियानको पहिलो दिन बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुँदै पुरानो बेसक्यामसम्म सरसफाइ गरिएको छ । दिक्तेल बजार क्षेत्रको सरसफाइ सकेपछि सबै वडाको बजार क्षेत्रमा सरसफाइ गरिने वडा नं ५ लफ्याङका वडाध्यक्ष एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो । सरसफाइमा नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, सरकारी तथा गैंर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारी सहभागी थिए । दोस्रो कार्यकालका लागि निर्वाचित नगर कार्यपालिकाको पहिलो बैठकले प्रत्येक महिनाको अन्तिम श...
भिरबाट लडेर वृद्धको मृत्यु

भिरबाट लडेर वृद्धको मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, जेठ २९ गते । जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस...
त्रियुगाका किसानलाई आधुनिक बीउ

त्रियुगाका किसानलाई आधुनिक बीउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो । शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण जारी छ किसानलाई वितरण गरिएका बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उहाँले जानकारी दिनुभयो । आधुनिक धानको बीउ हरेक वर्ष वितरण गरिँदै आइएकाले नगरका किसानले धान उत्पादन पनि वृद्धि गर्दै लगेका छन् । नगरपालिकाको असारी, पोर्ताहा, जोगिदह र लक्ष्मीपुर क्षेत्रमा बढी लल्काबासमती र रामधान उत्पादन हुने गरेको कारण आफूहरुले सोही धान नै बढी लगाउने गरेको पोर्त...
उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश गरेको छ । उदयपुरको जल्जलेमा रहेको सिमेन्ट उद्योगले स्थापनाको ३५ औं वर्ष वार्षिक उत्सवको आयोजना जेठ ३१ गते गरिने भएको छ । वार्षिक उत्सवको अवसरमा ३४ औं वार्षिक साधारण सभा समेत गरिने भएको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले वाणिज्य तथा आपूर्ती मण्डालापको सचिब अर्जुनप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाउदैं छ, भने त्रियुगा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख सगाएतलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको छ ।...